अमेरिकामा नायक तथा साहित्यकार राज बल्लभ कोईरालाको बिबाह सम्पन्न 

अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा नेपाली चलचित्र का नायक तथा साहित्यकार राज बल्लभ कोईरालाको बिबाह सम्पन्न भएको छ ।
 
आज दिसेम्वर ३ तारिख आईतवारका दिन नायक कोईरालाको लामो समय देखि प्रेममा रहेका आफ्नी प्रेमिका प्रतिमा बिमली संग बिबाह भएको छ । बेहुली जीव चिकित्सा अभियन्ता (बायो मेडिकल ईन्जिनियर) हुन ।
 
उक्त बैबाहिक कार्यक्रममा डिसी महानगरका नेपाली समुदायका नायकका नजिकका आफन्त ,नातेदार संग शुभचिन्तक ,साहित्यकार ,समुदाय सदस्य तथा कलाकारहरूको उपस्थिती रहेको थियो । 
 
नायक कोईराला गत दुई महिना अगाडी ,सितम्बर ३ तारीख़ बिबाह गर्ने तय भएको उन्ले सामाजिक संजालमा लेखेका थिए ।  बिबाह डिसी महानगर स्थित राजधानी मन्दिरका पण्डित तथा प्रा मोतीलाल शर्माले गराएका हुन् l
 
बिजय थापा
तस्विर : रमेश खनाल

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...