बुढासुब्बा गोल्डकपमा आज दोस्रो क्वाटरफाइनलका खेल हुँदै

Loading...

सुनसरी, ८ फागुन । धरानमा जारी १९औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकपमा आज दोस्रो क्वाटरफाइनलका खेल हुँदैछन् ।
आजा दोसो क्वार्टरफाइनलमा धरान फुटबल क्लब ‘रातो’ र पोखरा फुटबल क्लबबीच भिडन्त हुनेछ । रुपन्देही–११ हिजोको खेल जित्दै फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो क्वार्टरफाइनलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजितगर्दै रुपन्देही सेमिफाइनलमा पुगेको हो । विजेताले पाँचलाख रुपैयाँ जित्ने प्रतियोगितामा १० टिम सहभागी छन् ।

Loading...