महिलामा किन भइरहेछ सेक्सप्रति मोहभंग, रुची बढाउने टिप्ससहित

स्टडी अफ ब्रिटिश सेक्शुअल एटीट्युड्सका अनुसार जुन महिला एक पार्टनरसँग बसिरहेकी छन्, उनीहरुमा पुरुषको तुलनामा सेक्समा दुई गुना रुची कम भएको छ ।
समयसँगै महिला र पुरुषमा सेक्सका विषयमा उत्साह कम हुने गर्दछ । महिलाहरु भने अक्सर लामो रिलेशनसीपमा सेक्सका विषयमा उदासिन हुने गर्दछन्।
कुल मिलाएर खराब स्वास्थ्य र भावनात्मक लगावमा कमीका कारण महिला र पुरुषहरुमा सेक्सप्रति इच्छा कम भइरहेको छ। यो सर्बेमा करिब पाँच हजार पुरुष र ६ हजार ७ सय जना महिलालाई सहभागी गराइएको थियो ।
यो अध्ययन बीजेएम जर्नलका प्रकाशित छ । ब्रिटेनका शोधकर्ताहरुका अनुसार सेक्स गर्ने इच्छामा लगातार गिरावट चिन्ताको विषय हो । यसमा गम्भीरतापूर्वक ध्यान दिनु आवश्यक रहेको अध्ययनकर्ताहरुको भनाइ छ। यो समस्याको सामना गर्न ड्रग्सको प्रयोगमा रोक लगाउनु आवश्यक रहेको शोधकर्ताहरुको भनाइ छ।
पीडा र समस्या
सेक्स थेरापिस्ट अमान्डा मेजरका अनुसार सेक्समा कम हुँदै गरेको रुचीलाई सधै असामान्य भन्न सकिन्न । यहाँ यसका कयौ कारण छनु कि पुरुष र महिलाहरुको आवश्यकता किन परिवर्तन भइरहेको छ। उनले भनिन्–कयौ घटनामा यो सामान्य र स्वाभाविक हुन्छ । तर अन्य कारणमा पीडा र समस्याहरु पनि छन् ।
सर्भेमा कुल १५ प्रतिशत पुरुष र ३४ प्रतिशत महिलाका अनुसार सेक्समा उनीहरुको रुची छैन। पुरुषमा ३५–४४ उमेर समूहमा सेक्सप्रति रुची सबैभन्दा कम थियो । महिलाहरुमा ५५ देखि ६४ वर्ष उमेर समूहमा सेक्सप्रतिको रुचीमा सबैभन्दा बढी गिरावट देखियो ।
युनिभर्सिटी अफ साउथन्प्टन र युनिभर्सिटी कलेज लण्डनका अध्ययनकर्ताहरुका अनुसार यसको कुनै प्रमाण छैन कि मासिक धर्म बन्द भएका कारण महिलाहरुमा यौनप्रतिको रुची कम हुने गर्दछ । यद्यपि यो कुरा स्पष्ट भएको छ कि घरमा ससाना बच्चा भएका कारण पनि महिलाहरुको यौन चाहनामा कमी आएको हो ।
यसका साथै खराब स्वास्थ्य, कुराकानीमा जोशिलोपनको कमी र भावनात्मक लगावमा उदासिनताका कारण पनि महिला र पुरुषहरुमा यौन चाहना कम भइरहेको छ।
पुनः यौन चाहना जगाउने पाँच टिप्स


–यसमा कुराकानी सुरुवाती चरणमै गर्नुपर्दछ । यसको उपेक्षाबाट अन्य समस्याहरुले पनि घर गर्न सक्दछ । यस्ता कारणले तपाई स्वयम चिढिएको महशुस पनि गर्नुहुनेछ । तपाईले यस्ता समस्याको समाधान खुलेर गरिने कुराकानीबाट गर्नु जरुरी छ।
–अन्तरंग हुने अन्य तरिकाहरु पनि अपनाउन सकिन्छ । एकअर्काका हात समात्नु, एकअर्कासँग कुराकानी गर्नु र अँगालो मार्नेजस्ता गतिविधि पनि गर्न सकिन्छ ।
–आफ्नो पार्टनरको सम्मान गर्नु, उसको सहानुभूतिको ख्याल गर्नु पनि जरुरी छ।
–यस विषयमा तपाईले सेक्स थेरापिस्टसँग पनि कुरा गर्न सक्नुहुनेछ। यसका साथै रिलेशनसीप कन्सुलरको सहयोग पनि लिन सक्नुहुनेछ।
–यस्ता कयौ सम्बन्ध छन् जसमा यौन सम्पर्कबिना पनि सम्बन्धलाई ताजा र चुस्न बनाउन सकिन्छ । यस्तो अवस्थामा क्रोधबाट भन्दा रचनात्मकतामा ध्यान दिनु जरुरी छ।
अध्ययनबाट यो कुराको पनि खुलासा भएको छ कि महिलाहरु एउटा स्तरमा आफ्नो यौन इच्छा आफ्नो पार्टनरसामु व्यक्त गर्दैनन् । उनीहरु आफ्नो रुची र अरुची पनि प्रकट गर्दैनन् । यस कारण पनि यौन इच्छामा गिरावट आएको देखिएको छ । एजेन्सी

यसमा तपाइको मत

Loading...