एउटा कन्डोमको विज्ञापनले यसरी मच्चायो तहल्का

कन्डोमको काम हो यौन सम्पर्कलाई सुरक्षित राख्नु र इच्छाविपरीतको गर्भधान रोक्नु । कन्डोम बनाउने कम्पनीहरुले पनि आफ्नो विज्ञापनमा यही सन्देश आम नागरिकसम्म पुराउने कोशिस गर्दछन् ।
विज्ञापनहरुको कोशिस हुने गर्दछ कि नयाँ र रचनात्मक तरिकाबाट नाम नागरिकसम्म आफ्नो कुरा बुझाउन सकियोस् । तर, रचनात्मकताको पनि एउटा सीमा हुन्छ र सानो चुकले ठुलो नोकसानी पराउन सक्दछ । यस्तो अवस्थाको शिकार बनेको छ कन्डोम बनाउने कम्पनी ‘से इट विद ए कन्डोम’ पनि ।
सामामाजिक सञ्जालमा कम्पनीले बनाएको कन्डोमको प्याकेटको तस्वीरमाथि बहस गर्माएको छ । त्यो तस्वीर तपाईले पनि हेर्नुभयो भने तपाईलाई पनि लाग्नेछ कि ‘गो फर्दर विदाउट कन्सेन्ट’ अर्थात ‘बिना सहमति अगाडि बढ्नुस्’ ।
एक जना रेडिट युजरले प्याकेटको तस्वीर सामाजिक सञ्जालमा शेयर गरे र हंगामा मच्चियो । यो प्याकेट अमेरिकी कलेजमा सेफ सेक्सलाई बढावा दिने उद्देश्यले वितरण गरिएको थियो ।
स्पष्ट छ, मानिसहरु यो देखेर भड्किए र कम्पनीमाथि चौतर्फी आक्रमण सुरु भयो । मानिसहरुले भने कि बिना सहमति सेक्सका लाग अघि बढ्न भन्नु बलात्कारलाई बढावा दिनुजस्तै हो।
यद्यपि यदि यो प्याकेटलाई ध्यानसँग हेर्ने हो भने यसमा एउटा डोनटको सिम्बल बनेको छ । यसपछि लेखिएको छ–गो फर्दर विदाउट कन्सेन्ट’ । अर्थात सन्देश थियो–डु नट गो फर्दर विदाउट कन्सेन्ट ।
वास्तवमा म्यासेज थियो बिना सहमति अगाडि नबढ्नुस तर ‘डु नट’ लाई शब्दमा लेख्नुको सट्टा डोनटको सिम्बल प्रयोग गरिएका कारण भ्रम सिर्जना भयो ।
अब मानिसहरु प्रश्न गरिरहेका छन् कि यति संवेदनशील विषयमा यसरी क्रियटिभिटी देखाउनुको अर्थ जुन सजिलै बुझ्न सकिन्न सन्देश पूर्णरुपमा उल्टो भयो ।
एक जना ट्वीटर प्रयोगकर्ताले सोधेका छन्–यदि कसैले मदिरा सेवन गरिरहेको छ तब के यसले यो बुझ्नेछ ?
अध्य एक प्रयोगकर्ता सुरायाले लेखेका छन्–इमान्दारिताका साथ भन्ने हो भने मैले यो पढेँ ‘बिना सहमति अघि बढ्नुस’ मै आश्चर्यमा परेँ कि कम्पनीलाई यसबारेमा कुनै फिडब्याक कसरी आएन ? एजेन्सी

यसमा तपाइको मत

Loading...