रामेछापकी १६ बर्षिय बालिका अम्बिकाको हत्याको नालीबेली यस्तो छ 

बारीमा घाँस काटेकै निउमा १६ बर्षिय अ्म्बिका बस्नेतको हत्या छिमेकी २० बर्षिय युवा राजन कार्कीबाट हुन्छ भन्ने न परिवारले सोचेका थिए न त छिमेकिहरुले नै ।
असोज १७ गते दिनको ठिक ३ बजे बस्तु बाध्ने गोठ नजिकै डोको-नाम्लो बोकेर घाँस काटन गएकी बस्नेत राती अबेरसम्म पनि घर नफर्किएपछी परिवारमा ठुलै कोलाहल मच्चिन थाल्यो । कहिल्यै घर छाडेर कतै नगएकी छोरी राती अबेरसम्म पनि घर नफर्किएपछी चिन्ता हुनु स्वभाबिक नै थियो त्यो पनि घाँस काटन बारीमा गएकी छोरी ।

छिमेकीहरु समेत मिलेर बस्नेतलाइ सम्भावित ठाउमा रातभरी खोज्दा पनि कतै पत्तो लाग्न नसकेपछी परिवारमा मात्र नभएर छिमेकीहरुले समेत विभिन्न सङ्का-उपसङ्का गर्न थाले ।

असोज १८ गते बिहान गाउलेहरु गोठदेखी तल पलाती स्थित खिम्तीखोलासम्म खोज्दै गए नभन्दै अ्बिकाकाको मृत सरीर खोलानजिकै बीभत्स अबस्थामा फेला परेपछी तत्काल गोकुलगङगा गाउपालिकाको बेतालीस्थित बेताली प्रहरी चौकीमा गाउलेहरुले नै खबर गरे ।
केही समयमा नै प्रहरी घटनास्थल पुगेर लासको प्रकृति हेरेपछी हत्या गरेर फालेको निष्कर्षमा पुग्यो ।

जिल्ला प्रहरी कार्यलय रामेछापमा प्रहरी चौकी इन्चार्ज तथा असइ नागेन्द्र महतोले सोही ब्यहोरा जिल्ला प्रहरी कार्यलय प्रहरी निरिक्षक रामकुमार थापालाइ जानकारी गराएपछी  जिल्लाको आदेश बम्मोजिम प्रहरी अनुसन्धानतिर लाग्यो ।

सम्भावित आसङ्का गरिएका केही स्थानियहरुलाइ निगरानी बढाउदै अनुसन्धानलाइ तिब्र बनायो । छिमेकि याम बहादुर खड्काका छोरा राजनले प्रहरी अनुसन्धानका क्रममा नौलो व्यवहार देखाएपछी प्रहरीको सङ्खा कार्कीतिर मोडियो । प्रहरीको अगाडी आफुलाइ केही थाहा नभएजस्तो नक्कल गरेपछी राजन प्रहरीको अप्रत्यक्ष घेराबन्दीमा परे ।

स्थानियहरुको भनाइ अनुसार पनि घटनास्थल वरिपरी कार्कीकै तिब्र आवतजावत थियो ।  हरेक सङ्कास्पद गतिविधिको आधारमा प्रहरीले असोज १९ गते अम्बिकाकाको छिमेकी राजन बस्नेतलाइ सोधपुछका लागी भन्दै  पक्राउ गर्‍यो ।

काठमाण्डौमा नै बस्दै आएका राजन केही समय अगाडीमात्र आफ्ना बुबा याम बहादुर कार्की बिरामी भएपछी बेताली आएका थिए ।
प्रहरीले पक्राउ गरेको केही समयमा नै कार्कीले आफुले नै हत्या गरेको स्विकार गरेपछी  गाउलेहरु नै तिनछक्क परे ।

यसरी बिभत्स हत्या गरे राजनले अम्बिकाको ।

कक्षा -९ मा जन जागृत उच्च माध्यामिक बिध्यालय गोकुलगङगा गाउपालिकाको वडा न.४ बेतालीमा अध्यन गर्ने अम्बिका सधै झै गोठ नजिकै डोक-नाम्लो बोकेर घाँस काटन गएकी थिन ।

सोही ठाउमा यामबहादुरको बारी पनि नजिकै छ त्यसैले उन्का छोरा राजन कार्की बारी रेखदेख गर्नका लागी गएका थिए । राजनको अनुसार बुबाले साझा कमाएको बारीमा अम्बिका मजाले घाँस काटेको देखेपछी अम्बिकालाई नकाटनका लागी सुझाए । तर अम्बिकाले जबर्जस्त गरेपछी भनाभन सुरु भयो ।  भनाभन उत्कर्षमा पुगेपछी राजनलाइ धेरै नै रिस उठ्यो । त्यसपछी राजन अम्बिकाको नजिककै गएर घाटीमा समाए अनी घिच्चुकमा समातेर कान्लाबाट गुल्ट्याइदिए ।

राजनले प्रहरीलाइ दिएको बयान अनुसार उनी कान्लाबाट गुल्टेपछी टाउकोमा चोट लागेर बेहोस भइन  ।
सास कतै बाकी छ कि भनेर अभियुक्त कार्कीले छाम्ने प्रयास पनि गरे तर टाउकोमा गहिरो चोट लागेर पुर्ण बेहोस भएकी बस्नेतको कतै ढुकढुक चलेको थिएन  त्यसपछी  आफुले मारेको थाहा पाउने डरले  घिसार्दै पलाती नजिकै खिम्तीखोलामा लगेर बगाइदिए  ।

गाउले र प्रहरी घटनास्थल पुग्दा अ्बिकाको लास क्षतबिक्षत अबस्थामा थियो । उन्ले लगाएका कपडा समेत अस्तब्यस्त देखेपछी अम्बिकाको बलत्कारपछी हत्या भएको सबैले अनुमान लगाउन थाले । तर अभियुक्त राजन कार्कीले बलात्कार नगरेको तर कान्लाबाट हुत्याइदिएपछी उनी बेहोस भएको र घिसार्दै खोला नजिकै फ्याकिदिएको प्रहरी समक्ष बयान दिएका छन ।

घटनाको प्रकृति हेर्दा बलत्कार समेत भएको हुन सक्ने आसङ्का गर्दै थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ । अभियुक्त निज राजन कार्कीले हत्या गरेको स्विकारेको हुनाले कानुन बम्मोजिम मुद्दा चलाउन लागिएको पनि प्रहरी निरिक्षक रामकुमार थापाले जानकारी दिए ।

स्थानियहरुबाट कडा कारबाहीको माग

अभियुक्त राजन कार्कीलाइ कडा भन्दा कडा कारबाही गर्नका लागी गाउलेहरुले माग गरेका छन ।  कतिपय आक्रोशित बेतालीका युवाहरुले ज्यानको बदला ज्यान नै लिनु पर्ने समेत आक्रोश ब्यक्त गरे ।
घाँस काटेको निउ मात्र नभइ  बलत्कार नै गरी हत्या गरिएको दाबी गर्दै घटनाको थप अनुसन्धान गर्नु पर्ने पनि गाउलेहरुको माग रहेको छ ।

बेतालीकै स्थानिय युवा तथा नेकपा एमालेका नेता उदब कार्कीले घटना घाँस काटेको मात्र नभइ योजना अनुसार नै घटाइएको दाबी गर्दै अभियुक्त उपर कडा अनुसन्धान गर्नु पर्ने सम्बाद मिडियासग कुरा गर्दै बताएका छन ।

घटनाको योजना र उदेश्य घाँस काटेको भन्दा पनि फरक भएको हुनसक्ने बताउदै उन्ले भने ” बास्तबमै यो गोकुलगङगा गाउपालिकाको पहिलो घटना हो, यो घटनाले हामी सम्पुर्ण गाउबासीहरुमा दुख लागेको छ तर घटनाको अझ गहिराइमा पुगी सत्यतथ्यलाइ बाहिर ल्याइ अभियुक्तलाइ हदैसम्म कडा कारबाही हुनुपर्छ ।”

त्यस्तै बेताली-४ कै वडा अध्यक्ष देबराज कार्कीले पनि हत्याप्रती सहानुभुती ब्यक्त गर्दै कडा कारबाही हुनु पर्ने बताएका छन । प्रहरीले अभियुक्त राजन कार्कीलाइ सार्बजनिक गरेपछी अध्यक्ष कार्कीले  खुसी ब्यक्त गर्दै आफ्नो फेसबुकमा स्टाटस समेत राखे ।

विशाल बस्नेत/ रामेछाप

यसमा तपाइको मत

Loading...