खोटाङ अपडेट : दुवैतर्फ बाम गठबन्धनको अग्रता

खोटाङ, २२ मंसिर। खोटाङमा प्रतिनिधिसभा तथा प्रदेशसभामा वाम गठबन्धनको अग्रता रहेको छ । सुरुवातमै वाम गठबन्धनले अग्रता लिएको जिल्लामा अहिले बिहान साँढे ६ बजेसम्म पनि अग्रता कायमै राखेको छ ।

मूख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान साँढे ६ बजे सार्बजानिक गरेको परिणाम अनुसार अनुसार प्रतिनिधिसभामा वाम गठबन्धन (एमाले) का बिशाल भट्टराईले ६ हजार २ सय ४१ र लोकतन्त्र गठबन्धनको तर्फबाट कांग्रेसकी सरस्वती बजिमयले ४ हजार ३ सय ८१ मत प्राप्त गरेका छन् ।

गत मंसिर १० गते सम्पन्न मतदानबाट प्रदेशसभा (क) मा कांग्रेसका सुवासकुमार पोखरेलले १ हजार ६ सय ९४ लिएकोमा वाम गठबन्धन (एमाले) का राजन राईले २ हजार ९ सय १८ मत पाएका छन् ।

यस्तै, प्रदेशसभा (ख) मा कांग्रेसका बिष्णुकुमार राईले १ हजार ९ सय ५०र वाम गठबन्धन (माओबादी केन्द्र) का रामकुमार राईले ३ हजार ४ सय ९१ मत ल्याउँदै अग्रता कामय गरेका छन् ।

बेलुका करिब साँढे ७ बजेदेखि मत गणना सुरु गरिएको हो । दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ मतदान केन्द्र रहेको जिल्लामा कूल १ लाख २५ हजार १ सय ८३ मतदाता रहेका थिए ।

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...