एउटा ट्वीटले मिस टर्कीको ताज यसरी खोसियो

टर्कीकी ब्युटी क्वीनलाई एउटा विवादास्पद ट्वीट गर्नु निकै भारी सावित भएको छ। सन् २०१७ की मिस टर्कीलाई एउटा पूरानो ट्वीट संचार माध्यममा आएपछि उनको ताज खोसिएको हो ।
१८ वर्षीया मिस टर्की आइतिर एसेनले टर्कीमा गत वर्ष भएको सशस्त्र विद्रोहसँग सम्बन्धित एउटा पोस्ट शेयर गरेकी थिइन् । उनले उक्त पोस्टमा ‘सहिदहरुको’ रगतको चुलना पिरियडसको रगतसँग गरेकी थिइन् ।
सुन्दरी प्रतियोगिता आयोजकका अनुसार एसेनको उक्त ट्वीट ‘अस्वीकार्य’ छ । आयोजकले आइतिरलाई दिएको ताज फिर्ता लिने निर्णयको पुष्टि पनि गरेको छ । यता एसेनले इन्स्टाग्राममा त्यो ‘राजनीति’ नभएको बताएकी छन् ।
यो ट्वीट १५ जुलाईमा भएको सशस्त्र विद्रोहको वार्षिकीमा गरिएको थियो । सेनाद्वारा सत्ता प्राप्त गर्ने कोशिसमा करिब २५० जना मारिएका थिए । एसेनले आफ्नो ट्वीटमा भनेकी थिइन्–१५ जुलाईलाई उत्सवका रुपमा मनाउनका लागि आज मलाई पियरियड भइरहेको छ, मेरो यो रगतले सहिदहरुको रगत दर्शाउँछ ।
टर्कीका राष्ट्रपति रेचेप उर्दोआनले विद्रोहका क्रममा मारिएकाहरुलाई ‘सहिद’ भन्दै आएका छन् । सुन्दरी प्रतियोगिता आयोजक संस्थाले उनको उक्त ट्वीट बिहीबार इस्तानबुलमा भएको समारोहपछि गरिएको जनाएको छ। यसपछि उनको ट्वीटलाई पुष्टि गर्नका लागि र यसबारेमा निर्णय गर्न लामो समय बैठक चलेको थियो ।
बैठकपछि शुक्रबार आयोजकको तर्फबाट जारी वक्तव्यमा एसेनको ताज फिर्ता लिने निर्णय उल्लेख छ। वक्तव्यमा भनिएको छ–हामीलाई यसो भन्दै गर्दा दुःख लागिरहेको छ कि यो ट्वीट आइतिर एसेनले गरेकी हुन् । मिस टर्की आयोजक यस्ता पोस्टलाई बढावा दिन सक्दैन । हाम्रो उद्देश्य संसारलाई टर्कीसँग परिचित गराउनु र यसको छवि राम्रो बनाउनु हो ।
एसेनले सामाजिक संजालमा वक्तव्यमार्फत नै उसको उत्तर दिएकी छन् । उनले भनेकी छन्–म बताउन चाहन्छु कि १८ वर्षकी एउटी युवतीका रुपमा यो पोस्ट शेयर गर्नुमा मेरो कुनै राजनीतिक महत्वाकांक्षा थिएन । म आफ्नो देश र मातृभूमिको सम्मान गर्न सिक्दै हुर्केकी हुँ । उनले ‘भ्रम’को शिकार बनेकोमा माफीसमेत मागेकी छन्।


एसेनको ताज खोसिएपछि अब मिस वर्ल्ड प्रतियोगितामा टर्कीको प्रतिनिधित्व गर्नका लागि प्रतियोगिताकी रनरअप आस्ली सुमेन चीन जानेछिन् ।
गत वर्ष टर्कीमा भएको विद्रोहपछि करिब १ लाख ५० हजार कर्मचारीलाई जागिरबाट निस्काशन गरिएको थियो । त्यति मात्र होइन ५० हजारभन्दा बढीलाई पक्राउसमेत गरिएको थियो । एजेन्सी

यसमा तपाइको मत

Loading...