यस्तो रहेछ अमेरिकाको गुआम टापुमा आक्रमण गर्ने उत्तर कोरियाको योजना

उत्तर कोरियाको समाचार एजेन्सी केसीएनएका अनुसार उत्तर कोरिया प्रशान्त महासागरस्थित अमेरिकी टापु गुआममाथि आक्रमण गर्ने योजनाको घोषणा गरेको छ।
केसीएनएले आर्मी चिफ जनरल किम राक ग्योमलाई उधृत गर्दै लेखेको छ–कोरियाली पल्स आर्मी द ह्वागंस–१२ रकेट्स लञ्ज गर्नेछ जुन जापानको शिमाने, हिरोशिमा र कोची हुँदै गुआम जिक समुद्रमा खस्नेछ ।
१७ मिनेटमा ३३५६ किलोमिटर दूरी तय
उत्तर कोरियाली समाचार एजेन्सीले उक्त रकेटस् गुआम टापुसम्म पुग्ने समय पनि घोषणा गरेको छ। त्यति मात्र होइन, रकेट कुन स्थानमा गएर खस्नेछ भन्ने कुरा पनि बताएको छ।
केसीएनएले उल्लेख गरेअनुसार यो रकेट १,०६५ सेकेन्डमा ३३५६.७ मिलोमिटर दूरी तय गरेर गुआम टापुभन्दा ३०–४० किलोमिटर पहिला समुद्रामा खस्नेछ ।
उत्तर कोरियाको सरकारी मिडियाका अनुसार उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनले अहिलेसम्म आक्रमण गर्ने यो योजनालाई हरियो झण्डा देखाइसकेका छैनन् ।
यसअघि अमेरिकी रक्षामन्त्री जिम मैटिसले व्यवस्था परिवर्तन हुने वा विनाशको सामना गर्नुपर्ने गतिविधि नगर्न उत्तर कोरियालाई चेतावनी दिएका हुन् । पेन्टागन प्रमुखसमेत रहेका रक्षामन्त्री मैटिसले अमेरिका र उसका सहयोगीहरुसँगको लडाईमा उत्तर कोरिया टिक्न नसक्ने दावीसमेत गरे ।
रक्षामन्त्री मैटिसको यो कडा चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको त्यो धम्कीपछि आएको हो जसमा उत्तर कोरियालाई संयमता अपनाउन भनिएको थियो।


अमेरिकाबाट गुआमको दुरी करिब ११ हजार किलोमिटर छ । जबकि उत्तर कोरियाबाट यो दूरी ३४ सय ३० मिलोमिटरमा पर्दछ । अर्थात गुआमसम्म पुग्ने स्थितिमा उत्तर कोरिया बढी नजिक छ।
हालै अमेरिकी सेनाले गुआममा सैन्य अभ्यास गरेको थियो । गुआममा अमेरिकी सामरिक बम वर्षक विमानको अड्डा छ।
यहाँ अमेरिकाको एयरफोर्स र नौसेनाको एयरबेश छ । यो टापु ५४१ वर्ग किलोमिटरमा फैलिएको छ। यो टापु अमेरिकाका लागि सामरिक रुपमा निकै महत्वपूर्ण छ ।


यो टापुको आवादी करिब १ लाख ६३ हजार छ। यो टापुका एक चौथाई हिस्सामा अमेरिकी आर्मी बेसक्याम्प फैलिएको छ।
अमेरिका आगामी दिनमा यहाँ आफ्नो सैनिक उपस्थिति बढाउने विषयमा सोचिरहेको छ । संचार माध्यमहरुका अनुसार यो टापुमा अहिले ५ हजार अमेरिकी सैनिक तैनाथ छन् ।
गुआमको महत्व यसकारण पनि छ कि यो टापुको सहयोगमा अमेरिकाको पहुँच दक्षिणी चिनियाँ सागर, कोरिया र ताइवानसम्म पुग्छ । गुआम यस्तो स्थान हो जहाँ दक्षिणी चिनियाँ सागरमा चीनको बढ्दो दबदबामाथि अमेरिका कुनै पनि कदम चाल्ने स्थितिमा छ ।
राष्ट्रपनि डोनाल्ड ट्रम्पले उत्तर कोरियाले अमेरिकालाई धम्काउन जारी राखे उसले विश्वंशको सामना गर्नुपर्ने बताएका थिए । ट्रम्पले उत्तर कोरियाले भोग्नुपर्ने विनाश अहिलेसम्म संसारले कल्पना पनि नगरेको हुने धम्कीसमेत दिएका थिए ।
राष्ट्रपति ट्रम्पले ट्वीटरमा अमेरिकाको परमाणु हतियारका बारेमा लेखेका छन् कि अमेरिकासँग पहिलादेखि नै शक्तिशाली हतियार छ । यद्यपि उनले यो पनि लेखेका छन्–मलाई आशा छ अमेरिकालाई कहिले पनि यो हतियार प्रयोग गर्नुपर्ने अवस्था आउने छैन ।


उत्तर कोरियाको सरकारी मिडियाले आर्मी चिफ जनरल किम राक ग्योमलाई उधृत गर्दै लेखेको छ–गल्फ खेलिरहेका अमेरिकी राष्ट्रपतिले एकपटक फेरि फ्युरी र फायरजस्तो बकवास गरेका छन्, जसले स्पष्ट गर्दछ कि उनी स्थितिको गम्भीरता बुझ्न असफल छन् । र, यस्तो अतार्किक व्यक्तिसँग कुरा गर्नु सम्भव छैन, मात्र बल प्रयोगबाट मात्रै यस्ता व्यक्तिलाई सम्झाउन सकिन्छ । एजेन्सी

यसमा तपाइको मत

Loading...