‘परिवारसंग बसेर ढुक्कसंग हेर्न सकिन्छ मेरो तीज गीत’–गायक चलाउने

सल्यान । सल्यानी चर्चित लोक दोहोरी गायक भागीरथ चलाउनेको स्वरमा सजिएको जीत गीत यो वर्ष पनि सार्वजनीक भएको छ ।
पछिल्लो समय तीज गीतमा विकृति बढ्दै गइरहेको आरोप आइरहेको बेला गायक चलाउनेले भने हजुआमा, आमा, दिदि, बैनिहरुले दाजुभाइ आफन्तिहरु संग बसेर ढुक्क संग सुन्न र हेर्न सकिने खालको तीज गीत ‘झलमल झलमल’ ल्याएको जनाएका छन् ।
तिर्सना म्युजिक प्रालि मार्फत बजारमा आएको यस गितमा चलाउनेलाइ सुनिता अधिकारीले साथ दिएकी छिन् । चलाउने र अधिकारिको सुरिलो स्वरमा तयार गरिएको गीतमा चर्चीत गायक रामजि खाँड र अञ्जली अधिकारीको नृत्यले झन दर्शकको मन सजिलै संग तान्ने देखिन्छ । युट्युवमा पनि राम्रै भ्यू पाइरहेको तीज गीत ‘झलमल झलमल’ विगतका वर्षहरुमा झै यसपाली पनि दर्शक श्रोताहरुले मन पराइदिनेमा गायक चलाउने ढुक्क रहेका छन् । लय तथा शव्द निर्माणमा पनि पोख्त रहेका चलाउनेको यस गीतमा पनि आफ्नै शव्द र लय छ । भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् ।
लोक गीतको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाइसकेका चलाउनेले यो भन्दा पहिलेका तीजमा पनि नरिसाउन कान्छु, मलाई फुर्सद हुदैन तीज भरी, हिरो जस्तै वनेर बोलका चर्चीत गीतहरु गाइसकेका छन् ।
शंकर के सी

 

यसमा तपाइको मत

Loading...