रामधुनीले चुम्यो घोडेटार गोल्डकपको उपाधि

भोजपुर, २ कात्तिक  । हतुवागढी गाउँपालिका, भोजपुरमा भएको घोडेटार गोल्डकप—२०७४’ को उपाधि रामधुनी फुटबल क्लब, सुनसरीले चुमेको छ ।

हतुवाली ब्रदर्श फुटबल क्लब र रामधुनीबीच उपाधिका लागि कडा प्रतिस्पर्धा भएपनि बुधबार रामधुनीले उपाधि चुमेको हो । जितसँगै रामधुनीले नगद रु ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता हतुवाली ब्रदर्शले नगद रु ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको हो ।

त्यसैगरी, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्डले नगदको साथै प्रमाणपत्र पाएका छन् । असोज २६ गतेदेखि शुरु भएको खेलमा १९ टिमको सहभागिता रहेको आयोजक स्रोतले जनाएको छ । रासस

यसमा तपाइको मत

Loading...