मोडलको खुट्टामा रौं देखेर बलात्कारको धम्की आएपछि…

‘सुन्दरता हेर्नेको आँखामा हुन्छ’, ‘मनको सुन्दरतानै वास्तविक सुन्दरता हो …आदिआदि । मानिसहरु अक्सर यस्ता कुरा सुनाउने गर्दछन् । तर, के हामी साँच्चै आफ्नो वा अन्यको शरीर र अनुहारलाई लिएर सहज छौ ? शायद छैनो ।
स्वीडेनकी मोडल अरविदा बिस्ट्रममाथि पनि यस्तै भएको छ, यसबाट त्यस्तै देखिन्छ । उनले एउटा विज्ञापनका लागि आफ्नो खुट्टामा भैक्सिंग नगरीकनै पोज दिएकी थिइन् ।
तर, मानिसहरुलाई उनको खुट्टाको रौं यति नराम्रो लाग्यो कि उनलाई बलात्कार गर्नेसम्मको धम्की आउन थालेको छ । ‘एडिडास’ का लागि शूट गरिएको यो विज्ञापन जसै युट्युबमा आयो अरविदा बिस्ट्रमलाइ अनेकन भद्दा सन्देशहरु आउन थाले ।
उनले आफ्नो इन्स्टाग्राममा आफ्नो यो तस्वीर पोस्ट गरेकी छन् र भनेकी छन् कि मानिसहरुले उनको कसरी मजाक उडाइरहेका छन् र कुन प्रकारको धम्कीहरु दिइरहेका छन् ।
अरविदा बिस्ट्रम मोडल तथा फोटोग्राफर हुन् । उनी यस्ता केही मोडलमध्येकी एक हुन् जो बडी हेयरका साथ फोटो शूट गराउन मोडलका रुपमा परिचित छन् । यद्यपि धेरैले उनको समर्थन पनि गरेका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ता ब्रायनले लेखेका छन्–एक जना मानिस र एक पुरुषका रुपमा मलाई खुट्टाको रौदेखि कुनै समस्या छैन । यो यो कुनै कारणबाटै हो ।
एक जना इन्स्टाग्राम प्रयोगकर्ताले लेखेका छन्–रौं खौरनु वा नखौरनु, यो तपाईले तय गर्ने कुरा हो । आफ्नो शरीरमा के गर्ने यो तपाईले गर्ने निर्णय हो ।
इना लेख्छिन्–यदि तपाईलाई यस्तै राम्रो लाग्छ भने यो राम्रो कुरा हो । तपाईलाई जस्तो राम्रो त्यस्तै गर्नुपर्छ ।
एडिडास पनि अरविदाको समर्थनमा छ । कम्पनीले एउटा वक्तव्यमार्फत भनेको छ कि अरविदाजस्ता रचनात्मक र सोच्ने मोडलका साथ काम गरेकोमा गर्व छ । कम्पनीले कम्पनी सकारात्मकता र परिवर्तनलाई मञ्च दिन चाहेको र त्यसैले अरविदालाई चयन गरेका हौ । एजेन्सी

यसमा तपाइको मत

Loading...