फिनल्याण्डमा अन्धाधुन्ध चक्कु प्रहार, प्रहरीले गोली हान्यो

फिनल्याण्डको टुर्कु सहरमा कयौ नागरिकलाई चक्कु प्रहार गर्ने एक जना संदिग्ध व्यक्तिलाई प्रहरीले गोली हानेको छ। खुट्टामा गोली लागेका आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले सर्वसाधारणलाई सिटी सेन्टरभन्दा टाढा रहन चेतावनी दिएको छ। यो घटना पुतोरी मार्केट स्क्वायरमा भएको बताइएको छ। घटनामा अन्य दुई जना पनि घाइते भएको बताइएको छ ।
अर्को रिपोर्ट ५÷६ जना घाइते भएको बताइएको छ। तर, यस विषयमा आधिकारिक पुष्टि गरिएको छैन । दक्षिण पश्चिम फिनल्याण्ड प्रहरीले ट्वीट गर्दै सेन्ट्रल टुर्कुमा कयौलाई चक्कु प्रहार गरिएको बताएको छ। प्रहरीले सिटी सेन्टर नजान सर्वसाधारणमा आग्रहसमेत गरेको छ ।
तरुन सनोमत पत्रिकाका अनुसार घटनास्थलमा एम्बुलेन्ससमेत थियो । प्रहरीले गाडीहरु चेकसमेत गरेका थिए ।
सुन्दरल्याण्डबाट ब्रिटान लीले बीबीसीलाई घटनाको तस्वीरसमेत पठाएका छन् । उनलाई घटनास्थलभन्दा करिब २०० मिटर टाढा एउटा पबमा प्रहरीले बन्द गरेर राखेको थियो । एजेन्सी

यसमा तपाइको मत

Loading...