लोहन्द्रा खोलाले बगाएर मृत्यु

उर्लाबारी (मोरङ), २८ साउन । लोहन्द्रा खोलाले बगाउँदा शुक्रबार साँझ
केराबारी गाउँपालिका–९ कुसुमे बस्ने ५६ वर्षीय मीनबहादुर थापाको मृत्यु भएको छ ।
स्थानीय बेलबारी बजारबाट घरतर्फ फर्कने क्रममा साँझ खोलाले बगाएका थापाको शव खोजी गर्ने क्रममा केही पर फेला परेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो । रासस

यसमा तपाइको मत

Loading...