परदेशी भुमि बाट मोडल रोजेन सुन्दास मोडलिङमा जम्दै (भिडियो सहित)

काठमाडौँ : परदेशी भुमि बाट मोडल रोजेन सुन्दास मोडलिङ जम्दै छन l सानै उमेर बाट आफुलाई मोडल तथानायक बनाउने सोच लिएर अगाडि बढेका मोडल रोजेन सुन्दास अन्तत दक्षिण कोरियामा बसेर भए पनिमोडलिङलाइ निरन्तरता दिदै आएका छन l  चर्चित गायक राजेश पायल राईको स्वरमा गीतकार संगीता बायुङराईको एल्बम `सङ्गीतालाप´मा समाबेश भएको `किन गयौ टाढा – टाढा …´ बोलको गीतको म्युजिक भिडियोमार्फत उनले मोडलिङलाइ सुरुवात गरेका छन भने यसै म्युजिक भिडियो बाट निर्देशनको यात्रा पनि सुरु गरेकाछन l जुन म्युजिक भिडियो भर्खरै मात्र युट्युबमा सार्वजनिक भएको छ ।

मनोज साङ्सोन राईको सङ्गीत रहेकोे यो गीतको छायांकन दक्षिण कोरियामा गरिएको छ भने कलाकारहरूरोजेन सुन्दास र रीता क्षेत्रीको अभिनय रहेको यो म्युजिक भिडियोमा रोजेन सुन्दासको निर्देशन तथा दीपकपौडेलले छायांकन रहेको छ ।

करीब चार बर्ष अगाडि `फूलजस्तै लाग्थ्यो माया एल्बम निकाल्नु भएका गीतकार राईको यो दोश्रो एल्बम`सङ्गीतालापको बजार व्यवस्थापन बिन्दबासिनी म्युजिकले गरेको छ ।

यसमा तपाइको मत

Loading...