बेलायतमा किराँत राईहरुले शाकेला उधौली पूजा सम्पन्न गरे

युकेमा रहेका राईहरुले शाकेला उधौलिको अवसरमा सामुहिक रुपमा आफ्नै किराँत भुमी गेम्बल लेनमा अवस्थित शाकेला थानमा साकेला पूजा सम्पन्न गरे ।

किरात राई यायोक्खा युके केन्द्रिय कार्यसमितिको आयोजनामा आयोजिता शाकेला पूजा उपाध्यक्ष चन्द्र राईकोअगुवाईमा नक्छुङ किताबसेर राईले शाकेला पूजा गर्नु भएको थियो ।

औपचारिक कार्यक्रमको सुरुवात गर्दै उपाध्यक्ष दिवाकर राईले ब्याग्तिगत ब्यस्तताका कारण अध्यक्ष अनुपस्थित हुनु भएको जानकारी दिनु हुँदै कार्यक्रमको अध्यक्षताका लागी बरिष्ठ उपाध्यक्ष चन्द्र राईलाई कार्यक्रमको अध्यक्षता गरिदिन अनुरोध गर्नु भएको थियो ।

मन्तब्यका क्रममा मुन्धुम अध्धेयता कमलजंग राईले शाकेला पूजाका बारेका प्रकाश पार्नु हुँदै शाकेलाको उत्पती अदभुत तरिकाले माङ सपनामा आफु कहाँ रहेको भन्ने दिए पछी सपना देख्ने नक्छुङ सहित सर्बसाधारण किराँतहरुको समूह त्यो सपनामा देखिएको स्थानमा जाने र बिधी पुर्याएर मुन्धुमले गलाएर शाकेला लुङ शाकेला ढुङालाई पूजा गरेर बिधी पूर्बक स्थापना गरिने कुरा जानकारी दिनु भयो ।

शाकेला लुङ पानी मुनी, माटो मुनी वा जमिनमा नै पनि रहन सक्ने भए पनि माङ सपनामा आफु रहेको जानकारी दिने कुरा पनि मुन्धुम अध्धेयता कमल जंग राईले जानकारी दिनु भयो ।

सपनामा देखिएको शाकेला लुङलाई सजिलो ठाँउ भए जहाँ भेटिएको छ त्यहिं पूजा गर्न सकिने भए पनि भिर अप्ठ्यारो वा खोला नाला जस्तो ठाँउमा रहेको भए मुन्धुमका माध्यमले फकाएर सजिलो ठाउँमा शाकेला लुङलाई लगेर पदास्थापना गरेर पूजा गर्ने चलन रहेको छ ।

शाकेला उभौलिका बेला किराँतीहरुले तीनचुलाको अनुमती लिएर स्वास्थ जरा भएको बेर्ना बिउ तीन चुलाको अनुमतिमा शाकेला लुङ सँग माग्ने गर्दछन्, स्वास्थ जरा भएको बिउ मज्जाले मलजल गरेर खनजोत गरेको बारिमा रोप्दा सप्रीने र सप्रीएको बेर्नाले फल र उब्जाउ पनि राम्रो हुने भएकाले प्रकृती पूजक किराँतहरुले धेरै अन्न बाली माग्नुको सट्टा स्वास्थ जरा भएको बेर्ना माग्ने गरेका हुन । यस्को अर्थ किराँतहरु आँफै परीश्रमी हुन भन्ने पनि हो र त्यो ब्याबहारिक पनि रहेको तर्क थियो मुन्धुम अध्धेयता कमल जंग राईको ।

साकेला उधौली बालिनाली पाकेर उठाउने बेलामा मंसिर पूर्णिमाका दिन राम्रो उब्जाउ भएको खुशियाली र जंगली जनावर किरा फट्याङ्राहरुदेखी जोगाई दिएर आफुहरुलाई उठाउन दिएकोमा धन्य भएको साथै उब्जाउ भएको अन्नबालिको सह रहिरहोस, अर्को सालको लागी बिउको पनि सह रहोस र उब्जनिको लागी जोगियोस भन्ने आशिर्बाद प्राप्तिका लागी शाकेला लुङको पूजा गर्ने गरिएको हो ।

शाकेला उभौली र उधौली दुबैमा साकेला शिली ढोल झ्याम्टा सहित मज्जाले नाच्न सकिने भए पनि चिसो मौसम र अन्न बाली उठाउने चटारोका कारण हो वा किन हो शाकेला उधौलिमा नाचेको उति नदेखिनु अस्वाभाबिक भएको भन्दै कमला जंग राईले भबिश्यमा त्यो पनि चलन शुरु हुने आशा ब्यक्त गर्नु भयो ।

उपाध्यक्ष चन्द्र राईले नक्छुङ किताबसेर राईको शिर उभ्याउँदै साकेला पूजाका माध्यमबाट पित्रीहरुलाई सम्मान गर्दै सबै युके बाशी लगायत सम्पूर्ण किराँतहरुको सुब्बेफाब्बेको लागी आशिर्बाद मागिदिन र सबै किराँत राईहरुको एकता मेलमिलाप र भाईचारा प्रगाढ बनोस भनेर बल मागिदिन र गेम्बल लेनको सुब्बेफाब्बे होस भनेर बल मागिदिन आग्रह गर्दै सिर उभाउनीसँग फेटा बाँधिदिनु भएको थियो ।

उपाध्यक्ष दिवाकर राईले यो बर्ष देखी औपचारिक रुपमा शाकेला पूजा साकेला तिथीकै दिन पूजा गर्ने चलन बसाउने अभिप्रायका साथ सुरुवात भएको जानकारी दिनु हुँदै पुर्खाहरु र शाकेला लुङको पूजा आजा नभएकैले किराँतहरुमा मेलमिलाप जस्ता  कुराहरुमा असर परिरहेको भन्ने माङ सपना नक्छुङहरुले देखेको कारण औपचारिक रुपमा सबैको भलाईको लागी नियमित रुपमा शाकेला पुज्ने कुरा केन्द्रिय समितीद्वारा पारित गरेरै पूजा गर्ने चलन थालिने जानकारी दिनु भयो ।

कार्यक्रममा कार्यसमितिका अधिकांश पदाधिकारिहरु सल्लाहाकारहरु र अन्य किराँत राईहरुको उपस्थिती रहेको थियो ।

पूजा सकिए पछी शाकेला शिली सहित कार्यक्रम समापन भएको थियो ।

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...