Home » Sports You are browsing entries filed in “Sports”

भारतसँग उपाधि भिडन्त पक्का

काठमाडौ, ९ भदौ । नेपाल १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ललितपुरको सातदोबाटोस्थत एन्फा कम्प्लेक्समा भएको सेमिफाइनलमा बंगलादेशलाई ४–२ गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो । खेलमा नेपालका लागि आकाश बुढामगरले दुई, बिज्रेस चौधरी एक र नजमुल विश्वासले एक आत्मघाती गोल गरे । वंगलादेशले ७२ र ७३ मिनेटमा […]

Posted in Main News,Sports | Read More »

यू – १५ साफ च्याम्पियनसिप फुटबलमा बंगलादेश विजयी

काठमाडौ । काठमाडौमा शुक्रबारबाट सुरु यू – १५ साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले विजय सुरुआत गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई ४ – ० ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशलाई जित दिलाउन अहमेद फाहिमले ह्याट्रिक गरे । बंगलादेशको लागि एक गोल नाज्मुल बिश्वासले गरेका थिए । जितसँगै बंगलादेशले […]

Posted in Main News,Sports | Read More »

महिला भलिवल प्रतियोगिताको तयारी पूरा

काठमाडौं । तिज पर्वको अवसरमा पोखराको लामाचौरमा आयोजना हुने छैटौं राष्ट्रिय महिला भलिवल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । भदौ ४ गतेदेखि सुरु हुने तिज महोत्सवकै मुख्य आकर्षकका रुपमा सञ्चालन हुने महिला भलिबलको सम्पूर्ण तयारी पूरा भएको जित महोत्सव समन्वय विशेष समितिका संयोजक एवं नव आर्दश सामुदायिक विकास समाज लामाचौरका पूर्व अध्यक्ष धर्ममानसिंह भण्डारीले […]

Posted in Sports | Read More »

स्वर्ण पदक विजेता बस्नेत सम्मानित

भक्तपुर, १ भदौ । आइटिएफ कोरियन ओपन इन्टरनेशनल फÞेस्टीवल तथा चौंथो एसियन च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक दिलाउन सफल भएकी सस्मन बस्नेतलाई आज यहाँ पुरस्कारसहित सम्मान गरिएको छ । कोरियाको इन्चोकमा गत साउन १७ देखि २१ सम्म भएको प्रतियोगितामा स्वर्ण पदक विजेता बस्नेतलाई रू दस हजार नगद पुरस्कारसहित पूर्ण छात्रवृत्ति प्रदान गरेर सम्मान गरिएको हो । […]

Posted in Sports | Read More »

एसिया कपका लागि खेलाडी छनोट

काठमाडौँ, २९ साउन । मलेसियामा हुने एसिसी १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र यु–१९ का प्रशिक्षक विनोद दासले आज २८ सदस्यीय नेपाली प्रारम्भिक टोलीको छनोट गर्नुभएको हो । छनोट हुने खेलाडीमा अनिलकुमार साह, किशोर महतो, सन्दिप लामिछाने, ललित राजवंशी, […]

Posted in Sports | Read More »

सगरमाथा युवा क्लव सेमिफाइनलमा

ताप्लेजुङ, २७ साउन । सगरमाथा युवा क्लब विराटचौक मोरङ ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ३–१ को गोल अन्तरले पराजित गर्दै मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो । मोरङको जितमा तीर्थ बस्नेतले ह्याट्रिक गर्दै आफ्नो टिमलाई सेमिफाइनलमा पु¥याएका हुन् । बस्नेतले तीन, सात र २८ औँ […]

Posted in Sports | Read More »

म्याग्देली चार खेलाडीलाई बंगलादेशमा स्वर्णपदक

म्याग्दी, २७ साउन । म्याग्दीका चार कराँते खेलाडी बंगलादेशमा च्याम्पियन बन्दै कराँतेमा स्वर्ण पदक जितेका छन् । सार्क राष्ट्र बंगलादेशमा आयोजित तथा हिजो सम्पन्न कराँते प्रतियोगितामा भाग लिन नेपालको तर्फबाट बंगलादेश पुगेका चन्द्र बुढा, गौरव घर्ती मगर, प्रज्वल शेरचन र मार्सल गर्बुजाले नियमित प्रशिक्षण, घरेलु मैदान, अनुभवी खेलाडीलाई पछाडि पार्दै स्वर्णपदक जितेका हुन् । “निकै […]

Posted in Sports | Read More »

पाथीभरा गोल्डकप : ताप्लेजुङ विजयी

ताप्लेजुङ, २२ साउन । आजदेखि यहाँ शुरु भएको दोस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा ताप्लेजुङ विजयी भएको छ । सदरमुकामस्थित भानुजन माविको खेल मैदानमा भएको खेलमा रेडहर्स क्लब इलामलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रयास युवा क्लब ताप्लेजुङ विजयी भएको हो । ताप्लेजुङका लागि खेलको ४७आँै मिनेटमा कृष राई, ५९औँ मिनेटमा मुकेश लिम्बू र ८३औँ […]

Posted in Sports | Read More »

खेलकूद पत्रकार मञ्चलाई रु एक लाख ३५ हजार

पोखरा, २२ साउन । बेलायतमा बस्ने नेपालीले खेलकूद पत्रकार मञ्च कास्कीलाई रु एक लाख ३५ हजार ५०० सहयोग गरेका छन् । बेलायतमा रहेर विभिन्न पेशा र व्यवसाय गर्दै आउनुभएका मञ्जु गुरुङ, सूर्य गुरुङ र हितकाजी गुरुङले जनही रु २५ – २५ हजार र बाँकी विभिन्न व्यक्तिले सहयोग गर्नुभएको हो । भूतपूर्व खेलाडी मञ्चका पूर्वअध्यक्ष तेज […]

Posted in Sports | Read More »

खेलाडीलाई प्रतिस्पर्धी बनाउन सरकार लागिपर्ने

काठमाडौँ, १७ साउन । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राट्रिय जगत्मा नेपाललाई चिनाउने सजिलो माध्यम खेल क्षेत्र भएकाले यसको विकास तथा विस्तारका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ । उहाँले आज त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का साथै सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा रहेको भौतिक पूर्वाधारको निरीक्षण गर्दै खेलाडीलाई प्रतिस्पर्धी बनाउनका लागि के […]

Posted in Sports | Read More »

Loading...