एथलेटिक्सका प्रशिक्षक रञ्जीतको निधन

पोखरा, ३ भदौ । एथलेटिक्सका प्रशिक्षक एभानकुमार रञ्जीतको आज बिहान ४५ वर्षका उमेरमा निधन भएको छ ।

केही दिनदेखि निमोनियाका कारण सख्त बिरामी पर्नुभएका रञ्जीतको पोखराको पूmलबारीस्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको हो । खेलकुद क्षेत्रमा अत्यन्तै क्रियाशील रञ्जीत एथलेटिक्स संघ कास्कीको कार्यसमिति सदस्य तथा तथा एभान टे«निङ सेन्टरका सञ्चालकसमेत हुनुहुन्थ्यो । उहाँका श्रीमती र एक छोरा हुनुहुन्छ । रासस

यसमा तपाइको मत

Loading...