“हाम्रा नारी कहाँ छन् : एक समायोजनको खोज” नामक गोष्ठी भब्यताका साथ सम्पन्न

काठमाडौ । १ मार्च २०१७ का दिन १०७औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा गैरआवासीय नेपाली संघ महिला फोरमले “हाम्रा नारी कहाँ छन् : एक  समायोजनको खोज” नामक गोष्ठी भब्यताका साथ सम्पन्न ग¥यो ।

यस कार्यक्रममा परराष्ट्र मन्त्रालयका उपसचिव द्रोपदा सापकोटाले वैदेशिक रोजगारमा गएका महिलाहरुको लागी आवश्यकता अनुसार प्रदान गरिने विभिन्न सहायता सम्बन्धी जानकारी दिनु भयो । साथै गन्तब्य मुलुकमा रहेका नेपलीहरुलाई कानुनी सहायता प्रदान गर्न कानुनी सल्लाहकार वा स्थानिय स्वयंसेवक वकिलको परिचालन चाँडै नै गरिने बताउनु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्राष्ट्रिय र गैरआवासीय नेपाली प्रबद्र्धन समितिका सभापति चन्द्र ढकालले नेपाली महिलाले विप्रेषणमा पु¥याएको योगदानको मुल्यांकन गर्दै महिलाहरुको क्षमता बुद्धिका लागि सीप मुलुक तालिमको महत्व बारे प्रकाश पार्नु भयो । यसै गरी नेपाल महिला उद्यमी महासंघकी उपाध्यक्ष शारदा रिजालले विदेशमा जानु अघि भाषाको ज्ञान, आधारभूत तालिम अनिवार्य रुपमा लिनु पर्ने बताउंदै विदेशमा जानु भन्दा स्वदेशमै सीप सिकेर स्वरोजगार हुनु बढी प्रभावकारी हुने बताउनु भयो । संचय कोषका श्री विरेन्द्र मोहन अधिकारीले वैदेशिक रोजगारमा गएका कामदारहरुलाई संचयकोषको दायरा भित्र ल्याउने कार्य भईरहेको जानकारी दिनु भयो ।

यसैगरी गैरआवासीय नेपाली संघका महासचिव डा. बद्री के.सीले नारीहरुले घर देखी लिएर समाज र देश सम्म पु¥याएको योगदान बारे प्रकाश पार्नु भयो । साथै संघले लाप्राकमा पुनर्निर्माण परियोजना अन्तर्गत निर्माण गरिने भवनहरु हस्तान्तरणमा एकल महिलालाई प्राथमिकता दिईने बताउनु भयो । यस अलावा उहांले वैदेशिक रोजगारमा गएका नेपाली कामदारहरुको हकहितको लागि कल्याणकारी कोषको स्थापना, हजारे अभियान अन्तर्गत वैदेशिक रोजगारमा गएका कामदारहरुको वचतमा बृद्धि गर्न कर्मचारी संचयकोषसंग सहकार्य भएको र वैदेशिक रोजगारमा अलपत्र परेका नेपाली कामदारहरुको उद्धारमा संघले सहयोग गरिरहेको बारे प्रकाश पार्नु भयो । यसका साथै उहांले संघमा महिलाको भूमिका सक्रिय रहेको र अझ धेरै  महिलाहरुलाई संघको नेतृत्व तहमा आबद्ध गराउन महिला उपाध्यक्ष लगायत ६ वटै क्षेत्रमा महिला उपसंयोजकहरुको पदको व्यवस्था गरेको बताउनु भयो ।

यसै गरी महिला फोरमका संस्थापक रंजना उदासले महिला फोरमको स्थापना बारे जानकारी गराउनु भयो र हाल महिला फोरमले गरेका गतिविधिहरुको प्रशंसा गर्नु भयो ।

संघका महिला संयोजक सपीला राजभण्डारीले कार्यक्रममा सहजीकरण गर्नुका साथै महिला फोरमले गरेका गतिविधिहरु बारे  जानकारी दिनु भयो । साथै उहांले महिला फोरमको संजालमा बृद्धि भईरहेको र हाल महिला फोरम करीव ६१ मुलुकहरुमा पैmलिसकेको बताउनु भयो । यस कार्यक्रममा सहभागी संघ संस्थाहरु युएनवमन, सबाह, वोरेक, द एशिया फाउण्डेसन, नेपाल महिला उद्यमी महासंघ, पौरखीका प्रतिनिधिहरुले आप्mना गतिविधि बारे जानकारी दिदै गैरआवासीय नेपाली संघ संग महिला शसिक्तिकरण अभियानमा सहकार्य गर्ने बताएका थिए ।

कार्यक्रमको अन्त्यमा महिला उपसंयोजक रजनी प्रधानले सहभागीहरु सबैलाई धन्यवाद दिदैं हालका समयमा महिला फोरमले गरेका गतिविधिबारे जानकारी दिनुका साथै यही फाल्गुण २२ र २३ गते गैरआवासीय नेपाली संघ महिला फोरमले सुदुरपश्चिमको डोटी जिल्लाको दिपायल र सिलगढीमा आङ खस्ने समस्या भएका महिलाहरुको लागि निशुल्क स्वास्थ्य शिविर र त्यहांका विद्यालयहरुमा स्वास्थ्य सम्बन्धि विभिन्न सचेतनामुलक कार्यक्रमहरु आयोजना गरिने जानकारी दिनु भयो ।

कार्यक्रमको अन्त्यमा गैरआवासीय नेपाली संघ महिला फोरमले नेपाल महिला उद्यमी महासंघ र नमूना कलेज अफ ङ्खयासनको सहकार्यमा सीप विशेषज्ञता शसक्तिकरण तालिम अन्तर्गत विभिन्न जिल्लाका तालिम लिएका २० जना महिलाहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

यस कार्यक्रममा संघका एशिया प्रशान्त क्षेत्रका संयोजक किरणविक्रम थापा, आईसिसि सदस्यहरु सुनिता शर्मा, संगीता मरहठ्ठा, हंसराज ढकाल, खुला विश्वविद्यालयका संयोजक डा. प्रमोद ढकाल लगायत आईसिसिका पूर्व पदाधिकारी, विभिन्न एनसिसिका पदाधिकारी तथा सदस्यहरुका साथै संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Loading...