एनआरएन तान्जानियाको अधिवेसन सम्पन्न ,थापा अध्यक्ष पदमा निर्वाचित 

तान्जानियाको  दार एस सलाममा सम्पन्न गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद को चौथो राष्ट्रिय महाधिबेसन ले अध्यक्ष मा रोशन थापा ,उपाध्यक्षम प्रेम गुरुङ र विनोद पटेल  र महसचिवमा पुष्प राज भट्टराई लगायत ११ सस्द्सिय नयाँ कार्य समिती २ बर्ष को लागि को चयन गरेको छ l  
 
अन्तरराष्ट्रिय समिती सदस्यमा संजीत थापा तथा महिला सम्योजक अन्जली तामांग र युबा सम्योजकमा दीपक लामिछानेलाई निर्वाचित गरेको छ  |
 
उक्त महाधिबेसन बिशेष अतिथी र परीवेक्षक शिव प्रसाद अर्यालज्यु , तान्जानियाको बिभिन्न शहरहरुमा रहेका नेपालीहरु नेपालबाट अन्तरराष्ट्रिय संघ सस्थाहरु मा काम गर्ने हुने बिशिस्ट व्यक्तिहरु को सहभागिता थियो | गैर -आवसिय नेपाली संघ तान्जानिया को स्थापना २०१३  मा भरत रिजालको नेतृत्वमा भएको थियो भने हाल तान्जानियामा लगभग १००  नेपाली कार्यरत रहेका छन |
 
कार्यक्रमको संचालन सीए सुवासचन्द्र लुइँटेलले कार्यक्रम सन्चालन गर्नु भएको थियो | सो कार्यक्रम मा तत्कालिन महासचिव पुष्प राज भट्टराई बाट हाल सम्म भएको कार्यक्रमको बिस्तृत बिवरण तथा आय व्ययको बिवरण समेत प्रस्तूत भएको थियो | 
 
अधिबेसन सफल बनाउन र निर्वाचन सम्पन्न गर्न अफ्रीका क्षेत्रीय संयोजक सुनील कार्कीबाट मनोनित पर्यवेक्षक शिव प्रसाद अर्यालको बिशेष सहयोग रहेको थियो |निर्वाचन सम्पन्न भएको घोषणा पछी निर्वाचित पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृतबाट पद तथा गोपनियता को सपथ खुवाउनु भएको  थियो |
 
नव निर्वाचित अधक्ष्य रोशन थापाज्यु बाट आगामी बर्षको लागि कार्यक्रम प्रस्तूत गर्नुको  साथै धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नु भएको थियो | सो कार्यक्रम मा नेपालमा हालै भएको बाढी पिडितहरु को राहत को लागी सहयोग संकलन गरिएको थियो |

यसमा तपाइको मत

Loading...