सल्यानमा वाम गठबन्धनको जित

सल्यान, २५ मंसिर  । सल्यानमा वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनका उम्मदेवारले प्रतिस्पर्धीलाई फराकिलो मत अन्तरले पछि पार्दै विजयी भएका हुन् । प्रतिनिधिसभाका लागि वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका टेकबहादुर बस्नेतले ४० हजार ८९७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७६७ मत प्राप्त गर्नुभएको छ । हाल बिना विभागीयमन्त्री समेत रहनुभएका बस्नेतले ह्याट्रिक गर्नुभएको छ ।

यस्तै प्रदेश (क) बाट नेकपा (एमाले)का उम्मेदवार गुलावजंग शाह १९ हजार ६५८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका एकराज डिसीले १० हजार ६१२ मत प्राप्त गर्नुभएको छ ।

प्रदेश (ख) बाट एमालेकै पोलिटब्यूरो सदस्य प्रकाश ज्वाला विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डिल्लीराज रेग्मी हुनुहुन्थ्यो । रासस

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...