Home » साहित्य/कला You are browsing entries filed in “साहित्य/कला”

‘मनको शल्यक्रिया’ बजारमा

काठमाडौँ, १६ वैशाख । गजलकार विपिन मर्मको ‘मनको शल्यक्रिया’ गजल सङ्ग्रह सार्वजनिक भएको छ ।

हातेमालो साहित्य सङ्गमले आज यहाँ आयोजना गरेको कार्यक्रममा गीतकार कृष्णहरि बरालले सो गजल सङ्ग्रह सार्वजनिक गर्दै साहित्य शब्दको खेल भएको बताउनुभयो ।

“साहित्यको जुनसुकै विधामा विषय जे भए पनि मन छुने भाव हुनुपर्छ, हाल वार्षिक रुपमा गजल सङ्ग्रह नै बढी निस्कन्छन, गजल गद्यमा हुँदैन, तर अहिले बलमिचाइँ हुन थालेको छ” – उहाँले भन्नुभयो ।

मर्मले आक्षरिक लयमा समसामयिक विषय वस्तुलाई समेटेर राम्रो गजल पाठकसमक्ष ल्याएको गीतकार बरालको भनाइ थियो । गजल सङ्ग्रहको समीक्षा गर्दै समीक्षक पोष्टराज चापागाइँले साहित्य मनसँग सम्बन्धित भएको र मर्मले समसामयिक घटनालाई गजलका रुपमा प्रस्तुत गर्नुभएको बताउनुभयो ।

गजलमा ‘लुट्न पाए लुट्ने नत्र भने फुट्ने’ जस्ता समसामयिक राजनीतिक विषयवस्तुलाई प्रस्तुत गरिएको छ । कार्यक्रममा गजलकार मर्म, सङ्गमका अध्यक्ष दीपेन्द्र अश्रुमालीलगायतले गजलको सङ्ख्यात्मक मात्र नभई गुणात्मक विकास भइरहेको बताउनुभयो । सो अवसरमा गत चैत १२ गतेको कार्यक्रममा वाचन गरिएका १० उत्कृष्ट गजलकारलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो । रासस

लम्सालको महाकाव्य ‘धरा’ सार्वजनिक

काठमाडौँ, १६ वैशाख । कवि डा नवराज लम्सालको महाकाव्य ‘धरा’ को आज यहाँ लोकार्पण गरिएको छ ।
कवि लम्सालले १० वर्ष लगाएर लेखेको ४३८ पृष्ठको सो महाकाव्य वरिष्ठ कवि तुल्सी दिवस, डा गोविन्दराज भट्टराई, प्राज्ञ भुवन ढुङ्गाना, डा जगमान गुरुङ, रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की, पत्रकार धर्मेन्द्र झालगायतले सार्वजनिक गर्नुभयो ।

वरिष्ठ कवि दिवसले ‘धरा’ मा टुक्रा टुक्रा नभई सिङ्गै नेपालका बारेमा मिहिन रुपमा जानकारी प्रस्तुत गरिएको बताउनुभयो । उहाँले मुलुक बनाउन अरुलाई गुनासो मात्र नगरी हरेकले आफ्नो तर्फबाट योगदान दिनुपर्छ भन्ने प्रमाणका रुपमा ‘धरा’ले काव्यिक जवाफ दिएको बताउनुभयो ।

पुस्तकबारे बोल्दै डा गोविन्दराज भट्टराईले लम्सालले महाकाव्य विधामा आफूलाई अलग रुपमा स्थापित गर्न सफल भएको बताउनुभयो ।

ऐश्वर्य प्रकाशनले प्रकाशन गरेको ‘धरा’ रेडियो नेपालमा कार्यरत लम्सालको छैठौँ साहित्यिक कृति हो । पुस्तकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि सबै जीवित पूर्व प्रधानमन्त्रीहरुको सङ्क्षिप्त भूमिका समावेश गरिएको छ । रासस

विश्व कविता दिवसको सन्दर्भमा मास्कोमा समारोह–कृष्णप्रकाश श्रेष्ठ

मस्को । मास्कोको केन्द्रमा अवस्थित मास्को राजकीय मानविकी विश्वविद्यालयको केन्द्रीय भवनस्थित सांस्कृतिक सभाकक्षमा युनेक्सोको निर्णयअनुसार हरेक वर्ष  वसन्तागमनका साथै विश्वभरि नै मनाइने कविता दिवसको सन्दर्भमाभव्य समारोहको आयोजना गरिएको थियो । यस कविता समारोहमा प्रमुख अतिथिको रूपमा रूसका लागि नेपाली राजदूत रिषिराम घिमिरे र यसै पंक्तिकारलाई पनि निम्त्याइएको थियो ।
सन् १९६५ मा साहित्यको क्षेत्रमा नोबल पुरस्कार विजेता विश्वप्रसिद्ध लेखक मिखाइल अलेक्सान्द्रो भिचशोपोखोभको नामबाट विभूषितयसै विश्वविद्यालयका रेक्टर (कुलपति), इतिहास शास्त्रका महाविद्यावारिधि, प्रोफेसर भ्लादिमिर नेचाएभले कवितादिवस समारोहमा उपस्थित भारत, नेपाल, बंगलादेशक राजदूतत्रयका साथै सबै सहभागीहरूको हार्दिक स्वागत गर्दै झोमोलुङ्मा आफ्नै ठाउँमा रहेको नेपाली सहभागीको अभिव्यक्तिअनुरूप विश्व कविता दिवस पनि अडिग र उच्च स्तरमा सफल हुनेछ भन्ने विश्वास व्यक्त गर्दै मास्को मानविकी विश्वविद्यालयमा विश्व कविता दिवसको समुद्घाटन गरेका थिए ।
रूसका लागि भरतीय राजदूत पंकज शरणबाट मास्को राजकीय मानविकी विश्वविद्यालयको दक्षिण एशिया विभागका निर्देषक अलेक्सान्द्र स्तोल्या रोभजस्ता विद्वान प्रोफेसरलाई कविता समारोहमा आफ्नो दोभाषेको रूपमा पाएकोमा हर्ष प्रकट गर्दै रूस (सोभियत संघ) र भारतबीच दौत्य सम्बन्ध स्थापनाको ७० वर्षको इतिहासमा सदैव सुमधुर सम्बन्ध रहिआएको चर्चा गर्दै यस महत्वपूर्ण अवसरमा रूसमा भारतीय राजदूतावासको तर्फबाट आयोजना गरिने कार्यक्रमहरूमा भाग लिन कविता दिवसका सबै सहभागीहरूलाई निम्त्याइएको थियो ।
रूसमा भारतीय समाजका अध्यक्ष काश्मिर सिंहले सात दशक जति अघि नै मास्कोमा स्थापित हिन्दुस्तानी समाजले आज भारतीय समाजको रूपका काम गर्दै रूसमा भारतीयहरूलाई एकबद्ध पार्न र विभिन्न साँस्कृतिक कार्यक्रमको माध्यमबाट रूसी जनतासंग मैत्री सम्बन्धदरिलो पानै समाजले गरिरहेको क्रियाकलापबारे संक्षेपमाबताएकाथिए ।
बंगाली कवथित्री कृष्णा रायले बंगाली भाषामा पुश्किनप्रति समर्पित कविता वाचन गरेकी थिएन् ।
मास्को राजकीय मानविकी विश्वविद्यालयमा आयोजित भव्य कविता समारोहमा यस पंक्तिकारलाई पनि आफ्नो मन्तव्य प्रस्तुत गर्ने सम्भनना प्रदान गरिंदा रूस महासंघमा हाम्रा आदि कवि भानुभक्त आचार्यको द्विशताब्दीय जन्मजयन्ती मनाउन आयोजना गरिएको समारोह समितिको अध्यक्षको हैसियतले रूसमा रहेका साहित्यानुरागी नेपालीहरूलाई संगठित गरी रूस भूमिका हाम्रा आदिकविको प्रतिमा स्थापनाका साथै नेपाली र रूसी भाषामा कतिपय पुस्तकहरू समेत प्रकाशित गर्न सहिएको सूचित गर्दै भानुभक्त आचार्यका फुकर कविताहरू र केही काव्यांसहरू समेत समावेश गरिएको द्विभाषिक (नेपालीतथा रूसी) ग्रन्थ ‘लोक्को गरूँ हित भनी’ का साथै रूसी भाषामाबीसौं शताब्दीको  नेपाली साहित्यिक चिँतनको सम्यक’ परिचथ दिने ग्रन्थ ‘स्रष्टा र साहित्य’तथा मैथिलीलोककथाकार गोनु झाका ‘कथाकुथुङ्ग्री’एव. नेपालीभाषामा रूसी महाकवि अलेक्सान्द्र पुश्किनका कविताहरूका साथै ‘रुसाल्का’, ‘मोजाट र साल्यारी’ र ‘जिप्सी’काव्यत्रयीसहित ‘रुसाल्का’शीर्षकमा प्रकाशित पुस्तकहरूको प्रदर्शन गर्दै नेपाल र रूस .सोभियत संघ) का बीच दौत्य सम्बन्ध स्थापनाको हीरक जयन्तीको उपलक्ष्यमा काठमाडौंमा रूसी महाकवि अलेक्सान्द्र पुश्किनको प्रतिमा स्थापना भएकै दिन लोकार्पण गरिएको‘ रुसाल्का’ संग्रहबाट पुसश्कनका ‘…प्रति’ र ‘सालिक’कविता नेपालीमावाचन गरेको थिएँ र अन्त्यमा पुश्किनकै ‘सालिक’कविताको एउटा श्लोकमा नृवंशात्मक नामहरू मात्र हेरफेर गरेर निम्नानुसार सुनाएको थिएँ :
नेपालभरि नै होलाचर्चा मेरो प्रतिक्षण ।
भाषामा सबको होला मेरो नै नामगुञ्जन ।।
थारू, किरात, नेवार, गुरुङ्, तामाङ्, मगर्, खश,
हिमाल्, पाहाड्, मधेशवासी मेरो फैलाउलान् यश ।।
यसप्रकार औपचारिक खण्डको समाप्थिपश्चात् मास्कोस्थित जवाहरुलाल नेहरू संस्कृति केन्द्रको तर्फबाट भारतीय तबलाबाज तथा सितार, हार्मोनियम, बेलावादक  रूसी संगीतज्ञहरूले भारतीय धून प्रस्तुत गरेका थिए ।
सांस्र्कतिक कार्यक्रमको समाप्तिपश्चात् गतः कैयौ. महीनादेखि आयोजना गरिएका कविता प्रतियोगिताहरूमा विजयी भएका छात्रछात्राहरूको कवितावाचन सुरु भयो । रुसी भाषाका साथै विदेशी (खास गरी बंगाली र हिन्दी)  भाषाहरूमा पनि कविताहरू गुन्जेका थिए । उत्कृष्ट कविता खाचनलाइ पुरस्कृत गर्न प्रसिद्ध रूसी भारतविद प्रोफेसर रोस्तिस्लाभ रिबाकोभको नेतृत्वमा परीक्षक दल गठन गरिएको थियो । त्यसमा जवाहरलाल नेहरु संस्कृति केन्द्रका निर्देशक जयसुन्दर, वैज्ञानिक कार्यकर्ता इरिना माक्सिमेन्को, गुल्या स्त्रेल्कोभाप्रभृति समावेश गरिएका थिए ।
विश्व कविता दिवसको अवसरमा मास्को राजकीय मानविकी विश्वविद्यालयको सांस्कृतिक कक्षमा वसन्तकालीन रमणीय साँझ निकैवेरसम्म विभिन्न भाषाहरूमा कविता गुञ्जायमान् भएका थिए ।
फोटो – लेखककै क्यामराबाट ।
२२ मार्च २०१७,
मास्को, रूस महासंघ ।

कैयौं पुण्य किन्न पाहिन्छ पैसा भए पछि ( गजल )

कैयौं पुण्य किन्न पाहिन्छ पैसा भए पछि
माया प्रेम छिन्न पाहिन्छ पैसा भए पछि ।।

आफ्ना दूर हुन्छन् यहाँ दु:ख आई पर्दा
नाता गोता चिन्न पाहिन्छ पैसा भए पछि ।।

कस्ले हेर्छ पुज्छ कसले दु:खी दरिद्रलाई
छाती खोली हिन्न पाहिन्छ पैसा भए पछि ।।

यस्तो भन्छ नेताजीले मातृभूमि बेच्छु बरू
दु:ख र् दर्द पिन्न पाहिन्छ पैसा भए पछि ।।

सब्को बन्छ हाईहाई यो मुस्कान त्यति बेला
साँच्चै भन्छु भिन्न पाहिन्छ पैसा भए पछि ।।

मान बहादुर के.सी. ( मुस्कान देउडाप्रेमी )
सँगमटोल टिकापुर ७ कैलाली हाल-यूएई

बजगाईंको ‘कवच’ बेलायतमा सार्वजनिक

लन्डन   बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंले आफ्नो तेस्रो लघुकथासङ्ग्रह कवच नोबेल पुरस्कार तथा ओस्कार अवार्ड विजेता प्रसिद्ध साहित्यकार जर्ज बर्नाड शको निवास श कर्नरमा आफैले सार्वजनिक गरे ।
बेलायतको एयोट सन्ट लरेन्समा अवस्थित निवासमा करिब पैतालिस वर्ष  बिताएका बर्नाड शको त्यहीँ निधन भएको थियो । उनको निवासलाई पुरातात्विक, ऐतिहासिक स्थल तथा स्मारकहरुको संचालन र संवर्धन गर्ने बेलायतको  नेशनल ट्रष्टले म्युजियमको रुपमा संचालन ल्याएको छ ।
लामो समयदेखि युरोपमा बस्दै आएका बजगाईंको यस अघि कथा, लघुकथा, नियात्रा आदि गरी सात कृति प्रकाशित भईसकेका छन् । विगत एघार वर्षदेखि उनले लोकप्रिय साहित्यिक अनलाईन समकालीन साहित्य डट कमको सम्पादन तथा प्रकाशन गर्दै आएका छन् ।
विवेक सिर्जनशिल प्रकाशन, काठमाण्डौंले प्रकाशन गरेको कवच लघुकथासङ्ग्रहमा डायोस्पोरिक जीवन, समसामयिक घटना, धर्म, राजनीति, प्रेम, यौन, शोषण, भ्रष्टाचार, बिसंगती आदि विषयवस्तुका तिख्खर  लघुकथाहरु छन् ।

कविता चौतारीमा दुई कविको काव्यिक सुसेली

काठमाडौ ।  अहिले राजधानी होस् या मोफसल, देश होस् या विदेश कतै एकल, कतै युगल त कतै सामूहिक कविता वाचनका कार्यक्रमहरू आयोजना भइरहेका छन् । यसै क्रममा पछिल्लो पटक ‘मिलाप’ मासिक पत्रिकाले नियमित कविता वाचन शृङ्खलाको आरम्भ गरेको छ– युवा कविद्वय उमेश अकिञ्चन र चन्द्र रानाहँछालाई प्रस्तुत गरेर ।
ओझेलमा परेका स्रष्टालाई अवसर प्रदान गर्नुका साथै नेपाली कविताको समृद्धिमा यथासक्य योगदान पु¥याउने उद्देश्यसहित काठमाडौंको बागबजारस्थित सिटी म्याक्समा आइतबार आयोजित काव्यवाचन शृङ्खला ‘कविता चौतारी’को पहिलो संस्करणमा ‘मोनालिसा र आठ मार्च’ कविताकृतिका सर्जक उमेश अकिञ्चन र ‘मनमा आँधी चलेपछि’ तथा ‘थिबिया चराको गीत’ दुई कविताकृतिका सर्जक कवि चन्द्र रानाहँछाले आ–आफ्ना नयाँ र पुराना गरी दश–दश थान कविता पस्किए ।
कविता वाचनको पहिलो चरणमा कवि रानाहँछा प्रस्तुत भए । ‘अर्को जन्ममा’ शीर्षक कविताबाट आफ्नो प्रस्तति शुरु गरेका उनले ‘यात्रामा’, ‘आमाको सम्झना’, ‘अनुपस्थितिमा’, ‘रेटिएको इतिहास’, ‘आपाको सालिक’, ‘मृत आकाश’, ‘ईश्वरको सवारी’, ‘भोक र सपना’, ‘तिमीलाई एक्कासि भेटेपछि’ र ‘नफर्किनेहरूलाई’ सुनाए ।
दोस्रो तथा अन्तिम चरणमा प्रस्तुत भए कवि अकिञ्चन । उनले ‘दोस्रो पृथ्विी’, ‘आमाको समाधिबाट’, ‘भूगोलपार्क’, ‘मोनालिसा र आठ मार्च’, ‘सोल्टीनी सहर’, ‘बाराक ओबामा’, ‘दृष्टिकोण’, ‘टोक्यो टेकेका डोबहरू,’ ‘किनारीकृति प्रश्न’ र ‘जीवन ः तीन दृश्य’ शीर्षकका कविताहरू सुनाए ।
प्राज्ञ श्रवण मुकारुङले चन्द्रको कवितामा जातीय र सांस्कृतिक  बिम्बहरू सघन रुपमा आउने गरेको तथा  उमेशका कवितामा चाहिँ समसामयिकताको मात्रा बढी हुने बताए ।  उनले भने, ‘वास्तवमा दुवै कवि यो समयका प्रभावशाली शक्ति हुन् ।’
आयोजक मिलाप मासिककी कार्यकारी सम्पादक गीता अधिकारीका अनुसार समसामयिक राजनीति, समाज, साहित्य र संस्कृतिका विविध पक्षलाई समेटेर विगत आधा दशकदेखि निरन्तर रुपमा प्रकाशन हुँदै आएको मिलापले बजारमा सस्ताखालका हल्लाहरू सिर्जना नगरी चुपचाप साधनामा समर्पित भइरहेका सर्जकहरूलाई प्रस्तुत गर्ने  योजना लिएको छ । प्रस्तुत कार्यक्रम त्यसैको सुरुवात हो ।

छाङ्छाको नियात्रा र कविताकृति विमोचित

काठमाडौँ, ८ माघ । नियात्राकार एवम् कवि जय छाङ्छाको नियात्राकृति ‘दोहाको सीधा उडान’ तथा नियात्रा कविताकृति ‘यात्रामा कविता’ को विमोचन गरिएको छ ।

स्रष्टा पदयात्रा अभियानअन्तर्गत तेस्रो पदयात्रा शृङ्खलाको क्रममा स्रष्टा तथा पत्रकार टोली शुक्रबार नागार्जुन नगरपालिकाको पौराणिकस्थल इन्द्रदहअर्थात् देवदहको सिह्रानमा अवस्थित ऐतिहासिकस्थल एवम् काजी कालु पाण्डेको समाधिस्थलमा भएको कार्यक्रममा ती कृतिहरु विमोचन भएका हुन् ।

स्थानीयवासी एवम् समाजसेवी भरत खत्रीको सभापतित्व एवम् प्रसिद्ध साहित्यकार भुवनहरि सिग्देलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भर्खरै प्रकाशित यात्रामा कविताको अङ्ग्रेजी अनुवाद कृति ‘द्याट आई लभ्ड द वल्र्ड’ को सार्वजनिकीकरण पनि गरिएको थियो ।

विमोचन कृतिका बारेमा अन्वेषकद्वय डा भक्त राई तथा शीतल गिरीले प्रकाश पार्नुभयो भने साहित्यकार नारायण तिवारी, शशी थापा पण्डित, डिल्लीराज अर्याल, पत्रकार डिल्लीरमण सुवेदीले आआफ्ना विचार राख्दै रचना समेत प्रस्तुत गर्नुभएको थियो ।

प्रमुख अतिथि भुवनहरि सिग्देलले समुद्रको सतहभन्दा २,३७० मी उचाइमा अवस्थित ऐतिहासिक स्थलमा प्रसिद्ध नियात्राकारका दुई कृति विमोचन गर्ने सुअवसर दिनुभएकोमा सम्पूर्ण रामकोटबासीका तर्पmबाट हार्दिक बधाई दिँदै आफ्नो बाल्यपनमा काफल खोजी खाने स्थानमा प्रमुख अतिथि भई कृतिको विमोचन गर्न पाउनु आफ्नो अहोभाग्य हो भन्नुभयो ।

त्यसैगरी, स्थानीय समाजसेवी एवम् कार्यक्रमका सभापति भरत खत्रीले कुनै पूर्व योजनाबिना यति राम्रो कामका लागि आफ्नै गाउँको धार्मिक पूण्यभूमि तथा ऐतिहासिकस्थलमा पुस्तक विमोचनको सभापतित्व गर्न पाउनु अत्यन्त हर्ष र खुसीको कुरा हो भन्नुभयो ।

सो अवसरमा आजको खबर अनलाइनका पत्रकार डिल्लीरमण सुवेदी र अन्वेषक शीतल गिरीले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस

विष्णुभक्त फुंयाल स्मृति रङ्गकर्म पुरस्कार स्थापना

 नेपाली रङ्गकर्ममा क्रियाशील हुंदा हुंदै ५४ बर्षसम्म निरन्तर नाटक लेखन, निर्देशन र अभियनमा सक्रिय रहनु भएका विष्णुभक्त फुंयाल सांस्कृतिक संस्थानले आयोजना गरेको नाटकको अभिनय कै क्रममा २०७३ पौष १९ गते नाचघरको रङ्गमञ्चमा नै निधन भएको थियो ।

५४ बर्ष नेपाली नाट्य क्षेत्रमा सक्रिय रही ढेडदशकदेखि कुसुम नाट्य समूहमा आवद्ध भई विगत ५ बर्षदेखि कुसुम नाट्य समूहका अध्यक्ष रहनु भएका विष्णुभक्त फुंयालको नाममा कुसुम नाट्य समूहका संस्थापक अध्यक्ष वैकुण्ठ भण्डारीले नगद पाँच हजार सहित विष्णुभक्त फुंयाल स्मृति रङ्गकर्म पुरस्कारको स्थापना गरेको छन् ।

नाटक अभिनय गर्दा गर्दै निधन हुनु भएका वरिष्ठ रङ्गकर्मी एवं कुसुम नाट्य समूहका अध्यक्ष विष्णुभक्त फुंयालका नाममा स्थापना भएको सो पुरस्कार हरेक बर्ष फुंयालको निधन भएकै दिन पौष १९ गते का दिन नेपाली नाट्य क्षेत्र ९नाटक लेखक, निर्देशक, रङ्गकर्मी, रङ्ग पत्रकार० मा दुई दशकदेखि योगदान पु¥याउंदै आएका व्यक्तित्वलाई नगद रु। ५००० र ताम्रपत्र सहित विष्णुभक्त फुंयाल स्मृति रङ्गकर्म पुरस्कार प्रदान गर्ने कुसुम नाट्य समूहका अध्यक्ष वैकुण्ठ भण्डारीले बताए । नेपाली रङ्गकर्ममा क्रियाशील रहनु भएका रङ्गकर्मीहरुलाई प्रोत्साहन र विष्णुभक्त फुंयालको निरन्तर सम्झनाका लागि सो स्मृति पुरस्कार स्थापना गरेको बताए ।

साथै उनले सरकारी स्वामित्वमा रहेको सांस्कृतिक संस्थानले आयोजना गरेको नाटकमा अभिनय गर्दा गर्दै निधन हुनु भएका विष्णुभक्त फुंयालको नाममा नाट्यशालाको नामाकरण गरी संस्थानकै हाताभित्र फुंयालको अर्धकदको सालिक निर्माण गर्न सांस्कृतिक संस्थानसंग माग गर्दे कुसुम नाट्य समूहले प्रेस विज्ञप्ति जारी गरेको छ ।

मस्कोमा ‘रहस्यमय नेपल’ साहित्यिक सन्ध्या सम्पन्न–कृष्णप्रकाश श्रेष्ठ

मस्को । मास्कोको केन्द्रमा रहेको रूसी साहित्यकार भवनको एक कक्षमा ‘रहस्यमय नेपाल’शीर्षकमा साहित्यिक–सांस्कृतिक सन्ध्या सुसम्पन्नभयो ।
रूस लेखक संघ, रूस–नेपाल सहयोग तथा मैत्री समाजतथा गैरआवासीय नेपाली संघ रूस र विश्व नेपाली साहित्यमहासंघ रूस शाखाको अग्रसरतामाआयोजित यस कार्यक्रमको संचालन रूस लेखक संघकी सदस्यताच्याना चेग्लोभा (साहित्यिकनामताच्याना चे) बाट गरिएको थियो ।
रूसी साहित्यकार भवनमा रूसी लेखक–कविहरू, गैरआवासीय नेपाली संघका केन्द्रीयमहासचिव डा. बद्री के.सी.का साथै साहित्यानुरागी नेपालीहरू, काठमाडौंस्थित रूसी विज्ञान तथा संस्कृति केन्द्रको परिसरमागतःवर्ष शरद् ऋतुमास्थापित रूसका महाकविअलेक्सान्द्र पुश्किनको प्रतिमाउद्घाटनमा भागलिनगएको रूसी प्रतिनिधिमण्डलका सदस्यहरूको पनिउपस्थिति रहेको थियो । यसै प्रमण्डलको एक सदस्यको रूपमा नेपालको पहिलोपल्ट यात्रा गरेकी रूसी कवयित्रीताच्याना चेग्लोभाले नेपालको छोटो तर प्रभावोत्पादकयात्राबारे स्वयं तयार पारेको वृत्तचित्रको प्रदर्शनबाट साहित्यिक–सांस्कृतिक सन्ध्याको शुभारम्भगरिएको थियो ।
रूस लेखक संघ मास्को नगर संगठनका अध्यक्ष भ्लादिमिर बोयारिनोभले साहित्यिक सन्ध्याको उद्घाटन गर्दै रूस साहित्यकार भवनमा उपस्थित नेपालीतथा रसियाली साहित्यानुरागीहरूको हार्दिक स्वागतगर्नुका साथै कवयित्रीताच्याना चेको व्यक्तित्व र कृतित्वको संक्षिप्त परिचय दिएपछि स्वरचित एउटा कवितापनि पाठ गरेका थिए ।
रूस–नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभले नेपालमा रूसी महाकवि अलेक्सान्द्र पुश्किनको प्रतिमाको उद्घाटन समारोहमा मैत्री प्रमण्डलको उपस्थितिबारे प्रकाशपार्नुका साथै नेपालीहरूले भोग्नुपरेको महाभूकम्पका परिणामहरूको निराकरणका लागि रूसको सरकार तथाजनताको तर्फबाट पु-याइएको रहतकार्य तथा सहयोगको चर्चा गरेका थिए । रूस–नेपाल सहयोग तथा मैत्री समाजको संरक्षण परिषद्का अध्यक्ष, दुईपल्ट सोभियत संघ वीरको उपाधिद्वारा विभूषितअन्तरिक्षयात्रीभ्लादिमिर जानिबेकोभले दुई देशकाजनताहरूबीच मैत्री सम्बन्ध प्रगाढ तुल्याउन मद्दत पु-याउने यस किसिमको साहित्यिक भेलाकाआयोजकहरूप्रतिधन्यवाद ज्ञापन गर्नुभयो ।
रूसी कवयित्री ताच्याना चेले कार्यक्रम सञ्चालन गर्दै नेपाल यात्राको अनूभूतिबारे बताउँदा पर्दामा पनि विषयवस्तु अनुरूप नेपाली संगीतको धूनसहित नेपालका दृश्यहरू परिवर्तित भइरहेका थिए । नेपाल र रूस (सोभियत संघ) का बीच दौत्य सम्बन्ध स्थापनाको हीरकजयन्तीप्रति समर्पित गरी प्रकाशमाल्याइएको द्विभाषिककवितासंग्रह ‘कविताको रङ’ मा समावेशगरिएकाकविताहरूमध्ये नेपालको जनजीवन, चिन्तन र प्रकृतिबारे कविताहरूको समुचित चयन गरी रूसी कवयित्रीताच्याना चेद्वारा आफ्नो प्रस्तुतिको बी–बीचमाकवितापाठ गरिंदा नेपालको जीवन्तकाव्यिकचित्रउत्रेको भानभइरहेको थियो । स्मरण रहोस्, रूसी भाषामागुञ्जेका तीकविताहरू रूसबाट विद्धुत शक्तिको क्षेत्रमाविशेषज्ञ बनेर नेपालमा एक दक्ष र प्रतिक्ष्ठित इन्जिनियरको हैसियतले कामगर्नुका साथै फुर्सदको समय साहित्य सिर्जनामा लगाउने विष्णुबहादुर सिंहको कृतित्व हो र यसै पंक्तिकार (कृष्णप्रकाश श्रेष्ठ) र रूसी कवयित्री ताच्याना चेबाट संयुक्त रूपमा नेपालीबाट रूसी भाषामा अनूदित भई ‘कविताको रङ’ शीर्षकमा रूस नेपालविद्या केन्द्रको संयोजकत्वमा प्रकाशमा ल्याइएको थियो । रूसी कवयित्री तामारा पोत्योमकिनाले पनि भावी कविता संग्रहका लागिमाथि भनिएझै संयुक्त रूपमाअनुवादगरिएका केहीकविताहरू प्रस्तुत गरेकीथिइन् । तीकविताहरूमध्ये उनले नेवारी भाषाकामहाकविचित्तधर हृदयको ‘पत्र’शीर्षकको कविता पनि पाठ गरेकी थिइन् ।यहाँनेर के पनिउल्लेख गर्न चाहन्छु भने नेपाल जाँदा म जहिले पनि उनीसंग भेट गर्न उनैको घरमा पुग्दथें, तर पछिल्लोपटक कालीमाटीस्थित उनको सालिकको मात्र दर्शन गरेर मास्को फर्केको थिएँ । यसरी रूसी कवयित्रीद्वयताच्याना चे र तामारा पोत्योमकिनाबाट रूसी भाषामाअनूदित नेपालीकविताहरूको प्रभावोत्पादक ढंगबाट पाठ गरिंदा ‘रहस्यमय नेपाल’ का केही रहस्यहरूको उद्घाटन भएभैंm प्रतीतहुन्थ्यो ।
साहित्यिक सन्ध्याका प्रमुख अतिथि, रूसका लागि नेपाली राजदूतश्री ऋषिराम घिमिरेले आफ्नो मन्तव्यमा आफू साहित्यकार नभएपनि साहित्यप्रति रुचि रहेको अभिव्यक्तिदिंदै केहीदिन अघि मात्रमास्को आइपुगेको स्मरण गराउनुका साथै आफू अमेरिकामा रहँदा नेपालीहरूलेमात्र नेपाली साहित्यको प्रवर्धनमा केहीकार्यक्रमगर्नेगरेको अनुभवबताउनुहुँदै रूसमा रसियालीहरूले समेत नेपाली साहित्यको सम्बर्धनमा यस्तो भूमिका खेलिरहेको देखेर अत्यन्तै हर्ष लागेको छ भनीजनाउनुभयो । महामहिमज्यूले रूससंग नेपालको सम्बन्धनिकै सुमधुर रहिआएको तथ्यको चर्चा गर्दै रूस र नेपालबीच सांस्कृतिक सम्बन्धबारे सन्धिपत्रको पुनर्नवीकरण गरिने कुरा बताउँदै रूसले नेपालको आर्थिक आधारको निर्माण र विशेषज्ञहरूको तैयारीमा पु-याएको सहयोगको उल्लेख गर्नुका साथै अहिलेको नयाँअवस्थामानेपालमाविभिन्नउद्यमको स्थापना र पर्यटन विकासमा समेत रूस–नेपाल सहयोग तथा मैत्री समाजको ठूलो भूमिका रहनेतर्पm औंल्याउँदै अन्तरिक्षयात्रीद्वारा नेतृत्वगरिएको यस मैत्री समाजले नेपाल–रूस सम्बन्धलाई अन्तरिक्षको उच्चतासम्मनभएपनि सगरमाथाको उच्चतासम्म पु-याउने छ भन्ने आशाव्यक्तगर्नुभयो । महामहिमज्यूले साहित्यिक सन्ध्याकाआयोजकहरूप्रतिधन्यवाद ज्ञापन गर्दै रूस लेखक संघका साथै रूस–नेपाल सहयोग तथा मैत्री संघका रचनात्मकक्रियाकलापहरूमा नेपाली राजदूतावासको तर्पmबाट यथासम्भव सहयोग गरिने विश्वास दिलाउनुभयो ।
तत्पश्चात् ‘कविताको रङ’ शीर्षकमा नेपालीकवि विष्णुबहादुर सिंहको नवप्रकाशितद्विभाषिक (नेपाली र रूसी)कवितासंग्रहकाअनुवादकद्वय (ताच्याना चे तथा कृष्णप्रकाश श्रेष्ठ) का साथैमहामहिम नेपाली राजदूतऋषिराम घिमिरे, रूस–नेपाल सहयोग तथा मैत्री समाजकाअध्यक्षमिखाइल नेक्रासोभ, अन्तरिक्षयात्रीभ्लादिमिर जानिबेकोभ, गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदकाअध्यक्षदीनानाथ राजभण्डारी, विश्व नेपाली साहित्यमहासंघ रूसका अध्यक्षगोविन्दप्रसाद गौतम, रूसमा नेपाली समुदायकाउक्तदुवै संस्थाकामहासचिव डा. मनमूर्ति भुत्र्याल, रूस–नेपाल सहयोग तथा मैत्री समाजकाउपाध्यक्ष डा. मणिराजपोखरेल प्रभृतिबाट द्विभाषिककवितासंग्रह ‘कविताको रङ’ को लोकार्पण गरियो । गैरआवासीय नेपाली संघ रूसका अध्यक्षदीनानाथ राजभण्डारीले ज्यादै प्रभावोत्पादक साहित्यिक सन्ध्या सञ्चालन र रूसी भाषामाअनूदित नेपालीकविताको लागि रूसी कवयित्रीताच्याना चेप्रतिरूसमा रहेका सम्पूर्ण नेपाली समुदायको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दै ‘सम्मानपत्र’को पाठ पढेर सुनाई रूसी कवयित्रीलाई प्रदान गरेपछि राजदूतज्यूले खादाओढाएर सम्मानगर्नुभयो ।
रूस–नेपाल मैत्री समाजकाअध्यक्षमिखाइल नेक्रासोभबाटहिउँदको जाडोमा बरफिलो पानीपोखरीमागोतालगाउने हुनाले मास्को र रूसका प्रमुखजलसिंह (रूसी भाषामा ‘मोर्ज’) भन्ने उपाधिधारी ८० वर्षीय सेर्गेइ माक्सिमोभलगायतविभिन्नकार्यकर्ताहरूलाई प्रशंसापत्रप्रदानगरिएपछि अन्तरिक्षयात्रीभ्लादिमिर जानिदेकोभले साहित्यिक सन्ध्याको समापनगर्नुभयो ।
रूसको राजधानीमा १३ जनवरीकादिनमनाइने ‘पुरानो’नयाँवर्ष सन् २०१७ को पूर्वसन्ध्यामासम्पन्न साहित्यिक–सांस्कृतिक सन्ध्याका सहभागीहरूकालागि साहित्यकार भवनको क्याफेमाजलपान समारोहको पनिआयोजनागरिएको थियो । साहित्यिक सन्ध्याको कार्यक्रमपश्चात् म फरफर हिउँ परेर जताततै सेताम्य देखिनुका साथै नयाँवर्षको उत्सवकालागि रङ्गीनबत्तीहरूद्वारा झिलिमिलीपारिएको मास्कोको दृश्य हेर्दैउद्यान–चक्रपथमाचक्कर लगाउने ट्रलीबस चढेर आफ्नो निवासस्थानतिर लागें…


फोटो सौजन्थ : विश्व नेपाली साहित्यमहासंघ रूस शाखा

प्रियलाई चिठी (लघुनिबन्ध) – नरेन्द्रराज प्रसाई

मेरी प्रिय;
मान्छेको शक्ति कति तेजिलो हुन्छ नि !
शक्ति = काम ‌+ खुबी !
अथवा भनौं श्रमजीवी, पौरखी र उपकारी मान्छे उपर ईर्स्यालु, कपटी, लोभी, पापी, अल्छी, उल्का र अयोग्य मान्छे कति जल्छन्, कति गल्छन् र कति तलसम्म पनि खस्छन् ! अन्त्यमा उनीहरू मरिचैसम्म पनि भई दिन्छन्। संसारमा यसको ओखती भए म यही पेसामा आबद्ध हुन्थें र ती डाहाका भण्डारीलाई निश्शुल्क ओखती पनि गरिदिन्थें। तर यो मेरो सोच यसबारे सम्भव नहुने नै रैछ। अनि यो एउटा विब्ल्याटो प्रकृति नभए तिमी पनि शायद यसरी उभिन सक्तिनथ्यौ होला !

तिम्रो अस्तित्व कति रहेछ त ? यदि तिमी लाछी भए तिमीलाई कसले गन्ने थियो ? जब तिम्रा विरोधमा भुसको धुवाँ देखियो या लिखितम र बखितमको भाइरल हुन थाल्यो त्यो नै तिम्रो अस्तित्व निर्माण भएको सग्लो प्रमाण हो। अथवा भनौं तिम्रा पछाडि शत्रुको थुप्रो लाग्न थाल्यो भने बुझ्नु “तिम्रो योगदान समाज, राष्ट्र र त्योभन्दा पनि परसम्म पुगिसकेको रहेछ।” शत्रुहरु मार्फतै म जानकारी सङ्ग्रह गरिरहेछु “तिमीभित्र केही छ, धेरै छ र अझै धेरै छ; मेरी पुरोधिका !”

तिमी के हौ, तिमी को हौ र तिमी किन हौ भन्ने कुरा तिमी र मलाई के थाहा ! यो बेहोराको तथ्याङ्क शत्रुसँग मात्र हुँदोरहेछ। अनि ती रित्ता गाग्रीहरू तिमी उपरको नारामा छछल्किरहने गर्छन् र त्यसको हल्ला तिम्रा कानसम्म पनि आइपुग्छ। जसको काम गर्ने खूबी हुँदैन प्रकृतिले उसका लागि अरूको निन्दा गर्ने कर्मको निर्माण गरिदिएको हुन्छ। उनीहरूको मुख्य उद्धेश्य नै बलियालाई सराप्ने, गाली गर्ने र धारेहात लगाउने मात्र हुन्छ। त्यसैले निर्धाको विरोध भएको तिमीले कतै सुनेकीछ्यौ र ?

जो शक्तिशाली छ उसैको आलोचना हुन्छ। फलले लत्रेको रूखमा न ढुङ्गा प्रहार हुन्छ ! चिलाउनेको बोटलाई कसले पो झम्टिन्छ र !

मेरी पुरोधिका !
तिमी कति गतिलीछ्यौ भन्नेको प्रमाण तिम्रा शत्रुको जनसङ्ख्यामा भर पर्छ। त्यसैले मलाई तिमीसँग गौरवी अनुभूत भैरहन्छ । किनभने तिमीमा सशक्त खुबी छ ।

तिमी अघिअघि हिँड, तिम्रा पछिपछि म आइरहेको हुनेछु; मेरी प्रिय !

तिमीलाई माया गर्ने तिम्रो
(नरेन्द्रराज प्रसाई)

120x600 ad code [Inner pages]
Loading...