आर्यनले रेखालाई भने ‘तिम्रो बाहेक अरु को छ र ?’

चलचित्र ‘रुद्रप्रिया’ को नयाँ गीत सार्वजनिक गरिएको छ । रेखा र आर्यनले अभिनय गरेको चलचित्र ‘रुद्रप्रिया’ को यो गीत ‘तिम्रो बाहेक अरु’ एक रोमान्टिक गीत हो । उक्त गीतमा गीतमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ ।अम्बिका शर्माको शब्द र अर्जुन पोख्रेलको संगीत रहेको गीतमा सनुप पौडेल र अन्जु पन्तको भोकल रहेको छ ।चलचित्रमा रेखा थापा र आर्यन सिक्देलको मुख्य भूमिका रहेको छ । सुदिप वोवी भुपाल सिंहले निर्देशन गरेको यो चलचित्र ’ कार्तिक २ गते प्रर्दशन हुँदैछ ।

यसमा तपाइको मत

Loading...