रातो सारि लर्काउदै, जुल्फी फर्काउँदै गइन् अर्जुन कौशलकी बुढी माइत (भिडियो)

धमाधम तीज गीतहरु आइरहेको समयमा एक फरक शैलीको तीजले यतिखेर बजारमा चर्चा कमाइरहेको छ । चर्चीत गायक पाल्पाको छोरो अर्जुन कैशलले आफ्नै श्रीमती रिता कौशलको साथमा ‘रातो सारी लर्काउँदै’ बोलको तीज गीत ल्याएका हुन् ।
यस गीतको भिडियोमा हाँस्य कलाकारहरुको बेजोड प्रस्तुती देख्न सकिन्छ भने गायकले स्वर विगारेर फरक ढंगबाट गाएका छन् ।
आफुहरुले निकै मिहेनतका साथमा यो गीत तयार पारिएको जनाउँदै गीतमा अभिनय गरेका कोहलपुर घर भएका हाँस्य कलाकार प्रकाश कडेल ‘गुलेली कान्छा’ले दर्शक श्रोताको माया पाउनेमा आशा राखे । अर्जुन कौशलकै लय, शव्द र एरेन्जमा तयार पारिएको यस गीतको भिडियोमा केशव सापकोटा ‘भैंसीको कसम’, ‘गुलेली कान्छा’, शिला निरौला ‘विमली’, दिपासा विसी ‘जलपरि’, सन्ध्या बुढा ‘काउली बुढी’ लगाएतका कलाकारहरु अटाएका छन् । यो गीत रेन्बो म्युजिक प्रालिबाट बजारमा आएको हो ।
शंकर के सी

यसमा तपाइको मत

Loading...