गगनका लागि भोट माग्दै रेखा थापा, काठमाडौं ४ मा तात्तियो माहोल

काठमाडौं। नेपाली कांग्रेसकायुवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले आइतबार अन्तिम चुनावी सभा गर्दै छन् । काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार थापाले आइतबार दिउँसो २ बजे कपनको ह्याण्डबल मैदानमा चुनावी सभा गर्न लागेका हुन् ।

क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका सदस्य भइसकेका थापाको सभामा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणालेसमेत विशेष सम्वोधन गर्नेछन् । लोकतान्त्रिक गठबन्धन भएपछि एकआपसमा निकै सौहार्द बढेको छ ।

सभामा पशुपति पड्किँदा कलाकारहरुले काठमाडौंको चिसो मौसमलाई तताउने छन् । व्यस्त समय निकालेर धेरै भन्दा धेरै कलाकारलाई उपस्थित गराइने थापा निकट स्रोतले बताएको छ ।

नायिका रेखा थापाले समेत माहोल तताउने भएकी छिन् । उनले गगनका लागि भोट समेत माग्नेछिन् ।नेपाल पानाबाट साभार गरिएको ।

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...