रामेछाप सम्पर्क समिती दक्षिण कोरियाको बार्षिक भेला सम्पन्न

रामेछाप सम्पर्क समिती दक्षिण कोरियाले बार्षिक भेला कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।
रामेछाप सम्पर्क समिती दक्षिण कोरियाका अध्यक्ष गोबिन्द गौतमको सभापतित्वमा यही कातिकको पहिलो हप्ता सम्पन्न भएको उक्त कार्यक्रमा सामाजिक गतिसिलताका बिषयमा छलफल भएको थियो ।

कोरियाको बसाइलाइ बिट मार्दै स्वदेश फर्कन लागेका गौतमको बिदाइलाइ समेत मध्यनजर गरि उक्त कार्यक्रम आयोजना गरिएको रामेछाप दक्षिण कोरिया सम्पर्क समीतीका सल्लाहकार प्रदिप खड्काले जानकारी दिए ।

प्रदेश बसेर भएतापनी  रामेछापको सामाजिक कार्यमा आफुलाइ सहभागी गराउदै आएको रामेछाप दक्षिण कोरिया सम्पर्क समितीले यशअघी पनि खिम्तिका बाढीपिडितहरुलाइ सयोग गरेको थियो ।

सम्पर्क समितिका अध्यक्ष गोबिन्द गौतम स्वदेश फर्कन लागेपछी नया समिती समेत गठन भएको छ ।  भिम खड्का अध्यक्ष सहित उपाध्यक्ष – टंक गौतम, सचिब – बम बहादुर तामाङ, सह सचिब- सुजन श्रेष्ठ, सदस्य- बुद्द लामा सर्बसम्मत निर्बाचीत गरिएको कोरियाबाट प्रदिप खड्काले  बताए ।

यसमा तपाइको मत

Loading...