Home » Finance “Finance”

सगरमाथा आरोहण : पाइलाको छाप पछ्याउँदै खोज्नुपर्छ बाटो

सोलुखुम्बु, १० चैत । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो कस्तो होला ? ‘फराकिलो, चौडा, ढुङ्गा बिछ््याइएको, अझ समाएर हिँड्नका लागि ठाउँठाउँमा फलामको रेलिङ, अनि सङ्केत चिन्ह् ?’ अधिकांशले यस्तै सोच्ने गर्दछन् । तर सगरमाथा जाने बाटो भने ठीक यसको उल्टो छ । खुम्जुङ गाविसको लबुचेदेखि गोरप्सेप हुँदै सगरमाथा आधार शिविरसम्म पुग्न अघिल्लो पदयात्रीको पाइला […]

Posted in Finance,Main News | Read More »

सिम्रिकको काठमाडौँ–भरतपुर–काठमाडौँ उडान सुरु

चितवन, ९ चैत । सिम्रिक एयरले आजदेखि काठमाडौँ– भरतपुर–काठमाडौँका लागि उडान सुरु गरेको छ । बिहान ९ः५५ मा काठमाडौँबाट भरतपुरका लागि उडेको सिम्रिकको नाइन एन एजिआई विमान बिहान १०ः२० मा भरतपुर विमानस्थलमा अवतरण भएको भरतपुर विमानस्थलका प्रमुख शिव शर्मा उपाध्यायले जानकारी दिनुभयो । सिम्रिकसँगै काठमाडौँ–भरतपुर–काठमाडौँ उडान भर्ने एयरलाइन्सको सङ्ख्या तीन पुगेको छ । सिम्रिकको १८ […]

Posted in Finance | Read More »

कुमारी बैंकले नगद लाभांश वितरण गर्ने

काठमाडौँ, ९ चैत । कुमारी बैंकले एक दशमलव १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको आज सम्पन्न १६औँ साधारणसभामा रु दुई करोड ९७ लाख ८६ हजार बराबरको बोनस लाभांश सेयर वितरण गर्ने जनाएको छ । सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पँुजीको २१ प्रतिशत अर्थात् रु ५६ करोड ६८ लाख बराबरको बोनस सेयर […]

Posted in Finance | Read More »

युवा लक्षित कार्यक्रम सम्झौता गर्नमा ढिलाइ

धुलिखेल, ८ चैत । जिल्ला पुशसेवा कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न कार्यक्रमका लागि युवा व्यवसायीलाई लक्षित गरी वितरण गरेको कार्यक्रम सम्झौता गर्नमा ढिलाइ भएको छ । जिल्ला पशुसेवा कार्यालयका अनुसार आव २०७३÷७४ मा विभिन्न २४ वटा शीर्षकमा गरी दुई सय १० वटालाई कार्यक्रम परेको सूचना एक महिना अगाडि नै प्रकाशित गरिएको थियो । “सूचना प्रकाशन गरेको एक […]

Posted in Finance | Read More »

साञ्जेन जलविद्युत् आयोजना सम्पन्न गर्न माग

रसुवा, ४ चैत । निर्माणाधीन साञ्जेन जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न यहाँका बासिन्दाले माग गरेका छन् । निर्माण कार्यलाई तीव्रता दिन समुदायस्तरको समिति समेत गठन भएको छ । सो आयोजना प्रभावित क्षेत्रका बासिन्दा रामबहादुर तामाङका अनुसार निर्माण कार्यमा आइपर्ने बाधा अड्चन हटाई छिटो आयोजना सम्पन्न गराउन सहयोग गर्न तथा स्थानीय बासिन्दाले पाउने सेयर जारी गर्ने […]

Posted in Finance | Read More »

क्यान्डीबाट आत्मनिर्भर बन्दै महिला

काभ्रे, ४ चैत । उग्रचण्डी नाला–५ स्थित नारी जागरण बचत तथा ऋण सहकारी संस्थाको एउटा कोठामा महिला लप्सीको गुदी मोल्नमा व्यस्त देखिन्छन् । उक्त गुदीबाट महिलाले विगत केही समयदेखि क्यान्डी बनाउँदै आएका छन् । सहकारीले स्वरोजगारका निम्ति महिलालाई केही समयअघि क्यान्डी बनाउने तालिम दिएको थियो । उक्त तालिम लिइसकेपछि नै आफूलाई क्यान्डी बनाउन सजिलो भएको […]

Posted in Finance | Read More »

अमेरिकामा चाउचाउको माग

मोरङ, ४ चैत । एसियन थाई फुड्सले उत्पादन गरेको रमपम चाउचाउ अमेरिका निर्यात गर्न थालेको छ । नेपालमा उत्पादित चाउचाउको अमेरिकामा माग हुन थालेको सो उद्योगका प्रबन्ध निर्देशक महेश जाजूले बताउनुभयो । “सुरुमा नेपालीको रोजाइ भए पनि अहिले अमेरिकी उपभोक्ताले समेत रुचाउन थालेका छन्,” उहाँले भन्नुभयो । अमेरिकाजस्तो विकसित मुलुकमा नेपाली ब्रान्डको चाउचाउको माग हुनु […]

Posted in Finance,Main News | Read More »

मुस्ताङको थाक ठिनीमा बाह्र वर्षे मेला

पोखरा, ३ चैत । थकाली जातिको उद्गमस्थल मुस्ताङको थाक ठिनीमा आगामी चैत २९ गतेदेखि बाह्र वर्षे देवीछेव ढोङताङभ्यो ९भोमो आमा०को भव्य दर्शन पूजा तथा मेला आयोजना गरिने भएको छ । मेलाबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक समितिका सदस्य बसन्त थकालीले दीर्घायु, श्रीसम्पत्ति र सन्तानको बर प्रदान गर्ने देवीका रुपमा प्रत्येक १२ […]

Posted in Finance | Read More »

प्रधानमन्त्री दाहालद्वारा व्यापार मेलाको उद्घाटन

काठमाडौँ, ३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उर्वर क्षेत्र रहेको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले भृकुटीमण्डपमा आयोजित छैटौँ अन्तर्राष्ट्रिय व्यापार मेलाको आज उद्घाटन गर्दै मुलुकमा राजनीतिक अस्थिरता समाप्त भएकाले लगानीको वातावरण सुनिश्चित भएको बताउनुभयो । नेपालमा लगानी गर्न कुनै दुविधा नगर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई उहाँले आग्रह गर्नुभयो । सरकार र […]

Posted in Finance,Main News | Read More »

स्थानीय तह कार्यान्वयनका लागि रु सात अर्ब

काठमाडौँ, २ चैत । अर्थ मन्त्रालयले स्थानीय तहको भौतिक पूर्वाधार तयार कार्यालय सञ्चालनका लागि रु सात अर्ब ४४ करोड आज निकासा गरेको छ । पुनःसंरचनापछि बनेको सात सय ४४ स्थानीय तह प्रत्येकले रु एक÷एक करोड पाउने गरी बीउ पुँजीका रुपमा निकासा गरिएको जानकारी उपप्रधानमन्त्री कृष्णबहादुर महराले पत्रकारहरुलाई दिनुभयो । अर्थमन्त्री महराका अनुसार स्थानीय तहमा चार […]

Posted in Finance,Main News | Read More »

Loading...