जिल्लाका सबै क्षेत्र र प्रदेशमा बाम गठवन्धनका उमेदवार विजयी

सिन्धुली। सिन्धुलीका प्रतिनिधी सभाका दुईवटै क्षेत्रमा बाम गठवन्धनका उमेदवारहरु ठुलो मतान्तर सहित विजयी भएका छन ।
क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्यमा वाम गठवन्धनका साझा उमेद्वार नेकपा एमालेका गणेशकुमार पहाडी १० हजार १ सय ४० मतान्तर सहित विजयी हुनुभएको छ । पहाडीले ३२ हजार ५ सय २९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका प्रेमचन्द्र दहालले २२ हजार ३ सय ८९ मत प्राप्त गरे ।
यस्तै क्षेत्र नम्बर १ नेपाल कम्युनिष्ट पार्टी मालेका छत्र बहादुर थापाले ८ सय ८८ मत प्राप्त गरेका छन । नयाँ शक्ति पार्टी नेपालका चुल बहादुर पुलामी (सरोज) ले ६४८ मत ल्याएका छन ।
यसैगरी देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका लोकेन्द्र बहादुर कार्कीले ३४३, संघिय समाजवादी फोरम नेपालका टिका सिंह तामाडले २३६ र नेपाल कम्युनिष्ट पार्टि माक्र्सवादीका योगिन्द्र प्रसाद पराजुलीले १२८ मत मात्रै प्राप्त गरेका छन ।
सिन्धुली क्षेत्र नं. २ मा वाम गठबन्धनका साँझा उम्मेदवार नेकपा माओवादी केन्द्रका हरीबोल गजुरेलले ३० हजार १७९ मत प्राप्त गरी निर्वाचित भएका छन । उनका निकटतम प्रतिष्र्धी नेपाली काँग्रेसका नरेन्द्रजंग थापाले १८ हजार १२७ मत प्राप्त गरे । उनीहरु विच १२ हजार ५२ मतान्तर रहेको छ ।
यस्तै क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी मालेका सिद्धिकुमार श्रेष्ठले ४५५, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका सरगम गिरीले ३८२, संघियसमाजवादी फोरम नेपालका मिनबहादुर आलेले ३७१ मत प्राप्त गरेका छन ।
राष्ट्रिय जनमुक्ति पार्टीका कर्णबहादुर कार्मीले १६०, राष्ट्रिय जनमोर्चाका मानबहादुर लोले १२१, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले १०४ र नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीका पर्शुराम प्याकुरेलले ८६ मत मात्रै प्राप्त गरेका छन ।

चारै प्रदेशमा बाम गठवन्धनका उमेदवार विजयी
सिन्धुली । जिल्लाका चारवटै प्रदेशसभामा बाम गठवन्धनका साझाँ उमेदवारहरु विजयी भएका छन ।
सिन्धुली क्षेत्र नम्वर १ ‘क’ बाट गठवन्धनका साझाँ उमेदवार लेखनाथ दाहाल(राजन) विजयी भएका छन । उनका निकतम प्रतिष्पर्धी नेपाली काग्रेसका गंगाप्रसाद गिरीले ११००९ मत प्राप्त गरेका छन ।
यस क्षेत्रमा अन्य दलहरुको उपस्थिति भने न्यून देखिएको छ । यो प्रदेशमा मालेका उमेदवार राजेश भट्टराईले ६८६ मत प्राप्त गरे । यसैगरी नयाँशक्तिका विष्णुबहादुर सुनुवारले ४२० मत प्राप्त गरेका छन भने राप्रपाका शालिग्राम माझिले ९३ मत प्राप्त गरेका छन । मतदानको अन्तिम समयमा आएर बाम गठवन्धनलाई सहयोग गर्ने घोषणा गरेको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका उमेदवार शान्तिमान कार्कीले ६९ मत प्राप्त गरेका छन र संघिय समाजबादी फोरमका उमेदवार नैनबहादुर बुढाथोकीले ६३ मत प्राप्त गरेका छन । यो प्रदेशमा जम्मा ३०५३७ मत खसेको थियो ।
सिन्धुली क्षेत्र नम्वर १ ‘ख’ मा पनि बाम गठवन्धनका साझाँ उमेदवार एमालेका प्रदिप कटुवाल विजयी भएका छन । उनले १६६१२ मत प्राप्त गरेका छन भने उनका निकतम प्रतिष्पर्धी नेपाली काग्रेसका श्याम कुमार घिमिरेले ११९५५ मत प्राप्त गरेका छन ।
यस प्रदेशमा देशभक्त जनगणतान्त्रिक मोर्चाका उमेदवार चन्द्र मगरले २९९ मत प्राप्त गरे । नयाँशक्ति पार्टीका थानेश्वर भट्टराईले १९६ मत पाएका छन भने नेकपा माक्र्सवादीका भजनारायण श्रेष्ठले १७४ मत प्राप्त गरेका छन र संघिय समाजबादी फोरमका सोमनाथ अधिकारीले ८२ मत पाएका छन । यो प्रदेशमा जम्मा ३०२६५ मत खसेको थियो ।
सिन्धुली क्षेत्र नम्वर दुईमा ‘क’ मा पनि बाम गठवन्धनका साझाँ उमेदवार तथा एमालेका विनोद खड्का विजयी भएका छन । खड्काले १७३६६ मत प्राप्त गरेका छन भने उनका निटतम प्रतिष्पर्धी नेपाली काग्रेसका माणिक ढकालले ९८५८ मत प्राप्त गरेका छन । यो प्रदेशमा मालेका आईते सार्कीले ८७५ मत प्राप्त गरेका छन । यसैगरी नयाँशक्तिका सुरदवहादुर स्याङतानले ३८९ मत पाउदाँ देशभक्त जनगणतान्त्रिक मोर्चाका हरीवहादुर वस्नेतले ११४ मत पाएका छन । राप्रपाका चन्द्र कुमार घिसिङले ११२ मत ल्याए भने संघिय समाजबादी फोरमका भरत योञ्जनले ६९ मत प्राप्त गरेका छन । यो प्रदेशमा जम्मा ३०२६५ मत खसेको थियो ।
क्षेत्र नम्वर दूई ‘ख’ मा बाम गठवन्धनका साझाँ उमेदवार तथा माओवादी केन्द्रका नेता बुद्धिमान माझिले १३७४९ मत प्राप्त गरेका छन । उनका निटतम प्रतिष्पर्धी छेत्रवहादुर बम्जनले ८५२३ मत प्राप्त गरेका छन । यो प्रदेशमा मालेकी सुनमाया वाईवाले ४४८ मत ल्याएकी छिन भने राष्ट्रिय जनमुक्ति पार्टीका ठगेन्द्र मुत्तानले १४३ मत प्राप्त गरेका छन । संघिय समाजबादी फोरमका जनककुमार बैजुले जम्मा ४६ मत पाएभने देशभक्त जनगणतान्त्रिक मोर्चाकी पूर्ण कुमारी देवकोटाले ३६ मत पाईन । यता राप्रपाका अर्जुन बहादुर कार्कीले ३२ मत प्राप्त गरेका छन । यो प्रदेशमा जम्मा २४२२५ मत खसेको थियो ।

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...