एनआरएनए महासचिव पदमा पुनः डा केसीको उम्मेदवारी

गैरआवासीय नेपाली संघका महासचिव डा बद्री केसीले आउँदो संघको आठौँ विश्व सम्मेलनमा पुनः महासचिव पदमा उम्मेदवारी दिएका छन् ।संस्थालाई अब समयसापेक्ष परीबर्तन गर्दै अझ सबल, शसक्त र सुदृढ बनाई नया उचाइमा पुर्याउनका लागी पुनः महासचिव पदमा उम्मेदवारी दिएको जनाएका छन् ।

डा केसीद्वारा जारी विद्युतीय प्रेस विज्ञप्ती

आदरणीय अग्रजहरु,

गैरआवासीय नेपाली संघका सहकर्मी मित्रहरु तथा प्रवासी दाजु भाइ तथा दीदी बहिनीहरुमा हार्दिक नमस्कार।

आफ्नो देश आफैंले बनाउनु पर्दछ र देशमा सप्ठेरो अबस्थामा मात्र नभएर देशलाई अप्ठ्यारो परेको बेलामा परदेशमा बस्ने नेपालीको देश प्रतिको कर्तब्य र दायीत्व अझ बढी हुनु पर्छ भन्ने अभिप्रायले प्रेरित भएर देश संक्रमण कालमा गुज्रेकै बेला सन् २००३ अक्टोबरमा विश्वका १४ देशका प्रतिनीधि सहित पहीलो अधिबेशन सम्पन्न भएको थियो ।  नेपालीका लागि नेपाली भन्ने मुलमन्त्रका साथ स्थापना भएको गैरआवासीय नेपाली संघले १२ बर्ष पार गरी सकेको छ । बाह्र वर्षको यो यात्रामा ७१ देशहरुमा राष्ट्रिय समन्वय परिषद स्थापना गर्नसफल भएको हाम्रो संगठन संसार भरि छरिएर रहेका नेपालीहरुलाई आफ्नो पहिचान, मातृभूमिको समृद्धि र प्रगतिको लागि एकजुट हुने साझा चौतारीको रुपमा स्थापित भएको छ ।

राजनीतिक तटस्थता हुनु, वर्ण, रंग, लिंग, जात, समुदाय जस्ता साघुरो परिधिबाट माथि उठ्न सक्नु र ७१ देशमा छरिएर रहेका नेपाली हरुलाई साझा संजालमा समेटेर एकताको बिकाश गर्न सक्नु नै हाम्रो विशेषता तथा आकर्षण रहेको छ । गत १२ बर्षको कार्यकालमा हाम्रो संगठनले गैरआवासीय नेपालीहरुको माझमा आफ्नो गरिमामय परिचय दिई आफ्नो औचित्य तथा अपरिहार्यता प्रदर्शन गर्नसफलभएकोछ । देशमा भर्खरै गएको महाभुकम्पको बेलामा, देश बिपतमा पर्दा संसारको बिभिन्न कुनाबाट तत्कालै उपस्थित भएर प्रतक्ष रुपमा राहत तथा स्वास्थ्य शिविरमा हाम्रो संलग्नतालाई नेपाली जनता तथा नेपाल सरकारले अझ बढी मुल्यांकन गरेको छ । 

संघको अबधारणा तैयार पार्दा देखिनै संस्थाका अग्रज हरुसंगको संगत तथा बिभिन्न पदमा रहेर काम गर्न पाउनु मेरो लागी सबभन्दा ठुलो सौभाग्य हो । मैले अझ सम्म पाएको जिम्मेवारी यस प्रकार छ । 

२०१३-२०१५ कोषाध्यक्ष, अन्तरास्ट्रिय समन्वय परीषद
२०१३-२०१५ कार्यसमिति अध्यक्ष, आर्थीक सुदृढ समिती, अन्तरास्ट्रिय समन्वय परीषद
२०११-२०१३ केन्द्रीय सदस्य, अन्तरास्ट्रिय समन्वय परीषद
२०११-२०१३ कार्यसमिति अध्यक्ष राष्ट्रिय उत्पादन प्रवर्धन समिति, अन्तरास्ट्रिय समन्वय परीषद
२००९-२०११ केन्द्रीय सदस्य, अन्तरास्ट्रिय समन्वय परीषद
२००९-२०११ कार्यसमिति अध्यक्ष राष्ट्रिय उत्पादन प्रवर्धन समिति, अन्तरास्ट्रिय समन्वय परीषद
२००९-२०११ निर्देशक, नेपाल भबन निर्माण समिती, मस्को रुस
२००९- हाल सम्म कार्यकारी निर्देशक नेपाल भबन, कालुगा रुस
२००७-२००९ महा सचिव राष्ट्रिय समन्वय परीषद, रुस
२००३-२००७ साधारण सदस्य राष्ट्रिय समन्वय परीषद, रुस
शैक्षिक योग्यता
१९९६ इन्जिनिएर (बायो टेक्नोलोजिस्ट), मस्को रुस
२००१ पी. एच. डी. (बायो टेक्नोलोजी), मस्को रुस
२००९ EXECUTIVE MBA, Moscow state university of management
छैटौं बिश्व सम्मेलन बाट कोषाध्यक्ष पदमा यहाँहरुले सुम्पनु भएको दुई बर्षीय जिम्मेवारी सफलता पुर्बक निर्बाहा गर्न सकेकोमा म गौरबान्दित छु! मेरो यस कार्यकालमा मलाई सल्लाह सुझाब दिनु हुने, मार्ग दर्शन गर्नु हुने संपुर्ण अग्रज हरु प्रति आभार व्यक्त गर्न चाहन्छु ।  यो कार्यकालमा संघ लाई आर्थीक पारदर्शी एवं शसक्त बनाउन मैले धेरै प्रयास गरे र केहीलाई चित्त पनि दुखाउनु परेकोमा क्षमा प्राथी छु । यो मेरो व्यक्तिगत फाइदाको लागी नभएर संघको सम्बृदिको लागी भएकोले अधिकांस सदस्यहरुले सहजको रुपमा लिनु भएकोमा धन्यवाद ब्यक्त गर्दछु । 

देशमा महा भूकम्प जाँदा संजोगबस म नेपालमा नै थिए ।  हामीले संघको तर्फबाट बिपतमा परेका नेपाली दाजुभाई दिदी बहिनी हरुलाई प्रतक्ष रुपमा सहयोग गर्ने निर्णय कार्यन्वयन गर्दा पहीलो दिन देखी अन्तीम सम्म करिब एक महिना सामाग्री ब्यबस्थापन एवं स्वयं सेबक ब्यबस्थापनमा संयोजक भई सेवा गर्ने अवसर पाउनुलाई आफ्नो ठुलो सौभाग्य ठानेको छु ।  

गैरआवासीय नेपाली संघ जस्तो सामाजिक संस्थामा केन्द्रीय समीतिको सम्पूर्ण पदहरुमा व्यक्तिको कार्यदक्षता, बिगतका अनुभव, संस्थाप्रतिको लगाब तथा संस्थालाई दिन सक्ने योगदान तथा क्षेत्रीय सन्तुलनको आधारमा चयन गरिनुपर्छ भन्ने विनम्र विचारसहित २०१५-२०१७ को अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यसमितीमा महासचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको छु। यस संस्थालाई अब समय सापेक्ष परीबर्तन गर्दै अझ सबल, शसक्त र सुदृढ बनाई नया उचाइमा पुर्याउनका लागी महा सचिवको पदमा रहेर सेवा गर्ने सुअबसर प्रदान गर्न हार्दिक अनुरोध गर्दछु।

तपाईंहरुको साथ, सहयोग र समर्थनको अपेक्षा सहित,
डा. वद्री के. सी.
मस्को, रुस , १ अक्टोबर २०१५

यसमा तपाइको मत

Loading...