भिषा समस्या समाधान गर्न टर्की र अमेरिकाले छलफल गर्ने

अङ्कारा, २६ असोज । अमेरिका र टर्की बीचको भिषा सम्बन्धि विवाद अन्त्य गर्न दुई देशकाबीचमा छलफल हुनेभएको छ ।
टर्कीका उपप्रधानमन्त्री बेकिर बोजडगले दुवै देशका अधिकारीबीच चाडै नै बार्ता हुन लागेको बिहीबार जानकारी दिनुभयो ।
“दुई देशका प्रतिनिधिहरुकाबीचमा हुने छलफलबाट यो समस्या समाधान गर्न र आगामी दिनमा सहकार्य गरेर अगाडी बढ्न सक्नेगरी निर्णय हुन्छ भन्ने अपेक्षा गरिएको छ,” एक टेलिभिजनलाई दिएको अन्तर्बार्तामा उहाँले भन्नुभयो ।
गत आइतबार अङ्करामा रहेको अमेरिकी दूताबासले टर्कीलाई कुनैपनि कुटनीतिक सेवा नदिने घोषणा गरेको थियो ।
अमेरिकाको घोषणापछि प्रतिक्रिया स्वरुप टर्कीको दूताबासले पनि आफ्नो देशमा आवतजावत बन्द गरिदिएको छ । अमेरिकाले आवतजावतमा अवरोध गर्नुको पछाडी सुरक्षा कारण देखाएका छन् ।
गत सोमबार टर्कीका राष्ट्रपति रेसेप तैयप इर्डोगानले अमेरिकी निर्णयको भत्सर्ना गर्नुभएको थियो । उहाँले अमेरिकाले अनावश्यक दुःख दिने काम गरेकाले टर्कीले पनि स्वभाविक प्रतिक्रिया स्वरुप प्रतिवाद गरेको स्पष्ट पार्नुभयो । रासस÷सिन्ह्वा

यसमा तपाइको मत

Loading...