Home » Main News You are browsing entries filed in “Main News”

मनसुनी न्यूनचापीय प्रणालीले बदली र वर्षा

काठमाडौँ, ३ भदौ । मनसुनी न्यूनचापीय क्षेत्रको प्रभावले आज देशभर बदली भएसँगै केही स्थानमा वर्षा भएको छ । उक्त प्रणालीका कारण देशको मध्य भेगमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालबाट विस्तारै सर्दै गरेको र मध्य भेगमा न्यूनचापीय क्षेत्रको विकासले काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा वर्षा गराएको मौसमविद् बरुण पौडेलले जानकारी […]

Posted in Main News | Read More »

विराटनगर विमानस्थल आंशिक रुपमा सञ्चालन

मोरङ, ३ भदौ । बाढी र डुबानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थल आज आंशिक रुपमा सञ्चालन भएको छ । धावनमार्गको हिलो र पानीको सरसफाइ सकिएपछि विमानस्थल आजदेखि उडान गर्न योग्य भएको नेपाल नागरिक उड्ड्यन प्राधिकरण विराटनगरका प्रमुख सुरेशमान सिंहले बताउनुभयो । सिंहका अनुसार विमानस्थल क्षेत्रका विद्युतीय उपकरणहरुको मर्मत […]

Posted in Main News | Read More »

किमो चढाउने पैसा भएन

बागलुङ, ३ भदौ । घाँटीको अर्बुद रोगबाट पीडित यहाँकी एक महिलाको अर्थ अभावमा उपचार रोकिएको छ । गलकोट नगरपालिका–७ सिरवारेकी ५४ वर्षीया कौशिला दर्जीलाई तत्काल पैसा नभए अस्पतालबाट बाहिरिनुपर्ने अवस्था छ । उपचारमा प्रयोग हुने ‘किमो’ चढाउन नसकेपछि दर्जीका आफन्त सहयोगको आशामा सदरमुकाम आएका छन् । “दुई वटा किमो चढाइयो, बाँकी चार वटाका लागि पैसा […]

Posted in Main News | Read More »

वैदेशिक रोजगार विभागको लाचारी : ‘फ्री भिसा फ्री टिकट’ लागू हुन सकेन

काठमाडौ, ३ भदौ । सरकारले २६ जेठ ०७२ को मन्त्रीस्तरीय निर्णयबाट मलेसिया, कतार, साउदी अरब, युएई, बहराइन, ओमन र कुवेत जाने कामदारले भिसा र टिकटको रकम तिर्नुनपर्ने निर्णय गरिएको थियो । सो निर्णयका आधारमा २१ असार ०७२ देखि फ्री भिसा फ्री टिकटको नीति लागू भएको छ । तर, निर्णय भएको २ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा […]

Posted in Main News | Read More »

सडकमा लाग्यो करेन्ट : परिवार अब खर्च कसरी धान्छन् छोइकुले ?

काभ्रे, ३ भदौ । तिमाल गाउँका ३० बर्षीय छोइकु तामाङले राजधानीको सडकमा हिँडिरहँदा बिनागल्ती घाइते हुनुपर्ला भनेर साचेकै थिएनन् । तर, सडकमै करेन्ट लागेर उनी घाइते भए । लैनचौरस्थित स्काउट कार्यालयअघिको सडकमा एकाबिहानै हिडिरहेका उनलाई करेन्ट लागेको थियो । विद्युत पोलबाट चुँडिएर भुइँमा लत्रिएको तारमा बगेको करेन्ट लागेपछि उनी एकाएक ढल्न पुगे । उनको दुवै […]

Posted in Main News | Read More »

किन भित्र्याउदैछ सेनाले यस्ता ११ वटा हवाई साधन ?

काठमाडौ, ३ भदौ । नेपाली सेनाले ११ वटा हवाइ साधन थप्ने गरी प्रक्रिया अघि बढाएको छ । आफैंले किन्न लागेको ६ हेलिकप्टर र एउटा जहाज तथा अमेरिकी अनुदानमा प्राप्त हुने ४ स्काई ट्रक आगामी डेढ बर्ष भित्र सेनाले भित्राउने भएको हो । हाल सेनासँग १० हवाइ साधन चालू अवस्थामा छन् भने १५ वटा चल्न सक्ने […]

Posted in Main News | Read More »

फिनल्याण्डमा अन्धाधुन्ध चक्कु प्रहार, प्रहरीले गोली हान्यो

फिनल्याण्डको टुर्कु सहरमा कयौ नागरिकलाई चक्कु प्रहार गर्ने एक जना संदिग्ध व्यक्तिलाई प्रहरीले गोली हानेको छ। खुट्टामा गोली लागेका आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले सर्वसाधारणलाई सिटी सेन्टरभन्दा टाढा रहन चेतावनी दिएको छ। यो घटना पुतोरी मार्केट स्क्वायरमा भएको बताइएको छ। घटनामा अन्य दुई जना पनि घाइते भएको बताइएको छ । अर्को रिपोर्ट ५÷६ जना […]

Posted in Main News,World | Read More »

भारतबाट रु २५ करोड बराबरको सहयोग गरिने प्रतिबद्धता

काठमाडौँ, २ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज टेलिफोन गरी नेपालमा हालै आएको बाढी र पहिराका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारत सरकारका तर्पmबाट २५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले साँझ ६ बजे टेलिफोन गरेर बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त […]

Posted in Main News | Read More »

पहिलो हस्ताक्षरलाई नै मान्यता दिनुपर्ने माग गर्दै सर्वोच्चमा अध्यक्ष राणाको रिट

काठमाडौँ, २ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर राणाले पार्टी दर्ताका लागि एकपटक हस्ताक्षर गरेकालाई नै मान्यता दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । निर्वाचन आयोगलाई विपक्षी बनाई आज दायर गरेको रिट निवेदनमा निर्वाचन आयोगमा पार्टी दर्ताका लागि एकपटक बुझाएको हस्ताक्षरलाई मान्यता दिनुपर्ने आदेशको माग गरिएको छ […]

Posted in Main News | Read More »

अधिकार ७० प्रतिशत र बजेट १५ प्रतिशत दिन लागेकामा आपत्ति

काठमाडौँ, २ भदौ । सांसदहरुले स्थानीय तहलाई संवैधानिक रुपमा ७० प्रतिशत अधिकार दिइए पनि स्रोत भने १० देखि १५ प्रतिशत मात्र छुट्याउने व्यवस्था गर्न लागिएको भनी आपत्ति जनाएका छन् । व्यवस्थापिका–संसद्, अर्थ समितिको आजको बैठकमा सांसदले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ माथि विज्ञ समूहसँगको छलफलका क्रममा यस्तो विचार […]

Posted in Main News | Read More »

Loading...