चर्चित मोडल लोसिना लामिछानेको थारु गीतमा धमाका

Loading...

बहुप्रतिभाकि धनि चर्चित मोडल लोसिना लामिछाने थारु भाषको गीतमा देखिनुहुने भएको छ । फिरोज चौधरीको लय शब्द, चर्चित थारु गायक रोशन रत्गैंया र समिक्षा चौधरीको “ठुन्यार ठुन्यार ” बोलको गीतमा लोसिना को अभिनय देख्न सकिने छ । दङ्गाली मोडल नबिन चौधरीको साथमा लोसिना लामिछानेको  अन स्क्रिन रोमान्स देख्न सकिने गीतको कोरियोग्राफिमा दिपक चौधरी रहनुभएको छ । दाङ लगाएत बर्दिया र कञ्चनपुरमा छायाँङ्कन गरिएको “ठुन्यार ठुन्यार ” डान्स बिटको गित हो । दिपक चौधरी “दिप”  को सहायक निर्देशनमा सुटिङ्ग भईरहेको गायक रोशन चौधरीले जानकारी दिनुभयो । लेटेस्ट टेक्नोलोजि सहित दाङ आएको सुटिङ युनिट ले अहिले मार्क ३ क्यामेरा बट २ वटा गीतको छायाँङ्कन भैरहेको क्यामेरा पर्शन अरुण बरुण न्यौपानेले जानकारी दिनुभयो । “ठुन्यार ठुन्यार ”मा गायक रोशन रत्गैंया र समिक्षा चौधरीको स्वररहेको छ जसलाई चम्पन साँस्कृतिक समूहको प्रकस्तुति एवं डि टेन कलाकेन्द्र दाङको समन्वयमा बजारमा ल्याउन लागेको डि टेन कलाकेन्द्रका म्यानेजिङ्ग डाईरेक्टर बिष्णुुकमार देवकोटाले जानकारी दिनुभयो ।
सुसिल चौधरीको लय तथा शब्द मा यस्तै चौधरी द्धयकै स्वरमा रहेको अर्को चारु गीत “मरना त मरनु मै ”को पनि सुटिङ धमामधम भईरहेको गायक चौधरीले जानकारी दिनुभएको छ । मोडल लोशिना लामिछाने, बीर चौधरी,पुष्पा चौधरी र राजु परयारको अभिनय देख्न सकिने “मरना त मरनु मै ” बोलको गीत को छाँयाङ्कनको कार्य सकिएको चौधरीले जानकारी दिनुभयो ।

Loading...

यसमा तपाइको मत

Loading...