Home » Finance You are browsing entries filed in “Finance”

मुलुकमा शान्ति भएमात्र आर्थिक विकास हुने

काठमाडौँ, ५ असोज  । नेपाली काँग्रेसका नेता डा रामशरण महतले मुलुकमा शान्ति भएमात्र आर्थिक विकास हुने बताउनुभएको छ । विश्व शान्ति दिवसका अवसरमा नेपाल युवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘विस्तृत शान्ति सम्झौताको महत्व र यसका उपलब्धि’ विषयक अन्तरक्रियामा डा महतले जहाँ शान्तिपूर्ण स्थिति सिर्जना हुन्छ त्यहाँ विकास चाँडो हुने बताउनुभयो । “दश वर्षे जनयुद्ध […]

Posted in Finance,Main News | Read More »

बाह्र कम्पनीको पाँच अर्ब ७१ करोडको हकप्रद शेयर आउँदै

काठमाडौँ, ५ असोज  । धितोपत्र बोर्डले विभिन्न १२ वटा कम्पनीलाई रु पाँच अर्ब ७१ करोड ८५ लाख ४२ हजार बराबरको हकप्रद शेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ । बोर्डले चालू आर्थिक वर्षको शुरुवातबाटै सो परिमाणको हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको हो । कुल ५७ करोड १८ लाख पाँच हजार ४२७ कित्ता हकप्रद शेयर […]

Posted in Finance,Main News | Read More »

बाढीपहिरोले आर्थिक वृद्धिदर प्रभावित हुनसक्छ : विश्व बैंक

काठमाडौँ, १ असोज । गत साउनको अन्तिम साता तराई र मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण आर्थिक वृद्धिदर खस्कने विश्व बैंकले प्रक्षेपण गरेको छ । बैंकले आज यहाँ सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेटमा तराईमा बाढी र डुबानले गर्दा यो वर्ष नेपालको आर्थिक वृद्धि खुम्चिने भएको छ । चालु आवमा वृद्धि खुम्चिएर ४.६ प्रतिशत हुने अनुमान […]

Posted in Finance | Read More »

वाणिज्य बैंकले एटिएम सेवा दिन नसक्दा सेवाग्राही मारमा

गाईघाट (उदयपुर), १ असोज । जिल्लाको कटारी नगरपालिको महत्पूर्ण व्यापरिक केन्द्र कटारी बजारमा रहेका सरकारी वाणिज्य बैंकसहित केही निजी बैंकले दशैँको समयमा समेत एटिएम सेवा दिन नसक्दा सेवाग्राही मारमा परेका छन् । कटारी बजारमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकको शाखाका रुपमा रहेको वाणिज्य बैंकलेसमेत अहिलेसम्म एटिएम सेवा सञ्चालन नगर्दा दशैँको समयमा बैंकबाट रु आठ÷दश हजार […]

Posted in Finance | Read More »

बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी स्थापना

पोखरा, ३१ भदौ । कर्मचारी सञ्चय कोषले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी स्थापना गरेको छ । सञ्चयकर्ताको ४० प्रतिशत शेयर लगानी गर्ने गरी कम्पनीको स्थापना गरिएको कोषको ५६ औँं वार्षिकोत्सवको अवसरमा शाखा कार्यालय पोखराले आयोजना गरेको कार्यक्रममा शाखा प्रबन्धक दिलीप पौडेलले सो कुराको जानकारी दिनुभएको हो । उहाँकाअनुसार अपर तामाकोशी जलविद्युत् आयोजनामा सञ्चयकर्ताको सहभागिता गराइएको […]

Posted in Finance | Read More »

माथिल्लो सोलु हाइड्रो पावर कं र साल्मेलीबीच सहमति

सल्लेरी (सोलुखुम्बु), ३१ भदौ । निर्माणाधीन माथिल्लो सोलु हाइड्रो पावर कं र प्रभावित क्षेत्र साल्मेका बासिन्दाबीच आंशिक सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले स्थानीयवासीले राखेका मागलाई केन्द्र भागमा राखेर पूरा गर्न सकिने माग तत्काल कार्यान्वयन गर्ने गरी द्विपक्षीय सहमति गरिएको छ । सोलु दूधकुण्ड नगरपालिका–७ साल्मेका प्रभावित १९ परिवारले राखेका […]

Posted in Finance | Read More »

स्वदेशमा उत्पादित धागो र कपडा मेला

काठमाडौँ, ३० भदौ । नेपालमै उत्पादित धागो र कपडाको मेला काठमाडौँमा शुरु भएको छ । नेपाल धागो उद्योग संघले भुकुटीमण्डपमा आजबाट असोज ३ गतेसम्म ‘नेपाल यार्न एण्ड टेक्साटाइल एक्पो’ आयोजना गरेको हो । मेलामा नेपालमै उत्पादन भएका विभिन्न दैनिक प्रयोग हुने लुगा, तन्नालगायत उत्पादन राखिएको छ । मेलाको उद्घाटन गर्दै उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाले […]

Posted in Finance | Read More »

बुद्ध एयरबाट पोखरा–भरतपुर–भैरहवा हवाई उडान

पोखरा, ३० भदौ । बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान शुरु गरेको छ । उक्त कंपनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान शुरु गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिनुभयो । त्यस्तै ११ः२२ बजे अर्को विमान पोखराबाट भैरहवाका लागि उडेको छ । उन्नाइस सिट क्षमताको सो बिमान पोखराबाट […]

Posted in Finance | Read More »

पहिलो पटक राष्ट्रिय आर्थिक गणना हुँदै

काठमाडौँ, २९ भदौ । केन्द्रीय तथ्यांक विभागले सबै प्रकारका आर्थिक क्रियाकलापको विवरण राख्न पहिलो पटक राष्ट्रिय आर्थिक गणना सुरु गरेको छ । सानादेखि ठूला आर्थिक तथा व्यावसायिक एकाइ, गतिविधि र संस्थाको विवरण संकलनका लागि विभागले नेपाल तथ्यांकीय व्यावसायिक रजिष्ट्रर र तथ्यांकीय फ्रेमवर्क तयार गरी सबै जिल्लामा नमूना सर्भेक्षण तथा पूर्वपरीक्षण पूरा गरेको छ । हालसम्म […]

Posted in Finance,Main News | Read More »

सरकारको कारण साल्ट ट्रेडिङ आर्थिक घाटामा

काठमाडौँ, २७ भदौ । सरकारको कारण पछिल्लो समय साल्ट टे«डिङ कर्पाेरेशनले आर्थिक रुपमा घाटा व्यहोर्नु परेको छ । सरकारको आग्रह र अनुरोधमा भूकम्पपीडितलाई वितरण गर्न आयात गरेको जस्तापाता गोदाममा थन्किदा, चर्काे मूल्यमा आयात गरी सस्तो मूल्यमा बिक्री वितरण गर्नुपरेको चिनी, सुपथ मूल्यको पसलको शोध भर्ना सरकारबाट प्राप्त गर्न नसक्दा कर्पाेरेशनलाई करोडौँ घाटा हुन पुगेको हो […]

Posted in Finance,Main News | Read More »

Loading...