Home » News You are browsing entries filed in “News”

म्यादी प्रहरीका लागि मागभन्दा तेब्बरको आवेदन

तनहुँ, ३१ असोज  । जिल्ला प्रहरी कार्यालयमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि म्यादी प्रहरीका लागि सोमबार अन्तिम दिनसम्म मागभन्दा तेब्बर व्यक्तिले आवेदन दिएका छन् । नौसय म्यादी प्रहरीका लागि दर्खास्त आह्वान गरिएकामा अन्तिम दिनसम्म दुई हजार ७०० जनाले आवेदन दिएका हुन् । अन्तिम दिन बिहान ७ बजेदेखि लाइनमा बसेका युवा–युवतीले साँझ ७ […]

Posted in News | Read More »

भाषा, संस्कृति, पहिचान विषय पाठ्यक्रममा समावेश गर्न माग

नवलपरासी, २९ असोज  । लोक वार्ता परिषद् नेपालको सातौँ राष्ट्रिय सम्मेलनले स्थानीयस्तरका विभिन्न भाषा संस्कृति, पहिचानलगायत विषय पाठ्यक्रममा समावेश गर्न सरकारसँग माग गरेको छ । यही असोज २२ गतेदेखि कपिवस्तुबाट शुरु भएको सम्मेलनको सत्र नवलपरासीमा आएर आठबुँदे नवलपरासी घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको हो । सम्मेलनमा लुम्बिनी अञ्चलका कपिलवस्तु, रुपन्देही र नवलपरासीमा रहेका ऐतिहासिक, […]

Posted in News | Read More »

निर्वाचनका लागि अनुकूल वातावरण सिर्जना गर्न आग्रह

काठमाडौँ, २८ असोज  ।  निर्वाचन आयोगले सरकार हेरफेर वा मन्त्रिमण्डल सदस्य थपघटलगायतका कारणबाट निर्वाचनको मितिलाई कुनै पनि तवरबाट प्रभावित नगर्न नगराउन आग्रह गरेको छ । आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई पूर्णतः स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित र विश्वसनीय बनाउन अनुकूल वातावरण सिर्जना गर्न नेपाल सरकार, राजनीतिक दलहरूलगायत सम्बन्धित सरोकारवाला सबैको पुनः ध्यानाकर्षण गराउँदै […]

Posted in News | Read More »

विद्यार्थी आकर्षित गर्न दिवा खाजाको व्यवस्था

पर्वत), २८ असोज ।  सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएका अवस्थामा एक गाउँपालिकाले भने विद्यार्थी आकर्षित गर्न खाजा खुवाउने व्यवस्था मिलाएको छ । महाशिला गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा १ देखि ३ कक्षासम्म पढ्ने विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको हो । गाउँपालिकाले गाउँ परिषद्मार्फत विद्यार्थीलाई दिवा खाजा खुवाउन बजेटसमेत विनियोजन गरेको छ । गाउँपालिकामा २८ […]

Posted in Main News,News | Read More »

दशैँ मनाउन गएका डाक्टर नआएपछि अस्पताल डाक्टरविहीन

गाईघाट, उदयपुर, २८ असोज । दशैँ मनाउन एक हप्ता अगाडि नै घर हिँडेका उदयपुर जिल्ला अस्पतालका डाक्टर अन्य सरुवा मिलाएर गएपछि अहिले जिल्ला अस्पताल उदयपुर डाक्टरविहीन बन्न पुगेको छ । अस्पतालमा डाक्टर नभएपछि अधिकांश बिरामीलाई अहिले अन्यत्र सिफारिस गरी पठाउन बाध्य हुनुपरेको बिरामीका आफन्त बताउँछन् । अस्पताल प्रमुख डा महेश खनाल दशैँ आउन १५ दिनअघि […]

Posted in News | Read More »

कैलालीमा एक हजारले एचआइभीविरुद्धको औषधि खाँदै

धनगढी, २८ असोज  ।  कैलाली जिल्लाको दुई ठाउँमा सञ्चालनमा रहेका एन्टी रेक्टोभाइरल थेरापी(एआरटी) सेन्टरबाट एक हजार १६६ जनाले एचआइभी एड्सविरुद्धको औषधि सेवन गरिरहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थकेयर फाउण्डेशनको संयुक्त आयोजनामा शुक्रबार यहाँ सञ्चारकर्मीका लागि गरिएको कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांकअनुसार थप ११ जना औषधि खानुपर्ने प्रक्रियामा रहेका छन् । संक्रमितमध्ये महिलाको संख्या […]

Posted in News | Read More »

बालबालिकाको सहयोगका लागि साइकलयात्रा र चंगा चेट

काठमाडौँ, २८ असोज  । शारीरिक र मानसिक रुपमा अस्वस्थ बालबालिकाको सहयोगका लागि शुल्क लिएर साइकल यात्रा र चंगा चेट प्रतियोगिताको आयोजना गरिएको छ । गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिका तथा एनआइसी, सन्राइज बैंकलगायत संस्थाको सहयोगमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘ए’ १ को आयोजनामा आज बिहान चुच्चेपाटीदेखि जहरसिंह पौवासम्म साइकल यात्रा गरियो । यात्रामा […]

Posted in News | Read More »

हवाइजहाजसम्बन्धी अन्तरराष्ट्रिय पाठ्यक्रम सञ्चालित

काठमाडौँ, २८ असोज  । नर्दन लाइट एकेडेमी अफ एभिएशन एण्ड टेक्नोलोजी (नाट) कलेजले हवाइजहाजसम्बन्धी प्राविधिक पाठ्यक्रम सञ्चालन गरेको छ । कलेजले नेपालमै पहिलो पटक अन्तरराष्ट्रियस्तरको मान्यताप्राप्त विमानसम्बन्धी प्राविधिक विषय अध्ययनअध्यापन गर्न थालेको हो । बेलायतको सिटी एण्ड गिल्डस प्राविधिक शिक्षालयको सम्बन्धनमा कलेजले जहाजभित्रको व्यवस्थापक (एयर क्याबिन क्य्रु) र विमानस्थल व्यवस्थापक (एयरपोर्ट ग्राउण्ड ह्याण्डलिङ) सम्बन्धी अध्ययन […]

Posted in Main News,News | Read More »

फोरम अध्यक्ष यादव सुनसरीको क्षेत्र नं २ बाट सिफारिस

इनरुवा, २८ असोज ।  संघीय समाजवादी फोरम नेपाल सुनसरीले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नाम क्षेत्र नं २ बाट सिफारिस गरेको छ । पार्टीको जिल्ला बैठकले यादवको नाम क्षेत्र नं २ र ४ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको पार्टीले जनाएको छ । सुनसरीको क्षेत्र नं २ बाट यादव र सचिव पर्शुराम बस्नेतको पनि […]

Posted in News | Read More »

नेपाली सेनाको प्रवक्तामा सहायक रथी दाहाल

काठमाडौँ, २८ असोज (रासस) ः नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नैनराज दाहालले पाउनुभएको छ । पूर्वी पृतनामा चिफ अफ स्टाफ रहनुभएका सहायक रथी दाहाललाई नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी दिएको हो । हालका प्रवक्ता झंकरबहादुर कडायतले सहायक रथी दाहाललाई केही दिनपछि प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्नुहुनेछ । सहायक रथी कडायतको सुदूरपश्चिम पृतनामा सरुवा भएको छ ।

Posted in News | Read More »

Loading...