पंचायत कि नायिका निता ढुंगाना सनफ्रान्सिस्को अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुने 

शिवम् अधिकारी द्वारा निर्दिष्ट नेपाली कथानक चलचित्र पंचायतकि नायिका निता ढुंगाना सनफ्रान्सिस्को अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुने भएकी छिन् l 
 
अमेरिकाको सनफ्रान्सिस्को शहरमा आगामी अक्टोबर २५ देखी २९ सम्म नया अवधारणा अनुसार हुने उक्त महोत्सवमा कलाकार ढुंगाना आउने छिन् l बिगत १५ वर्ष देखी सुरू भएको हो l यस चलचित्र महोत्सवमा गत वर्ष देखि नेपाली चलचित्रले पनि सहभागी हुन् थालेको साउथ एसियन संयोजक तथा नेपाल पर्यटनबोर्ड सन सनफ्रान्सिस्को लागि दूत प्रकाश थापा ले जानकारी दिएका छन् l 
 
गत वर्ष नेपाली चलचित्र तीन घुम्तीले उत्कृष्ट बिदेशी भाषाको चलचित्र पुरस्कार जित्न सफल भएको थियो l यस अन्तर्राष्ट्रिय चलचित्र महोत्सबमा सहभागी हुन् पाउँदा मेरो सपना को केहि अंश पुरा भएको नीता ढुंगानाले बताइन l 
 
हालीवुड र एसियन चलचित्रहरु गरि २ सय चलचित्रले प्रतिस्प्रद्धा गर्ने छन् l 
विजय थापा

यसमा तपाइको मत

Loading...