केही चोटले लिएर आए प्रकाश

आफ्नै शब्द, स.गीत र स्वरमा प्रकाश सिंहले केही चोटले बोलको गीत लिएर श्रोता÷दर्शक समक्ष आएका छन् । फिरोज बज्राचार्यले गीतको एरेञ्ज र मिक्सिङ गरेका छन् ।
केही चोटले हानी गरायो केही चोटले ज्ञानी बनायो बोलको यो पप गीत मर्मस्पर्शी रहेको छ । हङकङ –मकाउ) मा रहेर पनि गायक प्रकाश सिंह गीत संगीतमा तल्लीन रहेका युवा संगीतकर्मी हुन् ।
गीतको म्यूजिक भिडियो बनाइएको छ । म्यूजिक भिडियोमा मोडल कलाकार बर्षा सिवाकोटी र गम्भिर बिष्ट फिचरिङ भएका छन् । ज्ञानेन्द्र शर्मा र महेश जोशीले गीत खिचेका छन् भने कलर र सम्पादनको काम नबीन निरौलाले गरेका हुन् । गम्भिर बिष्टको निर्देशन रहेको म्यूजिक भिडियोलाई सुरेन बस्यालले सह निर्देशन गरेका हुन् । गीत सङ्स नेपालले यू ट्यूबमा रिलिज गरेको हो भने गम्भिर बिष्ट क्रियशनले गीत निर्माण गरेको हो ।

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...