बक बक त मुर्खले पनि गर्छन् तर समझदारहरु शान्त रहन्छन्

वाकपटुतालाई आमी विद्धता ठान्दछौ । बोलेरै सबैकुरा हुन्छ भन्ने सोच्दछौ । सामान्यतः हामी बोलेर धेरैभन्दा धेरै काम लिने कोशिसमा हुन्छौ तर मौनताको अपार शक्ति भूल्ने गर्दछौ । यदि मौन रहेर केही सुन्ने र याद राख्ने क्षमता ३० देखि ४० प्रतिशतसम्म बढने गर्दछ ।
यदि कुनै विराम नै नलगाई लगातार बोल्ने हो भने तपाईले केही बुझ्नु हुन्छ ? अर्थात बोल्ने क्रममा पनि मौनताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्दछ । छिमेकी भारतकै एक जना नेता अटल बिहारी बाजपेयीजस्ता महान वक्ताको बोल्ने र विराम लिने दुवै अन्दाज कसरी लोकप्रिय छ ।
जुनसकै कुरामा बहस भइरहेको होस् सही समयमा लिइएने विरामले विवादको दिशा परिवर्तन गर्न सक्दछ । जब कुनै व्यक्ति चिच्याइरहेको हुन्छ यस्तो अवस्थामा शान्त रहन सक्ने क्षमता आफैमा महत्वपूर्ण कुरा हो । तपाईसँग झगडा वा बहस गरिरहेको व्यक्ति पनि स्वयम तनावमा पर्नेछ कि प्रतिक्रियामा तपाई किन चिच्याइरहनु भएको छैन ।


कुनै पनि प्रकारको सहमतिमा पुग्नका लागि कुरा भइरहेको होस्, त्यसमा पनि त्यही व्यक्तिलाई अग्रता प्राप्त हुन्छ, जो शान्तिपूर्वक रहँदै आत्मविश्वासले भरिपूर्ण देखिन्छ । यसरी उक्त कुराकानीमा पनि कमजोरी विपक्षीसामु आउनबाट बच्न सकिन्छ ।
मौनताबाट आत्मीयता पनि बढ्दछ । एकप्रकारको प्रेमिल हेराई, हल्का स्पर्श, मीठो मूस्कान छ भने मुखबाट कुनै शब्द ननिस्किए पनि यो मौनताले धेरै कुराको बयान गरिरहेको हुन्छ । त्यसपछि जब तपाई केही बोल्नुहुनेछ, त्यसको प्रभाव नै बेग्लै पर्नेछ ।


जब तपाई स्वयम मौन हुनुहुन्छ तब तपाईका सामु उभिएको व्यक्तिको बडी ल्याङ्ग्वेज बढी राम्रोसँग बुझ्न सकिन्छ । विशेषज्ञहरु भन्छन् कि कुनै पनि कम्युनिकेशनको ७० देखि ८० प्रतिशत नन–भर्बल अर्थात अव्यक्त हुन्छ । हाम्रो शरीरमा दुई कान, तर एउटा मुख त्यसैले त छ । ताकि हामी जति सुन्छौ आधा मात्र बोलौं ।

हफपोस्ट वेभसाइटमा प्रकाशित एउटा लेखमा भनिएको छ कि खाना खाँदै गर्दाको समयमा पनि मौनताको अभ्यास गर्नु लाभदायी हुन्छ । यसो गर्दा पहिलो त तपाई विस्तारै खानुहुनेछ, खानेकुरा बढी चपाउनु हुनेछ र यसरी खानाको स्वाद र सुगन्धको आनन्द पनि पाउनु हुनेछ । यसो गर्दा शरीर पनि स्वस्थ र सुडौल बन्नेछ ।


पढ्ने, केही सिर्जनशील बन्ने, सोच्ने आत्ममन्थन गर्ने वा केही नयाँ खोजी गर्नका लागि पनि शान्ति र मौनता एउटा आदर्श स्थिति हुने गर्दछ । यसको अभ्यास गर्नका लागि सुरुमा आफ्नो मोबाइलमा दिनमा तीन, चार पटक अलार्म लगाउन सक्नु हुन्छ । हरेकपटक जब अलार्म बज्छ तब कम्तिमा पनि ९० सेकेन्डका लागि मौन रहने अभ्यास गर्नुस् ।


जब कुनै दुखद् समाचार आउँछ तब यस्तो समयमा विशेषगरी मौन रहने अभ्यास गर्नुस् । यसबाट दुःख, निशारा, हताशाजस्ता नकारात्मक भावनाहरुलाई स्थिर रहने समय प्राप्त हुन्छ । यसबाट तपाईले हरेक स्थितिमा बढी सन्तुलित प्रतिक्रिया दिन सक्नु हुनेछ ।
अघि बढ्दै जाँदा महिना वा हप्तामा एक दिन तपाई पूर्णरुपमा मौन व्रत नै लिन सक्नुहुनेछ । उक्त दिन अति जरुरी भए मात्र बोल्नुस् । इमेलबाट काम चलाउनुस् । टेलिभिजन, मोबाइल, इन्टरनेट, रेडियो, परिवार, मित्र वा सहकर्मीहरुको कुृरा सुनेर तपाईमाथि लगातार जानकारीको वर्षा भइरहेको हुनेछ । अभ्यास गर्दागर्दै तपाई भीडमा पनि चुपचाप शान्ति प्राप्त गर्न सिक्नुहुनेछ ।


मौन स्थितिमा कुनै पनि कुरा बढी सोच्ने, आवश्यकताभन्दा बढी प्रतिक्रिया दिने र अन्ततः दिभावमा रहेका अनावश्यक कुराबाट बच्न सकिन्छ । आजभोलि महामारीको रुप लिइरहेको मानसिक रोगबाट बच्ने र आफूलाई शानत र प्रशन्न चित्तको अवस्थामा राख्न पनि यसबाट सहयोग पुग्नेछ । र, तपाई जीवनमा जुनसुकै लक्ष्य प्राप्त गर्न सक्नुहुनेछ ।

यसमा तपाइको मत

Loading...