क्याटलोनियाली नेतालाई स्वतन्त्रताबारे तत्काल निर्णय नलिन आग्रह

बार्सिलोना, स्पेन, २३ असोज । स्पेनको प्रतिपक्षी दलका प्रमुख पेड्रो सेन्चेजले सोमबार क्याटलोनियाली नेता चाल्र्स पुइगडेमन्टलाई स्पेनबाट पृथक हुनेसम्बन्धि ‘सम्पूर्ण बिषय रोक्न’ आग्रह गर्नुभएको छ ।

केही दिनमै कुनै देशबाट स्वतन्त्र बन्ने निर्णय लिनु उचित नहुने भन्दै यस विषयमा सोच्न आग्रह सान्चेजले गनुभएको हो ।
बार्सिलोनामा सञ्चारकर्मीसँगको कुराकानीमा सहभागी सेन्चेजले क्याटलोनियाली नेतालाई भन्नुभयो, “यस समय यदि उहाँ (सेन्चेजले)ले टेलिभिजन वा अन्य सञ्चारमाध्यममार्फत हामीलाई हेर्नुभएको वा सुन्नुभएकोे छ भने एकतर्फी रूपमा स्वतन्त्र भएको घोषणा गर्नु हुने छैन वा जनमत सङ्ग्रहका कुनै पनि निर्णयलाई कार्यान्वयनमा लग्नुहुने छैन ।”

यसैबीच फ्रान्सका यूरोपेली मामिला मन्त्री नाथली लुसोले सि न्यूज टेलिभिजन प्रसारणमा भन्नुभयो, “यदि क्याटलोनियाले एकतर्फीरूपमा स्वतन्त्र भएको घोषणा गर्छ भने यसलाई विश्व समुदायले मान्यता दिने छैन ।”

उहाँले यो समस्यालाई स्पेनी राजनीतिको सवै तहमा वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने बताउनुभयो ।

उहाँले क्याटलोनिया स्वतन्त्र भएको घोषणासँगै यूरोपेली महासंघबाट स्वत बाहिरिने छ र सदस्यता लिन चाहेमा सम्पूर्ण प्रक्रिया पु¥याएर आवेदन दिनुपर्नेछ । उहाँले भन्नुभयो, “हामी स्पेनका सहयोगी हौँ र स्पेन विश्वको एक प्रमुख प्रजातान्त्रिक मुलुक हो । त्यसैले हामीले स्पेनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न चाहन्नौ ।”

फ्रान्सको सीमानामा रहेको क्याटलोनियामा यस पहिल्यै यथेष्ट स्वायत्तता पाउँदै आएको छ । रासस÷एएफ्पी

यसमा तपाइको मत

Loading...