Home » Main News “Main News”

आयोगद्वारा बैंकमार्फत भुक्तानीको तयारी

काठमाडौँ, १७ वैशाख । लोकसेवा आयोगले विभिन्न पदमा दर्खास्त दिएस्वरुप आवेदन शुल्क बैंकमार्फत भुक्तानी लिने तयारी थालेको छ । आयोगमा आवेदन शुल्क बुझाउने भिड बढेपछि बैंकमार्फत भुक्तानी लिने व्यवस्था भइरहेको आयोगका कम्प्युटर निर्देशक रमेश शर्मा पौडेलले जानकारी दिनुभयो । अनलाइनबाट दर्खास्त भरे पनि आवेदन शुल्क बुझाउन आयोगकै कार्यालयमा आवेदक आउनेको भिड भएपछि आयोगले महालेखा नियन्त्रण […]

Posted in Main News | Read More »

अस्तव्यस्त अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ, १७ वैशाख । मुलुकको प्रतिष्ठासँग जोडिएको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भौतिक संरचना अभावले साँघुरिँदा अस्तव्यस्त बन्दै गएको छ । विमानस्थलको क्षमता कम हुँदा भिडभाड बढ्नाका साथै उडान सङ्ख्या पनि बढिरहेको छ । विमानस्थल साँघुरो भएकै कारण उडानको चापले एयर ट्राफिक जाम, विमान आकाशमै रहने (होल्ड) हुने, उडान तालिका परिवर्तन र उडान […]

Posted in Main News | Read More »

माओवादी केन्द्रको प्रतिबद्धताः ‘समृद्ध नेपालको आधार, समृद्ध गाउँनगर’

काठमाडौँ, १७ वैशाख । सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) ले ‘समृद्ध नेपालको आधारः समृद्ध गाउँनगर’ भन्ने नारालाई केन्द्रविन्दुमा राखेर स्थानीय तह निर्वाचनको प्रतिबद्धतापत्र तयार पारेको छ । केही दिनभित्रै सार्वजनिक गर्ने तयारी गरिएको प्रतिबद्धतापत्रमा स्थानीय जनताको दैनिक सेवा र कृषि तथा औद्योगिक आत्मनिर्भर अर्थतन्त्रको स्थापनामा जोड दिइने छ । नेपालको संविधानको अनुसूची ८ मा […]

Posted in Main News | Read More »

बालविवाहमा संलग्न बेहुला पक्राउ

कलैया, १७ वैशाख । जिल्ला प्रहरी कार्यालय बाराले जिल्लाका सुवर्ण गाउँपालिका–२ कवही गोठमा बालविवाह भइरहेको अवस्थामा प्रहरीले बेहुलालाई पक्राउ गरी बेहुलीलाई संरक्षणमा लिएको छ । साबिक बलिरामपुर–९, हाल कलैया उपमहानगरपालिका–१३ छोटकी फूलबारी बस्ने २५ वर्षीय रामनरेशप्रसाद यादव र साबिक कवही गोठ–६, हाल सुवर्ण गाउँपालिका–२ बस्ने करिब १२ वर्षीया बालिकासँग निजकै घरमा शुक्रबार राति १० बजे […]

Posted in Main News | Read More »

राप्रपा : संविधान संशोधनको पक्षमा मतदान गर्ने

काठमाडौँ, १७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले सरकारले व्यवस्थापिका–संसद्मा पछिल्लो पटक ल्याएको संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलका नेता कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले मुलुकलाई राजनीतिक समाधान दिनका लागि पक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक कुन्तीकुमारी शाहीले जानकारी दिनुभयो । पार्टी […]

Posted in Main News | Read More »

पूर्वसांसद दनुवारको निधनप्रति शोक प्रस्ताव

काठमाडौँ, १७ वैशाख । व्यवस्थापिका–संसद्को आजको बैठकले पूर्वसांसद नथुनीसिंह दनुवारको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख ओनसरी घर्तीले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । पूर्वसांसद दनुवारको ८८ वर्षका उमेरमा यही वैशाख १० गते उपचारका क्रममा निधन भएको थियो । नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा सक्रिय योद्धा, साहित्यकार एवम् समाजसेवी दनुवार विसं २०४८ सालको आमनिर्वाचनमा […]

Posted in Main News | Read More »

मलेसियामा कार्यरत नेपालीका समस्या समाधानका लागि कूटनीतिक पहल

काठमाडौँ, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको चासो विकास र समृद्धितिर भएको बताउनुभएको छ । मलेसियाका पूर्वप्रशासक र व्यवसायीको टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँले नेपाल सरकार पनि जनताको विकास र समृद्धिको चाहना पूरा गर्न रातदिन लागिपरेको बताउनुभयो । “ नेपालमा भएको लगानी र पूर्वाधार सम्मेलनमा लगानीको राम्रो प्रतिबद्धता आएको छ, […]

Posted in Main News | Read More »

जीवनको सच्चा प्रेम, एक अर्काको सहारा

बर्दिया, १७ वैशाख । ‘आमाबुबाको माया छोराछोरीमाथि, छोराछोरीको माया ढुङ्गामुढामाथि’ भने जस्तै रैछ साँच्चै जीवन । बुढेसकालमा छोराछोरीको सहाराभन्दा पनि एक अर्काको बूढाबूढी सहारा बनेर बर्र्दियामा जीवन निर्वाह गर्दै एक वृद्ध जोडी दैनिकी रुपमा मागेर गुजारा चलाउँदै आफ्नो जीवनका बाँकी पलहरु काटिरहेका छन् । एउटा शिशुको जीवन नौ महिनासम्म आमाको गर्भमा बसेर बाहिर आएपछि नौलो […]

Posted in Main News | Read More »

प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ माओवादी र कांग्रेसका सांसदहरुले महाअभियोग दर्ता गरेका हुन् । मीनबहादुर विश्वकर्मा प्रस्ताव र माओवादी प्रमुख सचेतक टेकबहादुर विश्वकर्मा समर्थक छन् र २५९ जनाले हस्ताक्षर गरेका छन् । ‘कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप, कार्यसम्पादन क्षमताको अभाव, व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गर्ने, न्यायाधीशहरुमाथि फरक फरक व्यवहार […]

Posted in Main News | Read More »

सत्तारुढ दलका शीर्ष नेताबीच छलफल

काठमाडौँ, १६ वैशाख । स्थानीय तहको निर्वाचन र संविधान संशोधन लगायतका विषयमा प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकका सम्बन्धमा सरकारमा रहेका दल र प्रमुख प्रतिपक्षी दलबीचमा भएको छलफल र बदलिँदो परिस्थितिका बारेमा […]

Posted in Main News | Read More »

Loading...