Home » photos You are browsing entries filed in “photos”

कास्कीको पोखरा क्षेत्र

हवाई मार्गबाट बिहीबार देखिएको कास्कीको पोखरा क्षेत्र । तस्बिर : रोशन सापकोटा, रासस

Posted in photos | Read More »

पोखरामा रोपाइँ महोत्सव

पोखराको बाटुलेचौरमा पर्यटन परिषद्को आयोजनामा भएको १४ औं असारे रोपाइँ महोत्सवमा हलो जातेर रमाउँदै विदेशी पर्यटक । तस्बिर : वासुदेव पौडेल, पोखरा, रासस

Posted in photos | Read More »

नारायणगढ–मुग्लिनमा घन्टौँ जाम

नारायणगढ–मुग्लिन ३६ किलोमिटर सडक निर्माण कम्पनीले विभिन्न बहाना बनाई निर्माणमा ढिलाइ गर्दा घन्टौँ जाममा बसेर प्रत्यक्ष मार बेहोर्दै यात्रु तथा मालबाहक सवारी साधन । तस्बिर : कुमार चौलागाई, रासस

Posted in photos | Read More »

अपहरण गरेको विमान सङ्ग्रहालयमा

प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलन सफल बनाउन पैसा जुटाउने उद्देश्यले नेपाली काँग्रेसले वि सं. २०३० जेठ ३० गते विराटनगरबाट काठमाडौँ आउँदै गरेको तत्कालीन शाही नेपाल वायुसेवा निगमको यो विमान अपहरण गरी नेपाल राष्ट्र बैंकको पैसा कब्जा गरेको थियो । दुर्घटनामा परेर धुजा धुजा बनेको यो विमान बिपी सङ्ग्रहालयमा ल्याई पार्टपूर्जा बनाएर अवलोकनका लागि राख्ने तयारी गरिएको छ […]

Posted in photos | Read More »

कार्यालय सुरक्षामा

मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा आइतबार सुरक्षा दिँदै म्यादी प्रहरी । तस्बिर : गोविन्द लामिछाने, इलाम रासस

Posted in photos | Read More »

तीव्र गतिमा सडक निर्माण

जाजरकोट—डोल्पाअन्तर्गत खदाङ—त्रिपुराकोट सडकखण्डमा पर्ने चिप्ले भीरमा निर्माण कार्य गर्दैै नेपाली सेनाका कामदार । उक्त सडकखण्डको ११८ किमिमध्ये १०९ किमि सडक निर्माण भइसकेको र डोल्पाको सदरमुकाम दुनै पुग्न ९ किमि बाँकी रहेको छ । यहाँ एकवर्ष सम्ममा डोल्पावासीको मोटर चढ्ने सपना पुरा गर्न सेना खटिएका छन । रामचन्द्र न्यौपाने, डोल्पा, रासस

Posted in photos | Read More »

यती कार्पेट आगलागीमा रु एक अर्ब क्षति

भक्तपुर, ४ असार । भक्तपुर नगरपालिका–२ सल्लाघारीस्थित यती कार्पेट इन्डस्ट्रिजमा गए रातिदेखि लागेको भीषण आगलागीमा रु डेढ अर्बभन्दा बढीको सामग्री क्षति भएको छ । राति ११ः३० बजेदेखि सुरु भएको आगलागी भक्तपुर वारुण यन्त्र, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा काठमाडाँै र ललितपुरका आठ दमकलबाट आठ घन्टापछि बिहान ७ः३० बजे नियन्त्रणमा आएको छ । आगलागीबाट […]

Posted in Main News,photos | Read More »

नेपाल यमनको खेल बराबरीमा टुङ्गियो

काठमाडौँ, ३० जेठ । संयुक्त अरब इमिरेट्समा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । यस खेलसँगै नेपालले एक अङ्क जोडेको छ । यसअघि गत […]

Posted in Main News,photos,Sports Feature | Read More »

नवनिर्वाचित प्रम देउवा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा व्यवस्थापिका संसदबाट बाहिरिनेक्रममा अभिवादन गर्नुहुँदै । तस्बिर : रोशन सापकोटा,रासस ।

Posted in photos | Read More »

गोरखकाली मन्दिरमा पूर्व युवराज्ञी

पूजाअर्चनाका लागि मङ्गलबार गोरखा दरबारस्थित गोरखकाली मन्दिर जाँदै पूर्व युवराज्ञी हिमानी शाह र छोरा हृदयेन्द्र शाह । तस्बिर : प्रशन्न पोखरेल, गोरखा, रासस

Posted in photos | Read More »

Loading...