चलचित्र बिकास बोर्डलाई राजनीति तथा आर्थिक चलखेलको अखडा बनाउदै

काठमाडौँ : नेपाली चलचित्रको बिकास र प्रबर्द्धन गर्नका लागी खुलेको चलचित्र बिकास बोर्डमा यति खेरअध्यक्षको पदका लागी साम दाम दण्ड भेद प्रयोग गरि धेरै चलचित्रकर्मिहरु आ-आफ्नो दुनो सोज्याउने  होडबाजीमा लागेका छन र नेपाली कांग्रेशको नेतृत्वमा बनेको सरकारको मन्त्रीमंडल गठन संगै केहि चलचित्रकर्मीहरु नेताहरूलाई खुशी बनाउन भेट्घाट्मा ब्यस्त छन भने अबको कार्यकालको लागि चलचित्र बिकाश बोर्डकोअधक्ष्य को बन्ने भनेर लागि परेका छन ।

जुन जोगी आए पनि कान नै चिरेको भने जस्तै जुन पार्टीको सरकार आए पनी पदका लागि दौडाहा शुरु भईहाल्छ। बिगत २/३ बर्ष यता बिकास बोर्डको अध्यक्षका लागी पैसाको आर्थिक चलखेल हुन थालेको छ ,पैसा भए उक्तपदमा जान सक्ने नत्र जस्तै क्षमतावान भएपनी आकाशको फल आखा तानी मर भने जस्तै भएको छ । सरकारबन्नु अगाडि २०७४ जेठ २४ गते देखी बिकास बोर्डमा अध्यक्ष पद खाली छ,सरकार कहिले बन्ला र अधक्ष्य पदमालड्ने भनेर पर्खनेहरु धेरै भए, सरकार बनिसके पछी लड्ने लडाउनेहरुको पनि कमी भएन । राजनीतिक शरणलिएर आर्थिक चलखेल गर्दै जस्ले बढी पैसा बुझाउन सक्यो उसैको हातमा उक्त पद जाने परम्पराको बिकासनेपाली कांग्रेसले बनाउन थालेका छ । पदलाई मर्यादित, ब्यबस्थित् बनाउन तिर होइन पैसामा बिकाउन लागेपछी चलचित्र क्षेत्र भोलिको दिनमा कुन दिशा तर्फ जादै छ भनेर बुज्ने ?

चलचित्र बिकाश बोर्डको अधक्ष्य पदका केहि नया तथा पुराना अनुहारहरु अहिले नेपाली कांग्रेशका शक्तिशालीनेता देखि लिएर पैसाको लागि बिक्ने भनेर चिनिएका केहि नेता तथा नेत्रीहरुको घरदैलोमा चाप्लुसी गर्न र आफुनेपाली कांग्रेशको बिस्वाशिलो पात्र भएको र आर्थिक रुपमा समेत सक्षम रहेको र भेटि बुजाउन सक्छु भनेरप्रमाणित गर्न दिनका दिन नेताको चाकडीमा लागीका छन् l  केहि त्यस्ता झुण्डहरु अहिले अधक्ष्य पदको लागिदौडधुप गर्दै नेता तथा नेत्री खुसि बनाउन पछि लागेको कुरा जानकारहरु बताउछन l

सबैले आ-आफुलाई बलियो सम्झिएपनी कसैको नाम भने निश्चित भएको छैन। कुनै पनी पदलाई मर्यादितबनाउन सक्यो भने त्यस्को प्रतिफल मिठो आउछ नत्र सबै तिर भन्सारनै बनाउदै लैजाने हो भने पैसामै सबै पदबेचिदिए हुन्छ ।  मर्यदाको नाममा पुरुषहरूको नाम मात्र होइन अब हरेक तह र तप्कामा एक पटकमहिलाहरुलाई पनी नेतृत्व दिएर हेर्ने हो कि चलचित्र बिकाश बोर्डमा ?महिलाहरुलाई सदस्यमा मात्र होइन ठुलोपदमा पनी लैजानुपर्छ भन्ने आवाज महिला चलचित्रकर्मीहरु बाट पनि उठ्न थालेको छ भने महिलाप्रतिश्प्रधिहरु पनि अधक्ष्य पदको लागि भिड्न तयार रहेको संकेत दिइसकेका छन l अहिले सम्पूर्णचलचित्रकर्मीहरुको एउटै आवाज रहेको छ चलचित्र बिकाश बोर्डमा कुनै पनि राजनीति तथा आर्थिक हस्तक्षेपबिना सक्षम व्यक्तिले नेतृत्व हुनु पर्छ र मात्र नेपाली चलचित्रको बिकाश र प्रबर्धन हुन्छ l राजनीति नियुक्तिकोनाममा चलचित्र बिकास बोर्डलाई राजनीति तथा आर्थिक चलखेलको अखडा बनाउनु हुन्न भन्ने सबैको चाहनासमेत रहेको छ l

यसमा तपाइको मत

Loading...