Home » News You are browsing entries filed in “News”

मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित

काठमाडौँ, ३१ असोज  । संयुक्त राष्ट्रसंघ महासभाको चालु ७२ औँ अधिवेशनले नेपाललाई संयुक्त राष्ट्रसंघको ४७ सदस्यीय मानव अधिकार परिषद्को एशिया तथा प्रशान्त क्षेत्रको सदस्यमा निर्वाचित गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार यही वर्षको अन्त्यमा रिक्त हुने चारवटा सदस्यमध्ये एक स्थानमा नेपाल सबैभन्दा बढी १६६ मत प्राप्त गरी निर्वाचित भएको हो । मानव अधिकार परिषद्मा भएको […]

Posted in News | Read More »

‘सरकारी आयुर्वेद चिकित्सक सङ्घ नेपाल’ गठन

काठमाडौँ, ३१ असोज  । सरकारी आयुर्वेद चिकित्सकको हकहित र अधिकारको प्रवद्र्धन गर्ने उद्देश्यले ‘सरकारी आयुर्वेद चिकित्सक सङ्घ नेपाल’ नामक संस्था गठन भएको छ । डा शंकर गौतमको अध्यक्षतामा गठन भएको उक्त संस्थाको उपाध्यक्षमा डा अमूल्य दाहाल, महासचिवमा डा विजय भूर्तेल, सचिवमा डा प्रवेश श्रीवास्तव र कोषाध्यक्षमा डा सरिता बजगाईं बगाले रहनुभएको छ । यसैगरी ११ […]

Posted in News | Read More »

मौलापुरमा सुुरुङ खनेर लाखौँको चोरी

रौतहट, ३१ असोज  ।  जिल्लाको मौलापुर नगरपालिकामा एक चोरसमुुहले गएराति सुुरुङ खनेर लाखौँ मूल्य बराबरको धनमाल चोरी गरेको छ । सोमबार मध्यरातमा चोरले सुुरुङ खनेर मौलापुुर नपा–१ मर्यादपुुर टोलस्थित छुुट्टाछुट्टै घरबाट नगद, गरगहना तथा अन्य सामान गरी रु छ लाख बराबरको सामान चोरी गरी लगेको पीडितले बताएका छन् । मौलापुुर नगरपालिका–१ का वडाध्यक्ष रामप्रवेश यादवका […]

Posted in News | Read More »

राजविराजमा अतिक्रमण गर्ने पसल हटाइँदै

राजविराज, ३१ असोज ।  सप्तरीको सदरमुकाम राजविराजको मुख्य सडक पेटीमा वर्षाैँदेखि अतिक्रमण गरेर बसेका पसल हटाउने कार्य शुरु गरिएको छ । राजविराज नगरपालिकाले सडकपेटीमा अतिक्रमण गरी फाटफुट रुपमा पसल सञ्चालन गर्दै आएका पसल तथा मासु बिक्री वितरण गर्ने स्टोरलगायत अतिक्रमण गरेर पसल सञ्चालन गरेका पसललाई हटाउने कार्य शुरु गरेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । […]

Posted in News | Read More »

एउटै गाउँबाट तीन करोडको माला बिक्री

भक्तपुर, ३१ असोज  । तिहार नजिकिएसँगै परम्परागत रुपमा मखमली फूलखेती गर्ने ताथलीको वनमाला समुदायलाई मखमली फूलको माला उन्न भ्याइनभ्याई भएको छ । तिहारको भाइटीकाका लागि मखमली फूलमाला उन्न चाँगुनारायण नगरपालिका– ९ को वनमाला समुदायका केटाकेटी, महिला र पुरुष माला उन्न र बजार पु¥याउन व्यस्त छन् । आयआर्जनको प्रमुख स्रोत फूलखेती बनाउँदै आएको ताथलीको वनमाला समुदायको […]

Posted in News | Read More »

चितवनमा प्रहरी एक तिहाई मात्र

चितवन, ३१ असोज  । जिल्लामा आवश्यक भन्दा एक तिहाई मात्र प्रहरी कार्यरत रहेका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनमा दुईहजार एकसय प्रहरी आवश्यक भएपनि ७११ जना मात्रै प्रहरी जनशक्ति रहेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले महानगरमा एकजना प्रहरीले ३०० जना, नगरपालिकामा एक प्रहरीले ३५० जना र गाउँपालिकामा एक प्रहरीले […]

Posted in News | Read More »

राप्रपाका संस्थापक पूर्वमन्त्री आचार्यको निधन

काठमाडौँ, ३१ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक सदस्य एवं पूर्वमन्त्री रामकृष्ण आचार्यको आज बिहान निधन भएको छ । लामो समयदेखि फोक्सोको अर्बुदको उपचार गराइरहनुभएका ८० वर्षीय आचार्यको आफ्नै निवास महाराजगञ्ज, कपनमार्गमा निधन भएको हो । रसुवा जिल्लाबाट जनप्रतिनिधिका रुपमा उहाँले लामो सयसम्म मुलुकमा राजनीति गर्नुभएको थियो । उहाँले स्थानीय विकास र विज्ञान तथा प्रविधि […]

Posted in News | Read More »

आयुर्वेदलाई मौलिक चिकित्साका रुपमा विकास गर्नुपर्ने : स्वास्थ्यमन्त्री

काठमाडौँ, ३१ असोज   । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेदलाई मौलिक चिकित्साका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । आयुर्वेद विभागले राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले आयुर्वेदलाई प्रभावकारी बनाउन मौलिक चिकित्सा पद्धतिका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको हो । मन्त्री पोखरेलले भन्नुभयो, “नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि आयुर्वेद र योगको महत्व छ […]

Posted in News | Read More »

सिजी गल्फ कोर्टमा अबदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता

नवलपरासी, ३१ असोज ।  नवलपरासीको चौधरी उद्योग ग्राममा रहेको सिजी गल्फ कोर्ट अबदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताका लागिसमेत खुल्ला गरिएको छ । उक्त गल्फ कोर्ट निर्माणकर्ता चौधरी उद्योग ग्रामका अध्यक्ष एवं उद्योगपति विनोद चौधरीले अब चाँडै यस कोर्टलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन लागिएको जानकारी दिनुभयो । नेपालमा गल्फ खेलको विकासका लागि उद्योग परिसरमा सन् २००३ मा […]

Posted in News | Read More »

म्यादी प्रहरीका लागि मागभन्दा तेब्बरको आवेदन

तनहुँ, ३१ असोज  । जिल्ला प्रहरी कार्यालयमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि म्यादी प्रहरीका लागि सोमबार अन्तिम दिनसम्म मागभन्दा तेब्बर व्यक्तिले आवेदन दिएका छन् । नौसय म्यादी प्रहरीका लागि दर्खास्त आह्वान गरिएकामा अन्तिम दिनसम्म दुई हजार ७०० जनाले आवेदन दिएका हुन् । अन्तिम दिन बिहान ७ बजेदेखि लाइनमा बसेका युवा–युवतीले साँझ ७ […]

Posted in News | Read More »

Loading...