एनआरएन अध्यक्ष पदमा भट्टको दोस्रोपटक उम्मेदवारी घोषणा

काठमाडौ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा वरिष्ठ उपाध्यक्ष भवन भट्टले पनि उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।
विहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएनएका वरिष्ठ उपाध्यक्ष भट्टले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।
नेपाललाई समृद्ध बनाउन आवश्यक श्रम र पूँजी जुटाउन आफूले अध्यक्षको उम्मेदवारी दिने घोषणा गर्नु परेको उहाँको भनाई छ । शनिवार काठमाडौंमा एनआरएनएको ८ औं विश्व सम्मेलन हुँदैछ । सोही सम्मेलनमा अध्यक्ष पदका लागि भट्टले पनि उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।
वरिष्ठ उपाध्याक्ष भट्टले नेपालीहरुको आत्मबललाई उच्च बनाएर राष्ट्र निर्माणमा लागि पर्न पनि आफूले अध्यक्षको उम्मेदवार बन्ने निर्णय लिएको पनि उल्लेख गर्नु भयो । भट्टले यसअघि पनि अन्नपूर्ण होटलमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्नुभएको थियो।

 

यसमा तपाइको मत

Loading...