एचडीएनपी इन्टरनेसनलले टेक्ससमा घरबार बिहिनलाई खाना खुवायो 

 हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले टेक्सास राज्यको ड्यालस वरपर रहेका असहाय ,गरिव तथा घरबार बिहिन मानिसहरुलाई त्रैमासिक रुपमा खुवाउदै आएको खाना आज खुवाएको छ l 
 
एचडीएनपी इन्टरनेसनलका संस्थापक देवी आचार्यले आज ४ सय ५० भन्दा ज्यादा लाई खाना खुवाईएको र यो समेत २२ औ पटक घरबार बिहिन ,दुखि ,असहायहरुलाई खाना खुवाएको बताए l आचार्यले अर्को पटक थाङ्क्स गिभिंग का दिन पुन खुवाउने योजना रहेको रहेको जानकारी दिएका छन् l 
 
स्थापना काल देखि नै घरबाहर बिहिन मानिसहरुलाई त्रैमासिक रुपमा खाना खुवाउदै आएको र यस्ता कार्यकममा अर्थको अभाव पनि हुने हुनाले सहयोग गर्न चाहना राख्ने दानबिरहरुको लागि द्वार खुला राखिएको उनले बताए l 
 
खाना खुवाउने अतिरिक्त संस्थाले त्रैमासिक रुपमा रक्तदान को आयोजना गर्दछ l संस्थाले समाज सेवा को साथै उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ l 
 
हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको छ l हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ l
विजय थापा,वाशिंगटन डिसी

यसमा तपाइको मत

Loading...