जापानमा बैशाखी मेलाको तयारी

Loading...

काठमाडौ । जापानको तेन्जिन सेन्ट्रल पार्क फुकुओकामा  ७ औ बैशाखी मेला अर्थात नेपाली नया“ वर्ष मेला अयोजन गरिने भएको छ ।
पर्यटन पत्रकार  संघको आयोजनमा राजधानीमा पत्रकार सम्मेलन गरी मेलाको बारेमा जानकारी दिइएको हो । नेपाली नया“ वर्षलाई जापानमा बासोबस गर्ने नेपालीहरुले बैशाखी मेलाको रुपमा प्रत्यक वर्ष  मनाउ“दै अएका छन् ।  मेलाको बारेमा जनकारी दिदै मेला अयोजक समितिका संयोजक रामकृष्ण क्षेष्ठले मेलामा नेपाली कला संस्कृति झल्किने समान, नेपाली खानाका परिकारलागएत  ३० देखि ४० वटा स्टलहरु रहने  बताउनु भयो ।
मेला आगामी चैत्र २६ र २७ गते दुई दिन चल्ने छ । मेला अयोजनाको मुल उद्देश्य नेपाली नया“ वर्ष अर्थात बैशाखी मेलालाई चिनाउने, फुकुओका वरपर छरिएर रहेक नेपालीलाई एक ठाउँमा भेला गर्ने, आपसमा भाइचाराको बातावरण गराउने, नेपालको बारेमा जापानमा जनाकारी गराउने, नेपाली कला र संस्कृतिलाई संरक्षण गर्ने, नेपाली भाईचाराको विकास गर्ने, नेपाली पर्यटन ब्यवसाय प्रवर्द्धन गरी नेपाली अर्थतन्त्रलाई विकास गर्ने र गौतम बुद्धको जन्म थलो नेपाल हो भनेर चिनाउनका लागि मेला अयोजना गरिएको संयोजन क्षेष्ठले बताउनु भयो ।
मेलामा १० हजारभन्दा धेरैले अवलोकन गर्ने अपेक्षा रहेको अयोजकको दावी छ । मेलामा भारत , श्रीलंका र बंगलदेश लागएत दक्षिण एसियका नागरिकहरु सहभागी हुने आयोजकले जनाएको छ । मेलाका लागि आठ देखि १० लाख खर्च हुने अनुमान गरिएको छ ।
मेलाका लागि यसपाली  फुकुओका नगरपालिका, फुकुओका योकातोपिआ इनटर नेसनल कल्चर संघ, फुकुओका  ईन्टर नेसनल कल्चर सेन्टर र वाईस्ट जापान डेली पत्रिका विशेष सहयोगी रहेका छन ।
कार्यक्रम सन् २०११ देखि नयाँ वर्षको एक दिन मनाउन सुरु गरिएको थियो । सहभागीहरुको संख्या धेरै भए पछि एक दिनलाई बढाएर यस वर्षदेखि दुई दिन मनाउन लागेको संयोजक क्षेष्ठले बताउनु भयो ।

Loading...

यसमा तपाइको मत

Loading...