उत्तर कोरियामाथि थप कडा प्रतिबन्ध लगाउने प्रस्ताव पारित

न्युयोर्क । अमेरिकी प्रस्तावमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि थप कडा प्रतिबन्धहरु लगाउने प्रस्तावलाई १५ सदस्य राष्ट्रले सर्वसम्मतिले पारित गरेको छ ।
राष्ट्रसंघीय सुरक्षा परिषद्ले रुस तथा चीनलगायत १५ सदस्य राष्ट्रको सर्वसम्मतीमा उत्तर कोरियाका सबैभन्दा मुख्य आम्दानीको स्रोत मानिएको लत्ताकपडा र कच्चा तेलको निर्यातमाथि कडा प्रतिबन्ध लगाएकोे हो ।
उत्तर कोरियाले लगातार गरेको क्षेप्यास्त्र परीक्षणले विश्वलाई चुनौति दिएको भन्दै अमेरिकाले थप कडा प्रतिबन्धको प्रस्ताव संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा लगेपछि उक्त प्रस्तावलाई १५ सदस्य राष्ट्रले सर्वसम्मतिले पारित गरेका हुन् ।

यसमा तपाइको मत

Loading...