सुनसरी ४ मा अर्थमन्त्री कार्की विजयी, सुनसरी क्षेत्र नं १ मा एमालेका राई विजयी 

इनरुवा, २५ मंसिर  । प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नं ४ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी हुनुभएको छ ।

आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उहाँले वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका रमेश श्रेष्ठलाई छ हजार ५९७ मतको अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । अर्थमन्त्रीसमेत रहेका कार्कीले ३२ हजार ३४७ मत पाउनुभएको छ । श्रेष्ठले २५ हजार ७५० मत पाउनुभयो ।

सुनसरी क्षेत्र नं १ मा एमालेका राई विजयी 

त्यसैगरी प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नं १ मा वाम गठबन्धनका उम्मेदवार जयकुमार राई विजयी हुनुभएको छ ।

आइतबार राति १० बजे सार्वजनिक भएको मतपरिणामअनुसार उहाँले लोकतान्त्रिक गठबन्धनका तर्फबाट उमेदवार भएका संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईलाई २२ हजार ४०५ मतले पराजित गर्दै विजयी हुनुभएको हो । एमालेका उम्मेदवार जयकुमारले ४४ हजार ५२८ मत पाउनुभएको छ । अशोक राईले २२ हजार १२३ मत पाउनुभयो । रासस

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...