Home » World You are browsing entries filed in “World”

टर्कीमा आठ हजार ५७० सैनिक बर्खास्त

अङ्कारा, ७ मंसिर  । टर्कीमा सन् २०१६ मा भएको असफल सैन्य ‘कू’ पछि हालसम्म आठ हजार ५७० सैनिकलाई सेवाबाट बर्खास्त गरिएको छ । टर्कीको रक्षा मन्त्रालयले बुधबार सो जानकारी दिएको छ राजधानी अंकाराबाट प्राप्त समाचारमा जनाइएको छ । यसरी सरकारी सेवाबाट बर्खास्त गरिएका सैनिकहरु टर्कीको राष्ट्रिय सेनाको विभिन्न भूमिकामा रहेर कार्यरत काम गरिरहेका थिए । […]

Posted in World | Read More »

भारतमा फेरि पत्रकार मारिए

नयाँ दिल्ली, ६ मङसिर  । भारतको दक्षिणूर्वी राज्य त्रिपुरामा एकजना भारतीय पत्रकारको हत्या गरिएको समाचार छ । प्राप्त समाचारअनुसार सो राज्यमा मङ्गलबार एउटा रष्ट्रिय दैनिक पत्रिकामा कामगर्ने पत्रकारको गोलीहानी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । उनी प्रहरीको गोली लागेर मारिएका बताइएको छ । त्रिपुरा राज्याको प्रहरी प्रमुख कार्यालय, त्रिपुरा स्टेट राइफलमा गएको बेला सोही […]

Posted in World | Read More »

मुगाबेको राजिनामासँगै जिम्बावेमा राजनीतिक निकासको आशा

हरारे, ६ मङसिर  । जिम्बावेमा राष्ट्रपति रोबर्ट मुगाबेले मङ्गलबार साँझ राजिनामाको घोषणा गर्नुभएको समाचार छ । उहाँको यस राजीनामापछि जिम्बावेमा गएको डेढ हप्तादेखि जारी राजनीतिक गतिरोधको अन्त्य भई निकास निस्किने अनुमान गरिएको छ । उहाँले राजिनामाको घोषणा गरेलगत्तै यहाँ खुसियाली समेत मनाइएको समाचारमा जनाइएको छ । मङ्गलबार साँझदेखि सडकमा जम्मा भएका मानिसहरुले खुसियाली स्वरुप नाचगान […]

Posted in World | Read More »

अमेरिका र कोरियाका उच्च आणविक अधिकारी भेटवार्ता

सोल, १ मङसिर । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका उच्च आणविक अधिकारीबीच शुक्रबार भेटवार्ता भएको समाचार छ । दक्षिण कोरियाको राजधानी सोलमा भएको सो भेटमा उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक हतियारको प्रदर्शन र यसका कारण कोरियाली प्रायद्वीपमा उत्पन्न समस्याका विषयमा कुराकानी भएको थियो । दक्षिण कोरियाको विदेशमन्त्रालयले जनाएअनुसार कोरियाली प्रायद्वीपका विषयमा दक्षिण कोरियाका […]

Posted in World | Read More »

संविधान संशोधन हुनेमा ढुक्क छु– जापानी प्रधानमन्त्री आबे

टोकियो, १ मङ्सिर ।  जापानका प्रधानमन्त्री सिन्जो आबेले आफू जापानको संविधान संशोधन गर्न सक्ने कुरामा ढुक्क भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले गत महिना जापानमा भएको आम निर्वाचनमा करिब दुई तिहाई बहुमत हासिल गरेपछिको पहिलो नीतिगत विषयको सम्बोधनका क्रममा शुक्रबार सो प्रतिक्रिया दिनुभएको समाचारमा जनाइएको छ । उहाँले भन्नुभयो– निर्वाचनपछि आफूलाई संविधान संशोधनको जनमत नागरिकले […]

Posted in World | Read More »

राजिनामा दिन्न– राष्ट्रपति मुगाबे, सत्ता नियन्त्रण फिर्तागर्न जिम्बावेको सेनालाई अफ्रिकी देशहरुको आग्रह

हरारे, १ मङ्सिर  । जिम्बावेको राष्ट्रिय सेनाको नजरबन्दमा रहनुभएका यहाँका राष्ट्रपति रोबर्ट मुगाबेले आफूले पद नत्याग्ने घोषणा गर्नुभएको छ । लामो समय सत्तामा रहेका राष्ट्रपति रोबर्ट मुगाबे गएको बुधबार बिहानदेखि यहाँको सेनाको नियन्त्रणमा रहनुभएको छ । उहाँले बिहीबार तत्कालै पदबाट राजीनामा दिन अस्वीकार गरेको जानकारी आएको छ । यहाँको सेनाले देशको समग्र शासन सत्ता लगभग […]

Posted in World | Read More »

राष्ट्रपति ट्रम्पद्वारा आफ्नो एसिया भ्रमणको बचाउ, उहाँले भन्नुभयो– अब उत्तर कोरियाको आणविक दादागिरी चल्दैन

वासिङ्टन, ३० कात्तिक  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एसिया भ्रमणको बचाउगर्दै आफ्नो उक्त भ्रमणले उत्तर कोरियामाथि दबाब उत्पन्न गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो– मेरो एसिया भ्रमणबाट उत्तर कोरियामाथि ठूलो दबाब श्रृजना भएको छ, अब उसले विश्वमा आणविक दादागिरी देखाउन सक्दैन । उहाँ करिब दुई हप्ताको एसिया भ्रमणपछि मङ्गलबार मात्र अमेरिका फर्किनुभएको छ । […]

Posted in World | Read More »

जिम्बावेमा सेनाले सत्ता हत्यायो, राष्ट्रपति घरमा नजरबन्दमा

हरारे, ३० कात्तिक  । जिम्बावेको सेनाले सत्ता हातमा लिएको छ । बुधबार बिहानी पख सरकारी प्रशारण संस्थालाई नियन्त्रण गरेको सेनाले रातिसम्ममा सत्ता हत्याएको हो । सेनाले सत्ता हातमा लिएपछि राष्ट्रपति रोबर्ट मुगाबेलाई घरैमा नजरबन्द गरिएको छ । तर उहाँले आफू सकुशल रहेको जानकारी दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकब जुमालाई दिनुभएको छ । जिम्बाब्वेको सेनाले देशको शासन […]

Posted in World | Read More »

दक्षिण कोरियामा बहुसांस्कृतिक बिवाहमा कमी

सोल, ३० कात्तिक  । दक्षिण कोरियाली नागरिक र विदेशीबीच हुने गरेको बैवाहिक सम्बन्ध (बहुसांस्कृतिक विवाह) मा कमी आएको दक्षिण कोरियाले जनाएको छ । यसरी हुने गरेको विवाहमा सन् २०१६ को तुलनामा सन् २०१७ मा ३.४ प्रतिशतले कमि आएको छ । दक्षिण कोरियाली सरकारले बिहीबार प्रकाशन गरेको एक प्रतिवेदनमा सो जानकारी दिइएको छ । सन् २०१७ […]

Posted in World | Read More »

जिम्बावेमा सैनिक शाासनको पूर्वाभ्यास

हरारे, २९ कात्तिक  । जिम्बाबेको सेनाले सैनिक शासनको पूर्वाभ्यास गरेको बताइएको छ । हरारेबाट विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले सो कुरा जनाएका छन् । जिम्बावेको सैनिकले बुधबार बिहानै यहाँका सरकारी सञ्चारमाध्यमहरुका मुख्यालयहरु नियन्त्रणमा लिएको छ । ती सञ्चारमाध्यमको बाहिर सेनाका बख्तरबन्द गाडीहरु देखिएका छन् । यहाँको सत्तारुढ दलले सेना प्रमुखले विद्रोहलाई बढावा दिएको आरोप लगाएको थियो […]

Posted in Main News,World | Read More »

Loading...