मस्कोमा ‘हिमालयको सम्पदा’ कलाप्रदर्शनीको समुद्घाटन

मस्को । मास्कोको केन्द्रमा अवस्थित प्राच्य कला संग्रहालयमा हिमालय क्षेत्रका देशहरू (नेपाल, भुटान, भारतका सांस्कृतिक कलाकृतिहरूको प्रदर्शनीको समुद्घाटन सुसम्पन्न भयो ।

त्यसमा रूसका लागि नेपाली राजदूत ऋषिराम घिमिरेको नेतृत्वमा राजदूतावासका द्वितीय सचिव खीमानन्द भुषाल, गैर आवासीय नेपाली संघ रूसका निवर्तमान अध्यक्ष दीनानाथ राजभण्डारीका साथै यसै पंक्तिकार (कृष्णप्रकाश श्रेष्ठ) बाट नेपालको प्रतिनिधित्व गरिएको थियो ।

प्रदर्शनीको उद्घाटन समारोहमा रूस–नेपाल सहयोग तथा मैत्री समाजका कार्यकर्ताहरू (बोरिस भेर्शिनिन, एभ्गेनीकोजोरेजोभ, नाताल्यागुबिना, रूस लेखक संघका सदस्यहरू (ताच्यानाचेग्लोभा, तामारापोत्योमकिना), रेडियो पत्रकार दोमेतीजाबोल्स्की, अर्थशास्त्री अलेक्सेइचिकालोभप्रभृति विभिन्न संघसंस्था र जनसमुदायका प्रतिनिधिहरूको पनि उपस्थिति थियो ।

रूसका राष्ट्रपतिको आदेश अनुसार सन् १९९१ (१८ डिसम्बर) देखि  ‘रूसको अमूल्य सांस्कृतिक निधि’ भन्ने मान्यता प्राप्त यस प्राच्यकला संग्रहालयमा नेपाली बौद्धकलाको गोलाकार मण्डलको चित्रअंकित पोष्टरले सिंगारिएको प्रवेशद्वारबाट भित्र पसेका पाहुनाहरूलाई संग्रहालयकी सचिव एलेनाबेलिखले दिउँसोको ठीक चार बजे निम्त्याएर भित्ताभरि सगरमाथाको चित्र अंकित सीढीहरू उक्लेर माथि पुगिएको दोस्रो तलाको विशाल कक्षमा पु-याइन् ।

त्यहाँ नेपालको द्विआयामिक मन्दिरको ठूलो भित्तेचित्र अगिल्तिर द्वारपालझैं पेटीमा दुवैतिर ढलोटका बाइपंखी सिंहहरू र तीनैतिर तामाको त्रिआयामिक न्यातपोल मन्दिर लगायत विभिन्न कलात्मक सामग्रीहरू र काष्ठकलाको नमूना स्वरुप मयुर झ्यालले सिंगारिएको कक्षमा पुगेपछि प्राच्यकला संग्रहालयकी प्रथम उपनिर्देशक ताच्यानामातेक्साले प्रमुख अतिथिहरूसंग भलाकुसारी गरिसकेपछि प्रदर्शनी उद्घाटन समारोहमा उपस्थित सबैको हार्दिक स्वागत गर्दै ‘तपाईहरू अहिले काठमाडौंको केन्द्रीय चोकमा पुग्नुभएको कल्पना गर्नोस्’ भन्ने शब्दहरूका साथ स्वागत मन्तव्य शुरू गर्नुभयो ।

उहाँले गतः वर्ष  रूस–नेपाल दौत्य सम्बन्ध स्थापनाको ६० वर्ष पूरा भएको र यस वर्ष रूस–भारत दौत्य सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको सन्दर्भमा रूस महासंघको संस्कृति मन्त्रालय,  मास्कोस्थित नेपाली राजदूतावास, राजकीय प्राच्यकला संग्रहालय, पिटर महान्को नामले विभूषित नृतत्व एवं नृवंश विज्ञान संग्रहालय (अजायब घर), राजकीय इतिहास संग्रहालय, अखिल रसियाली संगीत विषय कग्लिन्का संग्रहालय समुच्चय,  राजकीयले भनिको लायभिचतोल्स्तोइ संग्रहालय, रूस–नेपाल सहयोग तथा मैत्री समाज समेतको संयुक्त सहयोगबाट भारत, भूटान, नेपाल र हाल नेपालअन्तरगतको मुस्ताङलगायत हिमाली क्षेत्रका देशहरूसंग रूसको सम्बन्धको इतिहासप्रति समर्पित ‘हिमालयको सम्पदा’ शीर्षकमा प्रदर्शनीको आयोजना गरिएको जानकारी दिनुभयो ।

प्रदर्शनीका प्रमुख अतिथि महामहिम नेपाली राजदूत ऋषिराम घिमिरेज्यूले नेपालको राजधानीमै पुगेजस्तो लागेको अनुभूति व्यक्त गर्नुका साथै वरिपरि प्रदर्शित कलात्मक वस्तुहरूको परिचय दिंदै काठमाडौं उपत्यकाका तीनै प्रमुख शहरहरूलाई सांस्कृतिक केन्द्रको रूपमा चित्रण गर्नुभयो र नेपाल तथा रूसकाबीच सन् १९५६ मादौत्य सम्बन्ध स्थापना भएपश्चात् दुई देशबीच सांस्कृतिक, शैक्षिक, आर्थिक आदि विभिन्न क्षेत्रहरूमा पारस्परिक सम्बन्ध दरिलो हुँदै गएको जनाउनुका साथै दुई देशबीचको सांस्कृतिक सम्झौताको पुनर्नवीकरण भएपछि यो सम्बन्धले अझ अगाडि विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।

रूस–नेपाल सहयोग तथा मैत्री समाजका उपाध्यक्ष भ्लादिमिर फेदोतोभले नेपालको सभ्यता यूरोपको भन्दा निकै पुरानो भएको उल्लेख गर्दै काठमाडौं उपत्यकालाई खुला आकशमुनिको विशाल संग्रहालयको संज्ञा दिनुभयो र यत्रो लामो इतिहास भएको संस्कृतिलाई सन् २०१५ को महाभूकम्पले अल्प समयमै ठूलो क्षति पु-याउँदा रूस–नेपाल सहयोग तथा मैत्री समाजको तर्फबाट पनि राहत कार्यमा यथासक्य सहयोग पु-याइएको स्मरण गर्नुभयो ।

गतःवर्ष नेपालको राजधानीमा विदेशका साहित्यकारको पहिलो स्मारकको रूपमा रूसी महाकवि अलेक्सान्द्र पुश्किनको प्रतिमा स्थापित गरिएको स्मरण गर्दै रूसका बौद्ध धर्माबलम्बीहरूको समेत सहयोगबाट बुद्धको जन्मस्थल लुम्बिनीमा रूसको एउटा बौद्ध मन्दिरको निर्माणार्थ पहल भइरहेको पनि सूचित गर्नुभयो ।

राजकीय लेभतोल्स्तोइ संग्रहालयका निर्देशक सेर्गेइ आर्खान्गेलोभले प्रदर्शनीका सहभागी रूसका विभिन्न संग्रहालयको तर्फबाट समेत बोल्दै मास्कोको मुटुमा हिमालयका सम्पदाको प्रदर्शन हुनु महत्वपूर्ण परिघटना हो भन्ने जनाउँदै विश्वको यस महत्वपूर्ण क्षेत्रको बौद्धिक निधिहरूमध्ये अनिष्टको प्रतिकार निषेधसम्बन्धी रूसी महाउपन्यासकार एवं विचारक लेभतोल्स्तोइ र अहिंसात्मक सत्याग्रहका प्रवर्तक महात्मागान्धीको सिद्धान्तमा निकै समानता रहेको चर्चा गर्दै यी दुवै विश्वविख्यात व्यक्तित्वकाबीच पत्राचार हुने गरेको स्मरण गराउँदै यस्ता केही पत्रहरू यसै प्रदर्शनीमा हेर्न सकिन्छ भनी जोड दिनुभयो ।

मास्कोमा ‘हिमालयको सम्पदा’ कला–प्रदर्शनीकी संयोजक एभ्गेनिया कार्लोभाले उदघाटन समारोहमा उपस्थित प्रदर्शनी आयोजक संस्थाका प्रतिनिधिहरू तथा सबै आमन्त्रितम हानुभावहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्नुभथो ।प्रदर्शनी उद्घाटनको औपचारिक खण्डको समापन गर्दै राजकीय प्राच्यकला संग्रहालयकी प्रथम उपनिर्देशक ताच्याना मातेक्साले महान् दार्शनिक लेभतोल्स्तोइ र बौद्ध दर्शनएवं धर्मका अध्येता प्रकाण्ड रूसी विद्वान् इभान मिनाएभको मित्रताको चर्चा गर्दै नेपालको यात्रा गर्ने पहिला रूसी प्राच्यविद्का केही व्यक्तिगत सामग्रीहरू पनि प्रदर्शित छन् भन्ने जनाउ दिनुभयो र समुद्घाटन समारोहका सहभागीहरूलाई कला–प्रदर्शनी अवलोकन गर्न निम्त्याउनु भयो ।

प्रदर्शनीको केन्द्रीय कक्षमा रहेका वस्तुहरूको पृष्ठभूमिमा केही फोटोहरू खिंच्ने र खिचाउने क्रमपछि म पनि प्रथमखण्डमा राखिएका महत्वपूर्ण कलाकृतिहरू हेर्न लागेँ । रूसी मित्रहरूका केही प्रश्नहरूको जाने–बुझेसम्मको उत्तर दिंदै जिज्ञासाहरू पनि शान्त पार्दै प्रदर्शित वस्तुहरूको अवलोकन गरियो ।पहिलो खण्डमा पुर्वेली पोशाक आदि धैरै वर्ष भारतमा बसोवास गरी भारतीयहरूबाट महर्षि भन्ने सम्मान प्राप्त गर्ने रूसी विद्वान् एवं चित्रकार निकोलाइ रेरिख र उनको परिवारका व्यक्तिगत वस्तुहरूका साथै यस परिवारका सदस्यहरूद्वारा संग्रहित पौभा (थान्का) लगायत नेपाल र भारतका विरलकलाकृतिहरू प्रदर्शित छन् ।

यहाँनै भारत र नेपालको यात्रा गरी स्थलगत अध्ययन गर्ने र रूसमा नेपाल विद्याका जनक मानिने विख्यात प्राच्यविद् इभान मिनाएभद्वारा संकलित धातुका कलात्मक थाल, गिलास आदिवस्तुहरू पनि प्रदर्शित छन् । सन् १८८३ मा नेपालको यात्रा गर्ने अनुमति नपाए पनि सिक्किमको यात्रा गर्ने प्रसिद्ध रूसी चित्रकार भेरेश्यागिनको यात्रा–दैनन्दिनी (डायरी), तेह्रौं दलाई लामा र ब्रिटिश रेजिडेन्ट कर्णेल बेइली संगनिकोलाइ रेरिखको पत्राचार, महात्मा गान्धीसित लेभतोल्स्तोइको पत्राचारका अमूल्य ऐतिहासिक खाम र उनकै हस्ताक्षरमा लेखिएका पत्रहरू पनि त्यहाँ देख्न पाइन्छ ।प्रदर्शनीको दोस्रो खण्डमा हिमालय क्षेत्रका कलात्मक र सांस्कृतिक सम्पदाहरू रहेका छन् ।

काठमाडौंका शिल्पकारहरूले बनाएका काष्ठकलाका उत्कृष्ट कृति अर्थात् ढलोटका मूर्तिहरू, बुट्टा कुँदिएका झ्याल, पैगोडा अर्थात् तलेशैलीका मन्दिरहरूको नमूना आदि वास्तुकलाका विभिन्न अंशहरूका साथै पुरानो काठमाडौंको झलक दिने चित्रकलाका कृतिहरू पनि त्यहाँ सजाएर राखिएका छन् । एकातिरको पूरै भित्तानै ओगटेर टाँसिएको नेपालको त्रिआयामिक मानचित्रमा हाम्रो हिमाल, पहाड र तराईको अग्लो–होचो धरातलको प्रत्यक्ष अनुभूति गर्न सकिन्छ । बेग्लै कक्षमा बोधनाथको त्रिआयामिक स्तुप, भवचक्रको विशाल आकृतिसहित बौद्ध मन्दिरको वातावरण सृजना गरिएको छ । त्यहाँ मुस्ताङबाट ल्याइएका विरलकोटिका देवप्रतिमा–चित्र, पुरानामूर्तिहरू र पूजा सामग्री, पवित्र मन्त्र र धार्मिक स्तुति–श्लोक लेखिएका सचित्र पाण्डुलिपिहरू राखिएका छन् । त्यस कक्षमा पस्ने ठाउँहरूमा भुटानी धार्मिक नाचका मुखुन्डाहरू र नेपालका कलात्मक लाखे आदिका मुखुन्डाहरू पनि राखिएका छन् ।

प्रदर्शनीमा चाँदीका गहना र जन्तरहरू, खुकुरी र सिंगारिएका दापहरू इत्यादि शिल्पकलाका विरलवस्तुहरू पनि राखिएका छन् । प्रसिद्ध छविचित्रकार ओल्गाकोनोरोभा तथा पर्यटकइगोर कालाश्निकोभले खिंचेका फोटोहरू, मास्कोस्थित नेपाली राजदूतावास, रूस–नेपाल सहयोग तथा मैत्री समाजको संग्रहमा रहेका सामग्री आदिले हिमालयको चमत्कारमय वातावरण सिर्जना गरेको प्रतीत हुन्छ । यस प्रमर्शनीबारे सचित्र पुस्तिका पनि प्रकाशित गरिएको छ ।

नेपाली पाठकवृन्दलाई के पनि बताउन आवश्यक ठान्दछु भने प्राच्यकला संग्रहालयको स्वामित्वमा रहेका नेपाल विषयक थुप्रै कलाकृतिहरू सम्भवतः स्थानाभावले गर्दा यस प्रदर्शनीमा नराखिएको पाएँ । उदाहरणका लागि भन्ने हो भने प्रसिद्ध चित्रकार चन्द्रमान मास्केका चित्रपटहरूकै उल्लेख गर्न सकिन्छ । यस राजकीय प्राच्यजनकला संग्रहालयमा तिब्बतसहित चीन, जापान, मंगोलिया, भारत, नेपाल, भुटान, बर्मा, श्रीलंका, पाकिस्तान, अफगानीस्तानलगायत विभिन्न पुर्वेली मुलुकहरूका कलाकृतिहरू संग्रहित छन् ।

सुदूर पूर्व र निकट पूर्व, मध्य एशिया, ककेशिया, काजाखस्थान, रूसअन्तर्गत काबु¥यातिया, चुकोत्काका क्षेत्रका मात्र पनि १ लाख ४७ हजार पाँच सय सांस्कृतिकवस्तुहरू रहेका छन् ।राजकीय प्राच्यकला संग्रहालयमा ‘हिमालयका सम्पदा’ कला प्रदर्शनी १ महिनासम्म चालु रहनेछ र यस क्रममा भारतीय कलदिवसअन्तर्गत विभिन्न कार्यक्रहरू पनि सम्पन्न गरिने छन् ।
कृष्णप्रकाशश्रेष्ठ
फोटो सौजन्यः बोरिस भेर्शिनिन, मास्को, रूसमहासंघ ।

यसमा तपाइको मत

Loading...