हेर्नुस सबै भन्दा बढी कमाउने १० दक्षिण भारतीय फिल्म

भारतमा अहिले स्टारको पहिचान उसको चलचित्रले गरेको कमाइका आधारमा हुन्छ । बक्स अफिसमा १०० करोड बढी कमाई गर्ने चलचित्र पनि धेरै नै छ ।कमाइको कुरा गर्दा अहिले बलिउडलाई दक्षिण भारतीय फिल्मले जिती रहेको छ । तर दक्षिण भारतीय फिल्मको कमाईका र त्यसको बारेमा त्यती धेरै चर्चा हुँदैन । आज हामी तपाइलाई सबैभन्दा बढी कमाई गर्ने दक्षिण भारतीय फिल्म र तिनका रेकर्ड बारे देखाउने छौ ।

१. बाहुबली २: द कनक्लुजन

एसएस राजामौलीको फिल्म ‘बाहुबली–२’ ले कमाइको मामलामा बलिउड फिल्मलाई पछि पारेको छ । यो फिल्मले २००० करोड रुपैंयाको बिजनेश गरेको थियो ।उक्त फिल्म २८ अप्रिल २०१७ मा रिलिज भएको थियो ।

२. बाहुबलीः द बिगिनिङ

२०१५ मा रिलिज भएको एसएस राजामौलीको यो फिल्मले प्रभास, अनुष्का, सत्यराज, राणा दुग्गुबाती, राम्या कृष्णनको पहिचान विश्वमा स्थापित गरिदियो । यो फिल्मले ६५० करोड भन्दा बढी कमाएको थियो ।

३. कबाली

यो फिल्मले ३५० करोड कमाएको थियो ।रजनीकान्त र राधिका आप्टेको यो फिलम २०१६ मा आएको थियो ।

४. रोबोट

फिल्म रोबोटले २९० करोड कमाएको थियो । दक्षिण भारतमा यसलाई एन्थिरनको नामबाट रिलिज गरिएको थियो ।

५. आई

यो फिल्म २०१५ मा रिलिज भएको थियो । शंकरको निर्देशनमा बनेको यो फिल्मले २५० करोडको कमाई गरेको थियो ।

६. विश्रुपम

२०१३ मा रिलिज भएको कमल हासनको यो फिल्ममा पुजा कुमारले मुख्य भूमिका निभाएका थिए । फिल्मले २४० करोड कमाएको थियो ।

७. दशावतारम
श्रेयस तलपडे, सचिन खेडकर, रुपाली गागुंलीको मुख्य भूमिकारहेको यो फिल्म २००८ मा आएको थियो। यो फिल्मले २०० करोड कमाएको थियो ।

८. लिंगा

यो फिल्मले १५५ करोड कमाएको थियो । रजनीकान्त, सोनाक्षी र अनुष्का शेट्टीको मूख्य भूमिका रहेको फिल्म २०१४ मा रिलिज भएको थियो ।

९. थेरी

२०१५ मा रिलिज भएको यो फिल्ममा विजयकुमार र एमी ज्याक्सनको मुख्य भूमिका थियो । यो फिल्मले १५० करोड कमाएको थियो ।

१०. शिवाजी द बोस

रजनीकान्त र श्रीया सरनको यो फिल्म २००७ मा आएको थियो । यो फिल्मले १५० करोड कमाएको थियो ।

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...