प्रदेशस्तरीय टि–२० क्रिकेटको उपाधि लुम्विनीलाई

पाल्पा, २३ असोज । सदरमुकाम तानसेनमा सञ्चालित प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी क्रिकेट क्लब कपिलवस्तुले जितेको छ ।

आज भएको फाइनलमा लुम्बिनीले प्रोफेसलन क्रिकेट क्लब पाल्पालाई एक सय रनले पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको लुम्बिनीले १८ ओभर चार बलमा सबै विकेट गुमाउँदै १५० रन बनायो । पहिले ब्याटिङमा उतेको लुम्बिनी क्रिकेटका लागि मैनुद्धिन खाँन काजुले ३५ रन, सुद्धिन खान २५ र अहमत खानले १८ रनको योगदान दिए । मैनुद्धिन खान र वैदुलन खानले ३–३ विकेट लिए ।

एक सय ५१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा प्रोफेसनलले १५ ओभरमा सबै विकेट गुमाउँदै ४९ रन मात्र बनायो । प्रोफसेनलका अजय सुवेदीले चार र सुरेश थापाले तीन विकेट लिए । विजेता लुम्बिनीले रु ६० हजार र उपविजेता प्रोफेसनलले रु ३० हजार पुरस्कार प्राप्त गरे । रासस

यसमा तपाइको मत

Loading...